×

NMB BANK
NIC ASIA

‘द फर्न’ भारतको सर्वाधिक ठूलो चेन होटल

चैत २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सीजी हस्पिटालिटी अन्तर्गतको ‘द फर्न होटेल्स एन्ड रिसोर्टस’ सन् २०२० मा भारतको सर्वाधिक ठूलो हस्पिटालिटी सेवाप्रदायक घोषणा भएको छ ।

Muktinath Bank

एचभीएस एनारकद्वारा प्रकाशित ‘इन्डियन हस्पिटालिटी ओभरभ्यु २०२०’अनुसार ‘द फर्न’ले गत वर्ष भारतमा सबैभन्दा धेरै व्यवसाय विस्तार गरेको छ । सन् २०१९ मा पनि ‘द फर्न’ पहिलो थियो । सीजी कर्प ग्लोबलको सदस्य कम्पनी सीजी हस्पिटालिटीले होटल तथा रिसोर्ट सञ्चालन गर्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एचभीएसले गत वर्ष भारतीय होटल व्यवसायमा आएको उतारचढावबारे पनि अध्ययन गरेको छ । कोरोना महामारीका कारण विश्वभर व्यपार–व्यवसायले घाटा बेहोरे पनि भारतीय होटल व्यवसाय क्षेत्रमा केही प्रगति देखिएको छ ।


Advertisment
Nabil box
Kumari

दर्ता संख्याका आधारमा गत वर्ष त्यहाँ होटल व्यवसायमा वृद्धि भएको छ । मध्यमस्तरका होटल दर्ता तथा सम्झौताका कारण समग्र बजारमा सुधार देखिएको हो । ठूला होटलले पनि अघिल्लो वर्षभन्दा उल्लेख्य प्रगति गरेका छन् ।

Vianet communication
Laxmi Bank

मध्यमस्तरका होटल भारतमा बढी रुचाइन्छन् । सन् २०२० मा उपलब्ध कोठा संख्याका आधारमा यस्ता होटलले ४१ प्रतिशत हिस्सा ओगटेका छन्, जहाँ ठूला होटलको हिस्सा ३७ प्रतिशत छ । विलासी र सामान्य होटलको हिस्सा ११–११ प्रतिशत छ ।

एचभीएसको अध्ययनअनुसार व्यवसाय विस्तारमा ‘द फर्न’पछि म्यारियट, सरोवर होटल्स, आईएचसीएल र इन्टेली स्टे छन् । कोठा संख्याका आधारमा भने ‘द फर्न’ तेस्रो नम्बरमा छ । आईएससीएलले सर्वाधिक कोठा संख्या विस्तार गरेको छ । दोस्रो नम्बरमा विन्धाम होटेल्स छ । सन् २०२० मा भारतभर ४,५३७ होट कोठा थपिएका छन् ।

सीजी हस्पिटालिटीले कन्सेप्ट हस्पिटालिटी प्रा.लि.सँगको सहकार्यमा होटल विस्तार र सञ्चालन गर्दै आएको छ ।

“भारतकै ठूलो चेन हुन पाउनु गर्वको कुरा हो, यसले हामीलाई उत्साहित बनाएको छ,” कन्सेप्ट हस्पिटालिटी प्रा.लि.का सीईओ सुहेल कन्नामपिली भन्छन्, “व्यवसायप्रति हाम्रो समर्पण र आबद्ध सबैको परिश्रमले हामीलाई यहाँसम्म पुर्‍याएको हो । अझै धेरै गर्ने हौसला मिलेको छ ।”

सन् २०२१ मा विभिन्न स्थानमा थप १३ वटा होटल खोल्ने योजना कम्पनीको छ । यससँगै फर्नको चेन संख्या ८७ पुग्नेछ । ती १३ होटलमा १,१५६ कोठा थपिएपछि ‘द फर्न’को कुल कोठा संख्या ५,२१७ पुग्नेछ । 

वर्षको शुरुवातमै ‘द फर्न’ले नयाँ शहरहरू जबालपुर, जुनागढ, मुसोरीसँगै उत्तरपूर्वी भारतको गान्तोक (सिक्किम)मा होटल विस्तार गरिसकेको छ ।

एचभीएसको अध्ययन प्रतिवेदनमा प्रतिक्रिया दिँदै सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक राहुल चौधरीले यसबाट आफूहरू अत्यन्त उत्साहित भएको बताए । “हामीले लामो समयदेखि भारतमा व्यवसाय विस्तार गरिरहेका छौं, त्यसको प्रतिफल अहिले पाएका हौं,” उनले भने, “यद्यपि पोहोर साल सम्पूर्ण विश्व विभिन्न खाले अवरोधबाट गुज्रियो । त्यस्तो जटिल अवस्थामा पनि हामी सुस्ताएनौं । सुदूर भविष्य हेरेर काम गरिरह्यौं । यही उमंगले हामीलाई पहिलो स्थानमा पुर्‍याएको हो ।”

दिगो पर्यटन र पर्यावरण–संवेदनशील दर्शनमा टेकेर सीजी हस्पिटालिटीले विश्वभर व्यवसाय विस्तार गरिरहेको चौधरीले बताए । यही मर्म बोकेर हिँडिरहँदा २०० भन्दा बढी राष्ट्रिय, अन्र्तराष्ट्रिय अवार्ड प्राप्त गरेको उनले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x