३ हजार ५३२ पीसीआर परीक्षण गर्दा ३३७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा मुलुकभर थप ३ सय ३७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । 

३ हजार ५ सय ३२ पीसीआर परीक्षण गर्दा ३ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । 


Advertisement

यससँगै हालसम्म २ लाख ७९ हजार ७ सय २५ जनामा कोरोना संक्रमण भएको छ । जसमध्ये २ लाख ७३ हजार ८ सय ८६ जना संक्रमित उपचारपछि निको भइसकेका छन् । 

शनिवारमात्रै १ सय ५१ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । 

हाल संक्रमणपछि निको हुनेको दर ९७.९ प्रतिशत रहेको छ । 

मन्त्रालयका अनुसार शनिवार १ संक्रमितको मृत्यु भएको छ । यससँगै मुलुकभर हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३९ पुगेको छ । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्