×

NMB BANK
NIC ASIA

त्रसित होइन सचेत बनौं

कोरोनाभाइरसको दोस्रो लहर : नेपालमा जोखिम कति ? खतरा बढेको हो ?

चैत २७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

विश्वलाई आतंकित तुल्याएको कोरोना माहामारीको दोस्रो लहरले नेपाललाई प्रभाव गर्ने दिन नजिक आइरहेका छन् । यो अनुमान र आकलनको विषय रहेन । लामो खुला सिमाना भएको छिमेकी देश भारतमा कोरोना महामारीको दोस्रो लहर अकल्पनीय रूपमा बढिरहेको छ । गत चौबीस घण्टामा मात्रा १ लाख २६ हजार व्यक्ति संक्रमित भएका छन् भने ६५० जना भन्दा धेरैको मृत्यु भएको छ ।

Muktinath Bank

आगामी दिनमा यो वृद्धिदर निकै उच्च हुने भारतीय स्वास्थ्य विज्ञको मत छ । कोरोना महामारीको आँधीबेहरी महाराष्ट्रबाट दिल्ली हुँदै उत्तरप्रदेश, बिहार, पश्चिम बंगाल, हिमाञ्चल प्रदेश आदिमा फैलिएको छ । त्यति मात्रा हैन महामारीको त्रासले स्वदेश फर्किने नेपालीको भीड थेगिनसक्नु हुँदैछ । यस्तो विषम परिस्थितिमा सरकार, जनता तथा मिडिया एकजुट भएर महामारी रोकथाम गर्नु आजको प्रमुख दायित्व हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कति खतरनाक छ दोस्रो लहर ?


Advertisment
Nabil box
Kumari

भारतमा भएका धेरै अध्ययनले देखाएका छन् कि त्यहाँ फैलिएको महामारीमा सबैभन्दा बढी बेलायतको नयाँ प्रजाति छ । यो प्रजाति पुरानो प्रजातिभन्दा ७० % बढी संक्रामक छ भने मृत्युदर पहिलेको भन्दा कम छ । यो प्रजातिले बालबालिका तथा युवालाई बढी असर गरेको देखिएको छ । तसर्थ जोखिम वर्गमा सबै उमेर र अवस्था रहेको तथ्य हामीले बुझ्नु जरुरी छ ।

Vianet communication
Laxmi Bank

त्यस्तै दक्षिण अफ्रिका तथा ब्राजिलको नयाँ प्रजाति पनि यो महामारीमा मिसिएको छ । यी २ प्रजातिका कोरोना भाइरसलाई खोप कम प्रभावकारी रहेको तथा पहिले संक्रमित भएका व्यक्तिलाई पनि असर गर्ने बताइएको छ ।

तसर्थ खोप लगाएका व एकपटक संक्रमित भएका व्यक्ति पनि सुरक्षित भएको ग्यारेन्टी छैन । यसै पनि कोरोना खोपहरू शतप्रतिशत प्रभावकारी छैनन् । ब्राजिलको भयावह अवस्थालाई भारतले पछ्याउनु नेपालका लागि समेत खतराको घण्टी बज्नु हो ।

नयाँ प्रजातिका लक्षण कस्ता छन् ?

उच्च ज्वरो आउनु, सुख्खा खोकी लाग्नु, सास फेर्न गाह्रो हुनु तथा स्वाद र गन्ध हराउनु पुरानो प्रजातिको कोरोना संक्रमणका लक्षण थिए भने अहिले यी लक्षणमा केही भिन्नता देखिएको छ ।

भारतको मुम्बइमा भएको एक अनुसन्धानमा ८० हजार संक्रमितमध्ये ६५ हजार संक्रमित लक्षणविहीन थिए भने ८ हजार व्यक्तिमा सामान्य लक्षण देखिएको थियो ।

