नयाँ वर्षको अवसरमा सानिमा बैंकको नव वर्ष २०७८, नयाँ रहर, नयाँ अफर योजना

नयाँ वर्ष २०७८ को अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि “नव वर्ष २०७८, नयाँ रहर, नयाँ अफर योजना” सार्वजनिक गरेको छ ।

अनलाइन सपिङ्ग पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको हो ।  


Advertisement

यो योजना अन्तर्गत सानिमा बैंकको ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १५% वा अधिकतम् रु १,०००/ सम्मको छुट प्राप्त गर्न सकिनेछ भने क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २०% वा अधिकतम् रु १,५००/ सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो योजना २०७७ चैत्र २९ देखि २०७८ वैशाख ७ गतेसम्म लागू हुनेछ ।

उक्त सम्झौता पत्रमा सानिमा बैंक लि.को तर्फबाट डिजिटल बैंकिङ्ग विभागका निरज राज श्रेष्ठ र दराज केयमु प्रा. लि. को तर्फबाट अरुण फुँयालले हस्ताक्षर गरे । सानिमा बैंककोे डेबिट तथा क्रेडिट कार्डका लागि बैंकको वेभसाइटमा गई आवेदन दिन सकिन्छ ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्