×

NMB BANK
NIC ASIA

त्रासमा लहानवासी

सिरहाको लहानमा लुटेरा समूहको आतंक : दिनदहाडै लुटपाट, निशानामा सुनचाँदी व्यवसायी !

चैत ३१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

२०७७ साल चैत ३० गते साँझ ७ बजेको समयमा सिरहाको लहान नगरपालिका वडा नम्बर ७ स्थित सुनचाँदी व्यवसायी राजेश सारडाको घरमा हतियारधारी डाँकाको समूहले आक्रमण गर्दै सुनचाँदी लुटपाट गर्‍यो ।

Muktinath Bank

हतियारधारी डाँकाको समूहले सारडाको घरमा प्रवेश गरी उनका बुवा भगिरथ सारडा र उनको परिवारका सदस्यको कञ्चटमा पेस्तोल तेर्स्याएर सुनचाँदी लुटपाट गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त समूहले लकर फोडेर सुनचाँदी लुट्नुका साथै परिवारका सदस्यहरूमाथि धारिलो हतियारले आक्रमण समेत गरेको थियो । लुटपाट गरेपछि सारडाको घरमा पार्किङ गरेर राखिएको जीप लिएर उनीहरू फरार भए ।


Advertisment
Nabil box
Kumari

घटना भएको १० मिनेटमै घटनास्थलमा पुगेर अपराधीको खोजतलाश गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक तपनकुमार दाहाल बताउँछन् ।

Vianet communication
Laxmi Bank

'घटना भएको १० मिनेटमा नै हामीले एक्सन गरेका थियौं, डेढ घण्टापछि सिरहाको बेलाहा भन्ने स्थानबाट लुटपाट गरिएको सुनचाँदीका साथै गाडी बरामद गरेका थियौं ।'

बा १० च ९३०२ नम्बरको जिप तथा लुटपाट गरिएको गहना समेत छोडेर लुटेरा समूह जंगलतिर फरार भएकाले पक्राउ गर्न नसकिएको दाहालले बताए ।

करोडौं रुपैयाँको गरगहना लुटिएको भन्ने कुरा हल्ला भएपनि केही मात्रामा मात्र गहना लुटिएको र ती गहना पनि लिएर जान नसकेको उनले बताए । जीपमा नै छाडेको चाँदीको ७४ थान हँसुली, ६० थान कल्ली, २६ थान चुडी, ६९ थान पायल, चाँदीको सिक्का २५४ थान, १ तोला सुनको ब्रासलेट १ थान बरामद गरिएको डीएसपी दाहालले बताए ।

लुटिएको सामान बरामद भए पनि लुटपाटमा संलग्न डाँका भने पक्राउ परेका छैनन् ।

'रातिको समयमा ती लुटेराहरू जंगलतिर भागेको हुनाले पक्राउ गर्न सकिएन, यद्यपि उनीहरूको खोज तलास भने जारी छ,' दाहालले भने ।

सुनचाँदी व्यवसायी संघ सिरहाका अध्यक्ष विकास सारडाका अनुसार बरामद भएको उक्त सामानको मूल्यांकन ४१ लाख रुपैयाँ भएको छ ।

अहिले चाँदीका सामान मात्र बरामद भएका छन्, सुन के कति लुटिएको थियो त्यसको विषयमा अहिले धेरै कुरा खुल्न नसकेको सारडाले बताए ।  

***

२०७७ चैत २८ गते राति डाँका समूहले धारिलो हतियार र गोली प्रहार गरी सिरहाको लहान नगरपालिका वडा नम्बर २३ का सुनचाँदी व्यवसायी प्रदीप मिजार विश्वकर्माको हत्या गर्‍यो ।

राति १२:४५ बजेको समयमा सुनचाँदी पसलमा लुटपाट गर्न गएका डाँकाहरूको समूहको प्रतिकार गर्दा उक्त समूहले विश्वकर्मालाई धारिलो हतियारले प्रहार गर्नुका साथै गोली प्रहार गरेको थियो ।  घाइते भएका विश्वकर्माको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

लुटेराहरूले विश्वकर्माकी पत्नी अनिताकुमारी दुलाललाई पनि धारिलो हतियारले आक्रमण गरेका थिए । हातमा धारिलो हतियारको आक्रमणपछि सामान्य घाइते भएका उनी उपचारपछि घर फर्किएका छन् ।

इलाका प्रहरी कार्यालय लहानका प्रमुख समेत रहेका प्रहरी नायब उपरीक्षक (डीएसपी) तपनकुमार दाहालका अनुसार डाँकाको समूहले उनीहरूको पसलबाट ३ तोला सुन, ५ तोला चाँदी, खुट्टामा लगाउने चाँदीको हँसुली २ थान र डेढ लाख रुपैयाँ नगद लुटेर फरार भएको थियो ।

घटना भएको केही समयभित्रै एक्सन लिएको र घटनामा संलग्न भएकामध्ये एक लहान नगरपालिका वडा नम्बर ७ का २६ वर्षीय रामकृष्ण चौधरीलाई पक्राउ गरिएको डीएसपी दाहालले बताए ।

'ढोका फुटाउने हतियारसहित स्थानीय मानिसहरूको उपस्थितिमा नै त्यो व्यक्तिलाई तत्कालै पक्राउ गरेका थियौं,' दाहालले लोकान्तरसँग भने, 'उक्त डकैतीको घटनामा संलग्न रहेका थप दुई जनाको पहिचान खुलेको छ, उनीसहित तीनैजना विरुद्ध सिरहा जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको छ भने हत्या तथा डाँका मुद्दा दर्ता गरिएको छ ।'