जोखिम के थियो भने लक्षणविहीन संक्रमितमा पनि अचानक अक्सिजनको स्तर घटेर अस्पताल जाँदा कोभिड निमोनिया भइसकेको थियो । नेपालमा पनि धेरै लक्षण नदेखिएका व्यक्तिलाई कोभिड निमोनिया भएर अस्पताल भर्ना हुनुपरेको छ, सघन उपचार आवश्यक भएको छ । यो झनै जोखिमको अवस्था हो ।

नयाँ प्रजातिको कोरोना संक्रमणमा भोक नलाग्ने, कमजोरी महशुस हुने, आँखा राता हुने, पखाला लाग्ने, बान्ता हुने तथा जाडो हुने समेत पाइएको छ । तसर्थ कोभिडको निदानमा ज्वरोलाई मात्र हेर्नु गल्ती हुनेछ ।

प्रदुषण, रुघाखोकी र कोरोना संक्रमण 

अहिले नेपालमा सबैभन्दा ठूलो असर प्रदुषणले गरेको छ । प्रदुषणले अचानक मृत्यु नहुने भएको हुँदा हामीले यसलाई गम्भीर रूपमा वास्ता गरेका छैनौँ । उच्च प्रदुषण मन्द र दीर्घकालीन असर गर्ने विष नै हो ।

यो विषाक्त अवस्था नियन्त्रण गर्न राज्य तथा नागरिकका तर्फबाट जति ध्यान दिनुपर्ने थियो, त्यो भएको छैन । हालको अवस्थामा कोरोना माहामारीभन्दा उच्च प्रदुषणको महामारी खतरनाक छ ।

यो अवस्थामा सरकारले जनस्वास्थ्य संकटकाल लगाएर प्रदुषण नियन्त्रणमा परिणाम देखिने खालका काम गर्नुपर्थ्यो । जस्तै: यातायात जोरबिजोर सञ्चालन, सहरका इँटाभट्टा तथा धुँवा फ्याँक्ने उद्योग सञ्चालनमा अस्थायी रोक, धुँवा फ्याँक्ने गाडीलाई खोजीखोजी नियन्त्रण, अभियानको रूपमा आगलागी नियन्त्रण तथा भेहिकल होली डे जस्ता कामले तत्काल वातावरण सुधार गर्न सकिन्थ्यो ।

प्रदुषणका कारण रुघाखोकी, दम, घाँटी खसखस हुने, आँखा बिझाउने / राता हुने, छालामा एलर्जी आउने लक्षण लिएर अस्पताल जानेको घुइँचो राज्यले देख्नुपर्दछ । प्रदुषणले सबैभन्दा असर गर्ने फोक्सो हो भने कोभिडले पनि सबैभन्दा धेरै असर गर्ने फोक्सोमै हो । प्रदुषण र कोरोना महामारी सँगसँगै भएमा मृत्युदर बढी हुन्छ भन्ने तथ्य हामीले बुझ्नु जरुरी छ ।

त्यस्तै अहिले मौसमी रुघाखोकीको पनि समय हो । ज्वरो आउने, खोकी लाग्ने, रुघा लाग्ने, टाउको दुख्ने, घाँटी दुख्ने आदि लक्षण मौसमी रुघाखोकीमा पनि देखिन्छ । अहिले यी ३ अवस्था संगसंगै बढेका छन् ।

रोग पत्ता लगाउन अप्ठ्यारो 

अहिले चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई निकै अप्ठ्यारो स्थिति उत्पन्न भएको छ । रुघाखोकी तथा ज्वरो आएका बिरामी प्रदुषणको कारण हो कि, मौसमी फ्लुको कारण हो कि, कोभिडको कारण हो कि भन्ने अलमलको स्थिति छ । साँघुरो ओपीडीमा बिरामीले घेरिएर सेवा प्रदान गर्दा एकातर्फ स्वयं असुरक्षित महशुस गर्नुपर्ने अवस्था छ भने अर्कातर्फ हरेक बिरामीलाई पीसीआर टेस्ट लेख्न पनि खर्चका कारण अप्ठ्यारो छ । त्यस्तै लक्षणविहीन कोभिडका बिरामीको हकमा झनै गाह्रो छ ।

