काठमाडौं १२ पुस - काठमाडौंको नयाँ सडक स्थित मखन गल्लीमा मंगलवार दिउसो आगजनी भएको छ । दिउसो साढे दुइ बजेको समयमा आगलागी भएको जनसेवा प्रहरीले जनाएको छ । तीनतले घरमा आगो सल्किएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगो निभाउनको लागि दमकल परिचालन गरिएको छ ।

तस्वीर : उर्मिला थपलियाको टुइटरबाट