×

NMB BANK
NIC ASIA

अस्पतालमा थपिँदै कोरोना संक्रमित

चैत २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रदेश १, लुम्बिनीलगायत प्रदेशमा फेरि कोरोना भाइरस संक्रमणदर बढ्न थालेको छ। यससँगै कोरोना विशेष अस्पतालमा संक्रमितहरू भर्ना हुन थालेका छन्।

Muktinath Bank

प्रदेश १ को राजधानी विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा बिहीबार १ र शुक्रबार ५ जना भर्ना भएका छन्। सामान्य बेडमा ४ र आईसीयूमा २ जनाको उपचार भइरहेको छ। प्रदेश १ सरकारले सञ्चालनमा ल्याएको यो अस्पतालमा आएका संक्रमितको उपचार थालिएको सामाजिक विकासमन्त्री उषाकला राईले बताइन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘पहिले पनि प्रदेश १ मा एकैपटक धेरै संक्रमित भेटिएका थिए’, मन्त्री राईले भनिन्, ‘त्यसलाई ध्यानमा  राख्दै हामीले उपचारमा खटिने स्वास्थ्यकर्मी र अस्पताललाई तयारी गरेका छौं। अस्पतालमा आएका बिरामीको उपचार पनि भइरहेको छ।’


Advertisment
Nabil box
Kumari

मन्त्री राईले २४ घण्टा नै सेवा दिन पहिलेभन्दा धेरै सुधारको तयारी भइरहेको बताइन्। ‘पहिलेजस्तो खाने बस्ने र सेवा दिनेमा अब भद्रगोल हुने छैन’, उनले भनिन्, ‘हरेक कुराको सुधार अब अस्पतालमा देख्नुहुनेछ।’

Vianet communication
Laxmi Bank

कोभिड १९ निगरानी तथ्यांक संकलन तथा अनुगमन समितिका संयोजक डा. रवीन्द्र निरौलाले लक्षणसहितका संक्रमितलाई भर्ना गरेर उपचार सुरु गरिएको बताए। ‘हामीले पूर्णरुपमै अस्पताल सञ्चालनमा ल्याएका छौँ’, संयोजक डा. निरौलाले भने।

प्रदेश सरकारले अस्पतालमा बिरामीअनुसार चिकित्सक र कर्मचारी बढाउँदै लैजाने तयारी गरेको छ। हाल ४ देखी ६ जनासम्म कर्मचारी र चिकित्सक अस्पतालमा खटिने गरेका छन्।

जनस्वाथ्य अधिकृत ओमकुमारी राजवंशीले शुक्रबारसम्म प्रदेश १ मा होम आइसोलेसनमा ९३ जना संक्रमित रहेको जानकारी दिइन्। ‘संक्रमित थपिने क्रममा छ’, राजवंशीले भनिन्, ‘केहीबाहेक सबै होम आइसोलेसनमा बसेका छन्।’

प्रदेश १ मा २० जना संक्रमित थपिएका छन्। मोरङमा १३, झापामा ५, सुनसरीमा १ र ठेगाना नखुलेका १ जना संक्रमित भेटिएका हुन्। उनीहरू सबै जना होम आइसोलेसनमा छन्। बिहीबार १९ जनामा संक्रमण पुष्टि भएको थियो । तीमध्ये विराटनगर महानगरपालिकाका मात्रै ११ जना छन्। सुनसरीका इटहरीमा ३, भोक्रा नरसिंहमा १, झापाका अर्जुनधारा, दमक र बिर्तामोडमा १/१ र प्रदेशबाहिरका १ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसअघि बुधबार १६, मंगलबार १०, सोमबार ७ र आइतबार ६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांक छ। प्रदेशमा सक्रिय संक्रमितको संख्या ९९ पुगेको छ।

