×

NMB BANK
NIC ASIA

ओलीलाई हटाएर वामपन्थी शक्तिकै नयाँ सरकार बन्नुपर्छः अध्यक्ष केसी

चैत २७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी वामपन्थी शक्तिहरू जुटेर नयाँ सरकार बनाउनुपर्ने बताएका छन् ।

Muktinath Bank

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार बनाउनको लागि बाटो सफा गरिदिनुपर्ने बताउँदै संसदमा रहेका वामपन्थी शक्तिहरूको एकताबाटै नयाँ सरकार बन्नुपर्ने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनपछि शुक्रवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले ओलीलाई हटाएर बामपन्थीकै नेतृत्वमा नयाँ सरकार बन्न आवश्यक रहेको दावी गरे ।


Advertisment
Nabil box
Kumari

‘बाह्य शक्तिको जुट मिल्न नसक्दा मुलुकमा नयाँ सरकार गठनमा ढिलाइ भएको छ,’ अध्यक्ष केसीले भने, ‘राष्ट्रियतालाई खलल पुर्‍याउने तत्वसँग साँठगाँठ गरेर सरकार बनाउने होइन । कार्यगत एकता गरेरै भए पनि वामपन्थी नेतृत्वका नयाँ सरकार बन्नुपर्छ ।’ 

Vianet communication
Laxmi Bank

देशमा उत्पन्न पछिल्लो राजनीतिक अन्यौल तथा अस्थिरताको कारक प्रधानमन्त्री ओली नै रहेको केसीले आरोप लगाए । संसदलाई विजनेश विहिन बनाउदै विभिन्न नाटक रचेर प्रम ओलीले फेरि मध्यावधि निर्वाचतर्फ मुलुकलाई लैजाने खेलमा लागेको केसीले आरोप लगाए ।

‘यो संसदको आयु अझै २२ महिना बाँकी छ’ पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता केसीले भने, ‘प्रधानमन्त्रीले देशलाई फेरि चुनावतर्फ धकेल्दै छन । यो कार्य गलत छ ।’ मुलुकमा पछिल्लो समय सृजना भएको अवस्थाले गणतन्त्रमाथि नै कालो बादल मडारिएको केसीले दावी गरे । 

‘बिरालोले मुसो खेलाए झै गरी विदेशीले नेपालका दललाई खेलाएका छन् । नेपाल बाह्य शक्ति केन्द्र खेल्ने थलो बन्यो । जुन मुलुकका लागि डरलाग्दो स्थिति हो,’ केसीले भने ।

जातीय र क्षेत्रीय द्वन्द्व भड्काएर मुलुकलाई अस्थिरतातर्फ धकेल्ने खेल भइरहेको अध्यक्ष केसीको भनाइ छ । 

मुलुकको लागि संघीयता सेतो हात्ती सावित भएको केसीको दावी छ ।

‘केन्द्रदेखि प्रदेशसम्म ८ वटा सरकार बनेका छन् । जहाँ अहिले नयाँ सरकार गठन विघटनको खेलमा लागेर सांसद किनबेच भइरहेका छन् । जनतालाई करको भारी बोकाएर मुलुकले संघीयता धान्दैन । संघीयता खारेजीको विकल्प छैन,' उनले भने । 

सम्मेलनबाट पुनः राष्ट्रिय जनमोर्चाको अध्यक्ष केसी नै चयन भएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x