नयाँ वर्षलाई लक्षित गरी हाम्रो पात्रोको अफर – ज्योतिष परामर्शमा ३५% छूट

हाम्रो पात्रोले नयाँ वर्ष २०७८ को उपलक्ष्यमा आफ्नो लोकप्रिय 'हाम्रो नलाइ ज्योतिष' परामर्श सेवामा ३५% छूट योजना ल्याएको छ ।

यसअन्तर्गत हाम्रो पात्रो सेवाग्राहीहरूले हाम्रो पात्रोको एप तथा वेबमार्फत आउँदो वर्षका बारेमा परामर्श लिन सक्नेछन् । 


Advertisement

हाम्रो पात्रोसँग आबद्ध ख्याति प्राप्त ज्योतिष गुरुहरूबाट आफूले चाहे अनुसारको परामर्श अनलाइनमार्फत कुराकानी गरी आउँदो वर्षको जानकारीका लागि सेवाग्राहीले हाम्रो पात्रोको एप अथवा वेबमा गएर परामर्श लिने आनन्द लिन सक्नेछन् ।

यो सेवा निकै  लोकप्रिय रहेको छ र सेवाग्राहीले हाल यस सेवालाई आफ्नो पढाइ, व्यापार, जागिर, लगन, आदि सम्बन्धित विषयहरूमा परामर्शका लागि प्रयोग गर्दै आएका छन् ।  

यो छुट चैत ३० गते देखि वैशाख ५ गते सम्मका लागि मात्र लागू हुनेछ र इच्छुक सेवाग्राहीले बिहान ५ देखि दिउँसो १ र बेलुका ७ देखि ९ बजेका बीच यो सेवा लिन सक्नेछन् ।

नयाँ वर्ष २०७८ बुधवारका दिन भने यो सेवा दिनभरिका लागि उपलब्ध हुनेछ ।

यस सेवाका लागि भुक्तानी अन्तर्राष्ट्रिय कार्ड साथै नेपालमा ई-सेवा, कनेक्ट आईपीएस अथवा खल्तीबाट गर्न सकिने हाम्रो पात्रोले जनाएको छ ।

यो सेवा संसारभरिका हाम्रो पात्रोका सेवाग्राहीले लिन सक्नेछन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्