८ महिनाकी गर्भवतीले जितिन् तेक्वान्दोमा गोल्ड मेडल [भिडियो]

गर्भवती महिलाले जटिल खालका शारीरिक अभ्यास गर्न नहुने र आराम गर्नुपर्ने आममान्यता हुन्छ । तर नाइजेरियामा ८ महिने गर्भवती महिला अमिनत इड्रीसले तेक्वान्दोमा गोल्ड मेडल जितेकी छन् ।

नेसनल स्पोर्टस् फेस्टिभलले ट्विटरमा राखेको भिडियोमा अमिनत इड्रीसले सामान्य खेलाडीजस्तै खेल प्रदर्शन गरेकी छन् । प्रतियोगितामा धेरै मेडल जित्ने उनी एक्ली खेलाडी समेत हुन् ।


Advertisement

सीएनएनलाई दिइएको अन्तर्वार्तामा उनले गर्भधारणअघि नै तयारी गरिएको बताएकी छन् । ‘यस क्रममा मलाई कुनै अप्ठ्यारो भएन । तर गर्भवती भएपछि प्रतियोगितामा भाग लिन पाइँदैन कि भन्ने डर थियो,’ उनले भनिन् । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्