×

NMB BANK
NIC ASIA

माओवादीका दुई सांसद कारबाही प्रकरणः के हुन्छ अबको प्रक्रिया ?

चैत २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल कम्युनिस्ट पार्टी  (माओवादी  केन्द्र)  ले  पार्टी  परित्याग गरेर  नेकपा  (एमाले)  को  सदस्यता  प्राप्त गरेको भन्दै राष्ट्रिय सभाका दुई सदस्यलाई कारबाहीसहित   दल   त्यागको   जानकारी सङ्घीय संसद्लाई दिएको छ।
पार्टीले दल त्यागको जानकारीसहितको सूचना    शुक्रबार    सङ्घीय    संसद्का महासचिवसमक्ष  दिएको  हो।  उक्त  सूचना राष्ट्रिय  सभामा  पठाइएको  छ।  सदस्यद्वय रामबहादुर थापा र चन्द्रबहादुर खड्कालाई कारबाही  गरी  दल  त्यागको  जानकारी पठाइएको हो। थापा गृहमन्त्री छन् । माओवादी केन्द्रका राष्ट्रिय सभा दलका नेता दीनानाथ शर्माले शुक्रबार गृहमन्त्री थापा आफ्नो  दलमा  नरहेको  पत्र  सङ्घीय  संसद् सचिवालयलाई    बुझाए ।
अध्यक्ष गणेशप्रसाद तिमिल्सिना विदेश रहेका  कारण  स्थान  रिक्तको  सूचना प्रकाशन प्रक्रिया भने वैशाख १ गतेपछि मात्र अगाडि  बढ्नेछ।  
के हुन्छ प्रक्रिया ?
सूचना दर्ता भएसँगै अब राजनीतिक दलसम्बन्धी    ऐनको    प्रावधानअनुसार उक्त  सूचना  सचिवालयले  राष्ट्रिय  सभा अध्यक्षसमक्ष   पेस   गर्नेछ।   अध्यक्षले उक्त  सूचना  बढीमा  १५  दिनभित्र  सदनमा जानकारीका  लागि  पेस  गर्नुपर्ने  छ।  हाल राष्ट्रिय सभाको अधिवेशन चालू नरहेकाले उक्त सूचना सचिवालयको सूचना पाटीमा टाँस  गरिनेछ।  राष्ट्रिय  सभा  अध्यक्ष हाल  स्पेन  भ्रमणका  क्रममा  रहेकाले उक्त  प्रक्रिया  वैशाख  १  गतेपछि  मात्र  सुरु हुनेछ। सूचना प्रकाशन भएसँगै सांसदको स्थान  रिक्त  हुनेछ।  स्थान  रिक्त  भएको अवस्थाको  जानकारी  संसद्ले  निर्वाचन आयोगलाई  बढीमा  १५  दिनभित्र  दिनुपर्ने छ।  निर्वाचन  आयोगले  छ  महिनाभन्दा बढी  कार्यकाल  रहेको  अवस्थामा  रिक्त स्थानमा  उपनिर्वाचनको  प्रक्रिया  अगाडि बढाउनेछ।   थापाको   राष्ट्रिय   सभाको कार्यकाल ६ वर्ष र खड्काको कार्यकाल चार वर्षको छ।। गोरखापत्रमा खबर छ ।

Muktinath Bank


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x