×

NMB BANK
NIC ASIA

जसपाको निर्णय कुर्दै का‌ग्रेस-माओवादी

चैत २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

 कांग्रेसले आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्ने प्रस्ताव माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)समक्ष गरेको छ। प्रधानमन्त्रीको राजीनामा मागेको एक सातापछि कांग्रेसले शुक्रबार नयाँ सत्ता समीकरणको पहल थालेको हो।

Sagarmatha Cement
Muktinath Bank

कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार तीन दलका शीर्ष नेता सम्मिलित बैठकमा आफ्नो पार्टीको नेतृत्वमा सरकार गठनको प्रस्ताव गर्दै दुई दलको धारणा मागेका थिए। उक्त प्रस्तावलाई माओवादी केन्द्रका नेताले सकारात्मक भनेका छन्। जसपा नेताले भने पार्टीभित्र छलफल गर्नुपर्ने भन्दै समय मागेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कांग्रेसको प्रस्तावउपर नेकपा माओवादी केन्द्रबाट सकारात्मक धारणा आएको छ। उहाँहरूले हामी सुरुदेखि नै यसका पक्षमा छौं भन्नुभयो’, कांग्रेस प्रवक्ता शर्माले भने, ‘जनता समाजवादी पार्टीले समय मागेको छ।’


Advertisment
Nabil box
Kumari

जसपाका नेताले कांग्रेसले पहिलो पटक सरकार गठनबारे औपचारिक प्रस्ताव गरेको भन्दै पार्टीमा छलफल गरेर विधिवत् निर्णयमा पुग्ने जवाफ दिएका हुन्। ‘पहिलो पटक कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्नेबारे औपचारिक प्रस्ताव गरेको छ। हामी अब छलफल गरेर टुंगोमा पुग्छौं’, जसपाका अध्यक्ष महन्थ ठाकुरले भने, ‘नयाँ सरकार गठनबारे हाम्रो पार्टीमा कुनै छलफल भएको छैन। बैठक बसेर विधिवत् निर्णय गर्छाैं।’

Vianet communication
Laxmi Bank

बैठकमा जसपा नेताहरूले आफ्ना माग सुनाएका थिए। उनीहरूले मधेस आन्दोलनका बेला नेता कार्यकर्तामाथि लगाइएका मुद्दा, जेल परेकाहरूको रिहाई, संविधान संशोधनलगायत माग उठाएका थिए। सरकारले आफ्ना मागको सम्बोधन गर्न काम अगाडि बढाएको जानकारी जसपा नेताहरूले गराएका थिए।

‘हाम्रा मागबारे सरकारले प्रक्रिया अगाडि बढाएको कुरा ग¥यौं। देउवाजीले म पनि गरिहाल्छु नि भन्नुभयो’, जसपा अध्यक्ष ठाकुरले भने, ‘कुनै निष्कर्षमा पुगेका छैनौं। फेरि बैठक बस्छौं।’

जसपाभित्र यो सरकारलाई सहयोग गर्ने कि नयाँ सरकार गठन गर्ने भन्नेमा एकमत छैन। अध्यक्ष ठाकुर, नेता राजेन्द्र महतोलगायत पूर्वराजपा पक्षधर नेता यही सरकारलाई नै समर्थन गर्नुपर्ने पक्षमा छन्। अर्का अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराई भने प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गठनबन्धन गर्नुपर्ने अडानमा छन्।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ‘संविधानविरोधी र निरंकुश सरकार’को विकल्प खोज्नुपर्ने पक्षमा सुरुदेखि आफ्नो पार्टी भएकाले देउवाको प्रस्तावलाई सकारात्मक रूपमा लिएको बताए। ‘माओवादीले संविधानको स्पिरिटिविरुद्ध गएको, निरंकुश बनेको ओली सरकारलाई हटाएर संविधान र लोकतन्त्रको रक्षा गर्न चाहने शक्तिको सरकार बनाआँै भन्दै आएका हौं’, नेता श्रेष्ठले भने, ‘कांग्रेसको प्रस्तावलाई सकारात्मक रूपमा लिएका छौं।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भावी प्रधानमन्त्रीका रूपमा देउवालाई अघि बढ्न पटक–पटक प्रस्ताव गरेका थिए। संसद्मा सरकार बनाउन अंकगणित नपुग्ने आकलन गरेका देउवा मौन रहँदै आएका थिए। तर, केन्द्रीय कार्यसमिति बैठकले कांग्रेसकै नेतृत्वमा सरकार बनाउने निर्णय गरेपछि देउवा दबाबमा परेका हुन्। कांग्रेसभित्रै कतिपय नेताले देउवाले सरकार गठनका लागि पहल नगरेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्।

‘छलफल सकारात्मक भएको छ। सरकार गठन गर्नेबारे औपचारिक रूपमा पहिलो पटक छलफल भएको छ। हार्दिकतापूर्वक बैठक बसेको छ’, कांग्रेस प्रवक्ता शर्माले भने, ‘जसपाले समय मागेको छ। अब छिट्टै जसपाले निर्णय गरेर सरकार गठनको प्रक्रियामा जाने गरी चाँडै अर्काे बैठक बस्ने सहमति भएको छ।’ अन्नपूर्ण पोस्ट दैनिकमा खगेन्द्र भण्डारीले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x