लक्षण नदेखिएका व्यक्तिमा वा साधारण रुघाखोकी देखिएका बिरामीमा केही दिनपछि निमोनिया भएको र परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको कतिपय चिकित्सकको अनुभव छ । उच्च प्रदुषणमा ज्वरो आउने, जाडो हुने, वान्ता हुने, पखाला हुने तथा स्वाद र गन्ध हराउने लक्षण देखिँदैन । तर मौसमी रुघाखोकी र कोरोना संक्रमण छुट्याउन परीक्षणको सहारा लिनुको ठोस विकल्प छैन ।

त्यति मात्र हैन अहिले कोभिडका लक्षण देखिएका तर  पीसीआर नेगेटिभ भएका व्यक्तिलाई पनि कोभिड निमोनिया भएका घटना भारतमा देखिएका त्यहाँका स्वास्थ्य विज्ञले बताएका छन् । कतै पीसीआर वा एन्टीजेनले नचिन्ने अर्को अज्ञात प्रजाति फैलिएको त छैन ? 

यो अवस्थाको समाधान भनेको परीक्षणको दायरा व्यापक बढाउनु हो ।

के हामीले गल्ती दोहोर्‍याइरहेका त छैनौं ?

महामारी तथा प्राकृतिक विपत्तिमा अघिल्लोपटकको अनुभव अचुक अस्त्र हो । चीन लगायतका देशले यो अस्त्रमा राम्रो सफलता पाएका छन् । गत साल महामारी नयाँ थियो । मास्कदेखि पीसीआर ल्याबको अभाव थियो ।

क्वारेन्टीन र आइसोलेसन केन्द्रको व्यवस्थापकीय अनुभव थिएन । चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीमा उपचारको अनुभव कम थियो । प्रहरी प्रशासनलाई कडाइ गर्ने तरिका अलमल थियो । आम नागरिकलाई कोभिडबारे जानकारी कम थियो । त्यसैले दोस्रो केस देखिनेबित्तिकै लकडाउन भएको थियो ।

हामीले इतिहासबाट पाठ सिकेर विगतका गल्ती दोहोर्‍याउनु हुँदैन । विगतका कमजोरीमा सुधार गर्ने हो भने यो पटकको महामारीले हामीलाई पीडा दिने छैन । यसका लागि सरकार र आमनागरिकले यी काम युद्धस्तरमा गर्नु जरुरी छ । 

गत साल डर तथा लकडाउनको कारण धेरै संख्या घरभित्र थियो । आवतजावतमा कमी भएको थियो । स्कूल, कलेज लगायत भीडभाड बन्द थियो । यो पटक डरको स्तर कम छ ।

केही देशमा विद्यालयबाट बालबालिकामार्फत घरघरमा संक्रमण फैलिएको थियो । हाम्रो देशमा भीडभाड हुने संस्था बन्द भएकाले गत साल कोरोना संक्रमण घरघरमा फैलिएको थिएन । यो पटक हामीले सावधानी अपनाएनौं भने जोखिमको स्तर बढ्न सक्छ । नागरिकको जीवनरक्षा राज्यको पहिलो कर्तव्य हो ।

क ) सरकारले तत्काल गर्नुपर्ने काम :

१.    सिमानामा फलामे कडाइ तथा हरेक आगन्तुकको परीक्षण गर्ने, होल्डिङ सेन्टर / क्वारेन्टीनको सुरक्षित व्यवस्था गर्ने । अवैध प्रवेश रोक्ने । सुरक्षाकर्मी र सीमावासीको संयुक्त गस्ती गर्ने ।

