एक्लोपन अनुभव गर्ने कोरोना रोगीका लागि नर्सले ल्याइन् गजबको उपाय

कोरोनाभाइरसको कहरबाट प्रताडित ब्रालिजमा रोगीले एक्लोपन अनुभव नगरोस् भनी नर्सले गजबको उपाय ल्याएकी छन् । 

नर्सले दुईवटा पञ्जालाई बाँधिन् र पञ्जाभित्र मनतातो पानी भरिन् । त्यसलाई उनले रोगीको हातमा राखिन् । कसैको हात समात्दा न्यानो भएझैं अनुभव यसले गरायो । 


Advertisement

यसरी रोगीले कसैलाई पनि नछोइकन मानिसलाई छोएको जस्तो अनुभव गर्न पायो । 

ब्राजिलमा मंगलवार दैनिक मृत्युको कीर्तिमान तोडियो र ४१ सय ९५ जनाले ज्यान गुमाए । जुलाई महिनासम्म देशमा ६ लाखजनाले ज्यान गुमाउने अनुमान छ । 

देशको पूर्वोत्तर क्षेत्रमा कोरोनाभाइरसविरुद्ध लडिरहेको टोलीलाई फेब्रुअरी महिनासम्म नेतृत्व गरिरहेका मिगेल निकोलेसिसले ब्राजिलका राष्ट्रपति जाइर बोल्जोनारो इतिहासमा सबभन्दा ठूलो मानवीय त्रासदीको सामना गरिरहेको बताए । 

उनले बीबीसीलाई बताए, ‘यो आणविक रियाक्टर जस्तो हो जसमा चेन रियाक्सन शुरू भएको छ र यो नियन्त्रणबाहिर पुगेको छ । यो फुकुशिमा त्रासदीको जैविक रूप जस्तो छ ।’
 

मिगेलको इशारा सन् २०११ मा भीषण सुनामीपछि जापानको आणविक रियाक्टरमा भएको दुर्घटनातिर थियो । ब्राजिल यस महामारीको विश्व केन्द्र मात्र नभएर पृथ्वीमा महामारीलाई नियन्त्रित गर्ने अन्तर्राष्ट्रिय समुदायको प्रयासका लागि खतरा पनि हो । 

स्वास्थ्य विशेषज्ञहरूका अनुसार, ब्राजिलमा कोरोनाभाइरसमा नियन्त्रण कायम गर्न नसकिएमा पृथ्वीभरि कहीँ पनि पाउन सकिने छैन । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्