फिलिपको शताब्दी चुम्ने आशा अधुरै

बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलीपको शुक्रबार निधन भएको छ ।

बेलायतकी महारानीसँग सात दशकभन्दा लामो बैबाहिक जीवनसँगै विताएका राजकुमार फिलिपले पछिल्ला केही वर्ष यता उमेरका कारण राजपरिवार सदस्यका रूपमा औपचारिक जिम्मेवारीहरूलाई हेर्न छोडिदिएका थिए । उनको ९९ वर्षको उमेरमा निधन भएको बकिङ्घम राजदरबारले शुक्रबार नै घोषणा गरेको छ ।


Advertisement

उनको निधनपछि विश्व नेताहरूले बेलायत र विश्वका लागि उनको योगदानको स्मरण गरेका छन् । यसै क्रममा बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले उनको ‘असाधारण जीवन र काम’ लाई स्मरण गरेका छन् ।
यसैगरी उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, आयरल्याण्डका प्रधानमन्त्री मिखाएल मार्टिन, अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनलगायतका नेताहरूले दुःख व्यक्त गरेका छन् ।

यसरी उनलाई स्मरण गर्नेहरूमा बेलायतका पूर्वपैधानमन्त्री टोनी ब्लेयर, अमेरिकी पूर्व राष्ट्रपति, यूरोपेली नेताहरूलगायत छन् ।

दोस्रो विश्व युद्धको सँघारमा फिलिपले सैन्य सेवामा प्रवेश गरेका थिए । रोयल न्याभीमा जागिर थालेपछि त्यसैताका सन् १९३९ मा उनी र महारानी एलिजावेथ पहिलोपटक भेट भएको बताउने गरिन्छ ।

लन्डनस्थित वेस्टमिन्स्टर एबीमा सन् १९४७ नोभेम्बर २० का दिन उनीहरूको विवाह भएको थियो । यसलाई बेलायती पूर्व प्रधानमन्त्री विन्स्टन चर्चिलले युद्धपछिको कठिन समयमा बेलायतमा देखिएको एउटा रङ्गीन चमकको रूपमा उल्लेख गरेका थिए।

 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्