२.    कन्ट्याक्ट ट्रेसिङलाई छरितो र प्रभावकारी बनाउने ।

३.    संक्रमित स्थान पत्ता लगाएर त्यहाँबाट हुने आवागमन नियमन गर्ने ।

४.    परीक्षणको दायरा र प्रकार ( पीसीआर, एन्टीजेन, डाइरेक्ट पीसीआर, छातीको एक्स रे आदि ) बढाउने ।

५.    हरेक जिल्लामा अक्सिजन बेड, गुणस्तरीय उपचार तथा सघन उपचारको व्यवस्था गर्ने । प्लाज्मा बैंक स्थापना गर्ने । एन्टीभाइरल औषधि तथा जीवनरक्षक औषधिको पर्याप्त स्टक राख्ने ।

६.    जनस्वास्थ्यका मापदण्ड अनुगमन, निगरानी तथा पालना गर्ने / गराउने । लापरवाही गर्नेलाई जरिवानाको व्यवस्था गर्ने । (यसमा गत साल र अहिले पनि सरकारको उदासीनता यथावत छ ।)

७.    भारत,चीन, रुस, कोभ्याक्स सुविधा आदिबाट खोप आयात गर्नका लागि उच्चस्तरबाट पहल गर्ने ।

ख ) आम नागरिकले तत्काल गर्नुपर्ने काम :

१.    सबैले घरबाहिर जाँदा अनिवार्य रूपमा, नाक र मुख राम्रोसँग छोप्ने गरी मास्क लगाउने । सम्भव भए डबल मास्क लगाउने । मास्क नलगाएको व्यक्तिलाई मास्क दिने । नाकमुनि वा चिउँडोमा मास्क झुन्ड्याउनेलाई सही तरिकाले मास्क लगाउन अनुरोध गर्ने । मास्कविना पसल, कार्यालय, यातायात आदि क्षेत्रमा निषेध गर्ने ।

२.    भीडभाड नगर्ने, भीडमा नजाने, बैठक वा भेटघाट गर्नुपरेमा खुला ठाउँमा वा भेन्टिलेसन पर्याप्त भएको ठाउँमा मात्र गर्ने ।

३.    अनुहारलाई नछुने । पटकपटक हात धुने । साबुनपानी नभएमा ह्याण्ड स्यानिटाइजरको प्रयोग गर्ने ।

४.    सरकारले समय-समयमा दिने सूचना, निर्देशन आदि पालना गर्ने ।

५.    आफ्नो पालोमा खोप लगाउने ।

 लकडाउनको त्रास र विकल्प 

आम नागरिकको चासो र चिन्ताको विषय लकडाउन बनेको छ । गत साल पट्यारलाग्दो तथा देशभर अवैज्ञानिक ढंगले लकडाउन गरिएको थियो । लकडाउनको कारण लाखौँ बेरोजगार भएका थिए भने लाखौँ व्यक्ति आफ्नो पेशा / व्यवसायबाट विस्थापित भएका थिए । अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको थियो । लकडाउनले धेरै मनोसामाजिक असर गरेको थियो । 

यसपटक लकडाउन गर्ने कि नगर्ने भन्ने कुरा सरकार र आम नागरिकको हातमा छ । यदि सरकारले माथि उल्लेखित काम गर्‍यो तथा जनस्वास्थ्यका मापदण्डमा फलामे कडाइ गर्‍यो भने हामी लकडाउनमा जानु पर्दैन । त्यस्तै आम नागरिकले जनस्वास्थ्यका मापदण्ड पूर्णरूपमा परिपालना गरेमा लकडाउनमा जानु पर्दैन ।

हामीले लापरवाही गर्‍यौं र संक्रमण थामिनसक्नु फैलियो भने अस्पताल भरिभराउ भए भने तथा मृत्युदर बढ्यो भने त्यो अवस्थामा सरकारले लकडाउन वा कर्फ्युको बाटोमा जानुको विकल्प हुँदैन ।

