
नेपाली राष्ट्रिय क्रिकेट टीमको जर्सीलाई मोबाइल एप्लिकेसन माई सेकेन्ड टिचरले प्रायोजन गरेको छ ।
सोमवार आईएनजी ग्रूपका संस्थापक तथा माई सेकेन्ड टिचरका सहसस्थापक सुलभ बुढाथोकी र राष्ट्रिय टीमका कप्तान ज्ञानेन्द्र मल्लले जर्सी सार्वजनिक गरे ।
माई सेकेन्ड टिचरले एक वर्षको लागि राष्ट्रिय टिमको जर्सी प्रायोजन गर्नेछ । मुख्य प्रायोजन रहेको माई टिचरले सम्झौता रकम भने खुलाएको छैन ।
सम्झौतासँगै नेपाली टिमको जर्सीमा माई सेकेन्ड टिचरको लोगो रहने छ । आईएनजी ग्रूप र इस्लिङ्गटन कलेजको लोगो प्रयोग सोमवार गर्नेछ । जर्सीको अगाडि भागमा माई सेकेन्ट टिचर लोगो, बायाँ कुममा आइएनजी ग्रूपको लोगो हुनेछ भने पछाडि इस्लिङ्गटन कलेको लोगो हुनेछ ।
अब नेपालले कुनै पनि अन्तर्राष्ट्रिय खेल हुँदा कम्तिमा पनि १ वर्ष लोगो भएको जर्सी लगाएर प्रतिस्पर्धा गर्नेछ । नेपालले अर्को महिना नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्दैछ । सिरिजमा नेपालले सोही नयाँ जर्सीको प्रयोग गर्नेछ ।
टीयू क्रिकेट मैदानमा आयोजना हुने टी–ट्वान्टी सिरिजको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससँग वैशाख ४ गते खेल्दैछ ।