२६ जेठ २०८३, मंगलबार

भारतमा कोरोनाको कहर, अस्पतालमा बुवालाई भर्ना गर्न नपाएर ग्वाँ ग्वाँ रोइन् छोरी

चैत ३०, २०७७
भारतमा कोरोनाको कहर, अस्पतालमा बुवालाई भर्ना गर्न नपाएर ग्वाँ ग्वाँ रोइन् छोरी

कोरोनाभाइरसको नयाँ लहर निकै खतरनाक छ र भारत अहिले यसको कहरमा परेको छ । 

मध्य प्रदेशको इन्दोरमा कोरोना लागेका आफ्ना पितालाई अस्पतालमा भर्ना गर्न नपाएर बाहिरै राख्नुपर्दा एक छोरी बेस्सरी रोइन् । अस्पतालहरूमा न शय्या उपलब्ध छ, न उपचारको अवसर छ । 

छोरीले अस्पताल बाहिर पितालाई भर्ना गर्नका लागि कुर्दै गर्दा एकपटक त पिताको सास रोकिनै लागेको थियो । पितालाई पानी पियाउँदै अनि आँखाभरि आँसु ल्याउँदै उनी प्रतीक्षा गरिरहेकी छन् । कसैले पनि उनलाई सहायता गर्न सकेन । 

द्रविड नगरका दीपेशले पनि यही नियति भोग्नुपरेको थियो । कोरोनापीडित पितालाई एम्बुलेन्समा राखेर उनी अस्पताल पुगेका थिए । एम्बुलेन्समा कुनै पनि सुविधा थिएन । एक वृद्ध मानिसलाई उनकै भाग्यमा छोडिएको थियो । 

महालक्ष्मी नगरमा एक युवक परिवारका एक सदस्यलाई लिएर अस्पताल आइपुगेका थिए । उनले पनि बेड पाएनन् । अर्को अस्पतालमा पनि बेड नपाइएको उनले बताए ।

कोरोनाको महासंकटका बीच इन्दोर नयाँ केन्द्रविन्दु बनेको छ । त्यहाँ सात हजारभन्दा बढी एक्टिभ केस छन् र तिनको संख्या लगातार बढिरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्