हामीले अब आइन्दा लकडाउन गर्दैनौं भनेर कसम खाएका कतिपय युरोपियन देश अहिले लकडाउनमा छन् । 'अब कभी लाकडाउन नही होगा' भन्ने भारत लकडाउन र कर्फ्युको बाटोमा अगाडि बढेको छ । हामी प्रत्येक नागरिकले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने हो भने हामी संक्रमित हुने छैनौं तथा लकडाउन र कर्फ्यु कहिल्यै पनि हुँदैन । यो तथ्य हामी प्रत्येक नागरिकले बुझेर तदनुसार कार्यन्वयन गर्नु जरुरी छ ।

खोपको चिन्ता 

शुरूमा खोपप्रति नकारात्मक धारणा भएपनि हाल खोपको चटारो अधिकांश नागरिकलाई परेको देखिन्छ । महामारी अन्त्यको सबैभन्दा सुरक्षित उपाय खोप नै हो । हाल खोप उत्पादन र मागको सन्तुलन मिलेको छैन ।

धनी देशले पनि खोप ल्याउन पाएका छैनन् । यसको अर्थ यो हो कि पैसाले मात्र खोप आउँदैन । सरकार र निजी क्षेत्र मिलेर खोप आयातमा हरसम्भव प्रयास गर्नुपर्दछ ।

यति गर्दा पनि खोप आएन भने सबैभन्दा सुरक्षित र प्रभावकारी खोप मास्क हो भनेर हामीले बुझ्नु जरुरी छ । ढिलो होला, खोप पक्कै आउँछ ।

पहिलो मात्रा खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा पाइँदैन कि भन्ने पिरलो छ । यसमा चिन्ता गर्नुपर्दैन भनेर धेरै अध्ययनले देखाएका छन् ।

एउटा मात्र खोप लगाएपनि ६२ % खोपको प्रभावकारिता हुन्छ भने दोस्रो मात्रा लगाएमा ७४ % प्रभावकारी हुने हो । तसर्थ दोस्रो मात्राका लागि त्यति धेरै चिन्ता मान्नु आवश्यक छैन ।

यो सरकारको जिम्मेवारी हो । नागरिकले विश्वास गर्ने सरकारलाई नै हो ।

अनुसन्धानका लामा चरण पार गरेर आएका जुनसुकै देशका खोप पनि लगभग उत्तिकै प्रभावकारी र सुरक्षित छन् । 

खोपको छनोटमा बस्नुभन्दा आफ्नो पालोमा खोप लगाउनु बुद्धिमानी हुन्छ ।

आत्तिनु पर्ने अवस्था छैन 

नेपालमा हालको संक्रमण दर डरलाग्दो छैन । कोरोना संक्रमण भएपनि यसलाई जित्न सकिन्छ । हामी कोरोना भाइरससँग डराएको हैन, हाम्रै जनधनको लागि डराएको हो ।

यसैपनि कोरोना संक्रमणको मृत्युदर निकै कम छ । महामारीको एउटा लहर भोगेको हुनाले हाम्रो अनुभव रोग रोकथाम र उपचारमा निकै उपयोगी हुन्छ ।

अन्य कारणले हुने मृत्युभन्दा कोरोना संक्रमणबाट हुने मृत्युदर कम छ । खोप लगाएपछि संक्रमण सरेपनि गम्भीर हुने वा मृत्यु हुने सम्भावना एकदम न्यून हुन्छ ।

स्वस्थ आहारबिहार, आचार र व्यवहार अवलम्बन गर्‍यौं भने तथा रोगप्रतिरोधात्मक क्षमता बढाउने अभ्यास गर्‍यौं भने संक्रमण भएपनि जित्न सकिन्छ । राज्यको स्वास्थ्य प्रणाली सक्रिय अवस्थामा छ । जनस्वास्थ्यका मापदण्ड अवलम्बन गरेर आफ्नो काम गर्नुको विकल्प हामीसँग छैन । तसर्थ आवश्यक पूर्व तयारी गरौं, डर नमानौं ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x