यो प्रदेशमा पहिलो चरणमा कोरोना संक्रमणका कारण ४ सय ६६ जनाको ज्यान गएको थियो। त्यसमा प्रदेश १ वा देशबाहिरका ३० जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। दोस्रो चरणको संक्रमणमा झापामा भारतबाट आएकी एक महिलाको उपचारको क्रममा निधन भएको छ।

मन्त्री राईले दोस्रो चरणमा पनि संक्रमित थपिन थालेपछि प्रदेशस्थित १४ वटै जिल्लामा १० शय्यासम्मका कोभिड आइसोलेसन वार्ड तयार गरी संक्रमितको उपचारको व्यवस्थापन गर्न निर्देशन दिएको बताइन्। ‘हामीले कोरोना खोपसँगै उपचार र व्यवस्थापन पनि सँगै अघि बढाएका छौँ’, उनले भनिन्।

लुम्बिनी प्रदेशको बुटवल रामनगरस्थित कोरोना विशेष अस्पतालको आईसीयूमा बिरामी थपिँदै गएका छन्। ‘केही समय अस्पतालमा बिरामी भएनन्। अहिले आईसीयूमा तीन जनाको उपचार भइरहेको छ’, लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले भने।

लुम्बिनी अस्पतालले सञ्चालन गरेको ‘फिबर क्लिनिक’मा स्वास्थ्य अवस्था सामान्य रहेका संक्रमितलाई राख्ने गरिएको छ। जटिल अवस्थाका बिरामीलाई आईसीयूमा भर्ना गर्ने गरिएको छ।

यो प्रदेशमा बुधबार र बिहीबार दुई दिनमै ७६ जना संक्रमित थपिएका छन्। शुक्रबार एक जनाको मृत्यु भएको छ। बिहीबार ५० र बुधबार २६ जना संक्रमित भएका हुन्। ‘यो महिनामा कोरोना संक्रमितको संख्या बढेको छ’, सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले भने।

लुम्बिनी अस्पताल, भीम अस्पताल भैरहवामा आइसियुसहितका बेड राखिएको छ। दाङ र नेपालगन्जमा दुई कोरोना विशेष अस्पतालमा आईसीयू छन्। मन्त्रालयका अनुसार कोरोना बिरामीका लागि ५० वटा आईसीयूसहितको बेड व्यवस्थापन गरिएको छ। प्रदेशभरका कोरोना अस्पतालमा ३१ बिरामीलाई आईसीयूमा राखिएको छ। संक्रमित भई उपचारमा रहेकाको संख्या २ सय ५४ छ।

भारतमा दैनिक संक्रमितको संख्या सवा लाख नाघेको छ। खुला सीमाका साथै नाकामा बलियो स्वास्थ्य मापदण्ड अवलम्बन नगरिँदा संक्रमित बढ्ने जोखिम देखिएको छ। रुपन्देहीको बेलहिया नाकामा सामान्य स्वास्थ्य जाँच मात्रै भइरहेको छ। अन्य साना नाकाबाट आउजाउ गर्नेको लर्को छ।

चिकित्सकले अहिले देखिएको कोरोना भाइरस पहिलेको तुलनामा जटिल प्रकारको रहेको बताइरहेका छन्। त्यसैले पनि बढी सचेत हुनुपर्ने मन्त्रालयका सूचना अधिकारी डा. पौडेलले बताए। ‘स्वास्थ्य मापदण्ड पूरा गरेर मात्रै काम गर्न सबैलाई आग्रह गरिएको छ, उनले भने, ‘कसैले हेलचेक्र्याइँ गर्नु हुँदैन। यसले ठूलो रूप लिन सक्छ।’

कोरोनाबाट यो प्रदेशमा ४ सय १४ जनाको मृत्यु भएको छ। बाँके, रुपन्देहीमा भारतबाट आएकाहरूमा संक्रमण देखिएको छ। सीमामा निगरानी नभएका कारण उनीहरू सीधै गाउँ–गाउँ पुगेका छन्। अन्नपूर्ण पोस्ट दैनिकमा रविन भट्टराई र लक्ष्मण पोखरेलले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x