×

NMB BANK
NIC ASIA

चार दिन पैदल हिँडेर योजना सम्झौता

चैत २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

हुम्ला । हिमालपारिको गाउँ  लिमीबाट चार दिन  पैदल  हिँडेर  योजनाको  सम्झौता  गर्न  स्थानीय    बासिन्दा    सदरमुकाम    सिमकोट आइपुगेका छन् । प्रदेश  र  सङ्घीय  सरकार  मातहतका  कार्यक्रम  सदरमुकाम  सिमकोटमै  भएको  कारण  न्यालु  लेकको  हिउँ  छिचोल्दै  उनीहरू  सदरमुकाम  सिमकोट  आइपुगेका  हुन् ।
नाम्खा      गाउँपालिका–६,      हल्जीगाउँमा   तटबन्धन   बनाउने   योजनाको      डिभिजन      वन      कार्यालयसँग    सम्झौता    गर्न    सिमकोट    आइपुगेको    निर्माण    उपभोक्ता समितिका सदस्य तुण्डुप तामाङले  बताए ।   गाउँमा  गठन गरिएको उपभोक्ता समितिले सो  कार्यालयसँग  सम्झौता  गरेको  उनले जानकारी दिए ।
लिमीका  बासिन्दाले  विकास  निर्माणका  काम  गर्न  चार  दिन  पैदलै  हिँडेर  सम्झौताका  लागि  सदरमुकाम   सिमकोट   धाउनैपर्ने   बाध्यता रहेको छ । चार  दिन  हिँडेर  सिमकोट  आइपुगेको  र  योजनाको  सम्झौता  भएकाले  अब  गाउँ  फर्केर  निर्माण  कार्य सुरु गरिने तामाङले उल्लेख गरे ।
त्यसैगरी   वडा   कार्यालय   भवन  र  स्टोर  भवनको  घेरबार  निर्माणका  लागि  गाउँपालिकासँग  सम्झौता   गर्न   न्यालु   लेकको   तीन  फिट  हिउँ  छिचोलेर  आई  सम्झौता  गरेको  सो  योजनाका  उपभोक्ता समितिका सदस्य पासाङ दोर्जी तामाङले बताए ।  न्यालु   लेकमा   हिमपातले   गाडी  सञ्चालन  नभएका  कारण  निकै  कष्टका  साथ  पैदल  हिँडेर  सम्झौता  गर्नुपरेको  उनको  भनाइ  छ । सो योजना ३७ लाख रुपियाँमा निर्माण हुने बताइएको छ, गोरखापत्रमा खबर छ ।

Muktinath Bank


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x