२७ जेठ २०८३, बुधबार

वृश्चिक राशि भएकाहरुको २०७८ साल कस्तो रहला ?

वृश्चिक राशि भएकाहरुको २०७८ साल कस्तो रहला ?

वृश्चिक-ग्रहगोचरले मिश्रित फल प्रदान गरेको छ । यसवर्ष  प्रतिद्वन्द्वीलाई परास्त गर्न सकिएला । कार्य गर्नेसंस्थामा जटिल समस्या देखिने छ । पुराना रोगको  उपचारमा अलमल रहने छ । सन्तति हरुले सहयोग नगर्दा मनमा पीडा हुने देखिएको छ । अनावश्यक  झमेलामा परिएला, सतर्क रहनुहोला । बोली वचनले व्यापारमा ठूलो टेवा मिलेपनि आर्थिक स्तर सामान्य रहिरहनेछ ।  सामाजिक, धार्मिक, राजनैतिक क्षेत्रमा रुचि बढ्नेछ । स्वजनबाट आंशिक सहयोग पाइएला । सानासाना कामबाटनै फाइदा हुनेछ । आत्मविश्वास वृद्धि रहनेछ । आफ्नो क्षमताले अध्ययन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउला । विपरीत लिङ्गको साथीबाट असहयोग प्राप्त हुनेछ । वर्षभर सुखदुःखको मिश्रित फल पाइनेछ । सम्बन्धहरुमा चिसोपनको विकास हुन सक्छ । स्वास्थमा रोगले आक्रमण गर्न सक्ला । ऋणहरू हटेर गए पनि सावधानी अपनाउनु पर्नेछ । ऋण लिएर काम गर्दा प्रगति नै रहला । कुकुरलाई बिस्कुट दिनुहोला, चिताएको कार्य छिट्टै नै बन्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्