उक्त घटनामा संलग्न रहेका भनिएका दुई व्यक्ति हालसम्म पक्राउ परेका भने छैनन् ।

२० वर्षअघि गाउँ छाडेर नेपालगञ्ज, बुटवल हुँदै लहानमा आएर सुनचाँदी पसल सञ्चालन गरेका विश्वकर्माले एक वर्षदेखि लहान नगरपालिका वडा नम्बर २३ गढिया चोकस्थित वडाध्यक्ष कन्हैयाप्रसाद गुप्ताको घरमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका थिए।

***

यी दुई घटना त उदाहरण मात्र हुन्, पछिल्लो समय लहानमा दिनदहाडै लुटपाटका घटना बढेको स्थानीय पत्रकार मिथिलेश यादवले बताए । यहाँसम्म कि ट्राफिक प्रहरी कार्यालय अगाडि चटपटे बेच्ने व्यक्ति समेत लुटिएका थिए । उनको कञ्चटमा पेस्तोल तेर्स्याएर लुटपाट भएको थियो ।

लहान नगरपालिका वडा नम्बर २ स्थित विश्वनाथ यादवको घरमा समेत डाँकाहरू पुगेर डकैती गरेको यादवले बताए ।

'श्रृंखलाबद्ध डकैतीका घटनाले स्थानीयवासीहरू आतंकित भएको तथा असुरक्षित महशुस गरिरहेका छन्,' पत्रकार यादवले भने, 'तराईको भौगोलिक अवस्थिति, अपराधको प्रवृत्ति समेत जानकार नभएका सुरक्षाकर्मीहरूको तैनाथीका कारण सुरक्षा व्यवस्था फितलो भएको छ । परिणामस्वरूप आपराधिक समूहले दिन दहाडै आपराधिक घटनालाई घटाइरहेका छन्, र प्रहरीले पनि उनीहरूलाई समाउन सकेको छैन ।'

मालपोत कार्यालयमा बम विस्फोट

लहानस्थित मालपोत कार्यालयमा २०७७ साल चैत १ गते दिनको समयमा नै बम विस्फोट गराइएको थियो ।

मालपोत कार्यालयको पहिलो तल्लामा दर्ता चलानी शाखा नजिकै सेवाग्राहीको अत्यधिक चाप रहेका बेला कार्यालय समयमै वम विस्फोट भएको थियो ।

विस्फोटनमा परी ८ जना घाइते भएका थिए । उक्त घटनाको जिम्मा तराई जनतान्त्रिक मुक्ति मोर्चा (जयकृष्ण गोइत) समूहले लिएको थियो ।

इलाका प्रहरी कार्यालय लहानका डीएसपी दाहालका अनुसार सीसीटीभी फूटेजको सहयोगमा बम राख्ने व्यक्तिसहित कुल ४ जनालाई पक्राउ गरिएको छ ।

'रामरिझन यादव, अभिमन्यु गिरी, कमल महतो, गुड्डु भन्ने राम जतन मुखियासहित कुल ४ जनालाई पक्राउ गरिसकेका छौं,' दाहालले भने, 'घटनामा थप प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न रहेका र उनीहरूको पनि खोजी जारी छ ।'

निशानामा सुनचाँदी व्यवसायी

सुनचाँदी व्यवसायी संघ सिरहाका अध्यक्ष विकास सारडाका अनुसार लगातार सुनचाँदी व्यवसायीमाथि भैरहेको आक्रमण तथा लुटपाटका घटनाले सम्पूर्ण व्यवसायीले असुरक्षित महशुस गरिरहेका छन् ।

'आज मंगलवार सुनचाँदी व्यवसायी संघले बन्दको आह्वान गरेको छैन, तर सिरहाका सम्पूर्ण व्यवसायीले असुरक्षा महशुस गर्दै आफैं पसल बन्द गरेका छन्,' सारडाले लोकान्तरसँग भने, 'न त हाम्रो पसल सुरक्षित छ न त हाम्रो घर नै सुरक्षित छ, अब सिरहा जिल्लामा सुनचाँदीको व्यवसाय नै गर्न नसकिने अवस्थामा आइपुगेका छौं ।'

दुई वर्षअघि आफ्नै पसलमा सशस्त्र गोइत समूहले आफ्नो सुनचाँदी पसलमा बम विस्फोट गराएको उनले सम्झिए । '२०७५ साल चैत ९ गते मेरै पसलमा गोइत समूहले बम विस्फोट गराएको थियो, अहिले लगातार सुनचाँदी व्यवसायीको घर, पसलमा लुटपाट गर्ने तथा मान्छेको हत्या गर्ने जस्तो काम भएपछि व्यापार सञ्चालन गर्ने वातावरण नै छैन ।'

अब सबै व्यापारीहरू पलायन हुने अवस्था आएको उनले बताए ।

'सबैभन्दा ठूलो करदाताका रूपमा सुनचाँदी व्यवसायी छन् तर तिनको भौतिक देखि व्यावसायिक सुरक्षा प्रदान गर्न स्थानीय प्रहरी प्रशासन असक्षम भएको छ,' सारडाले भने,'अहिले भइरहेको सबै घटनामा प्रहरीले हामीलाई सुरक्षा दिन चुकेको छ ।'

लहानमा मात्रै ६३ वटा र सिरहा जिल्लाभरि २७५ वटा सुनचाँदी पसल सञ्चालनमा छन् ।

'आफ्नो सुरक्षाका लागि व्यवसायीले पसलदेखि घरसम्म सीसीटीभी क्यामेरा जडान गर्नेदेखि आफूले भ्याएसम्म सुरक्षाको इन्तजाम गरेका छन्,' सारडाले भने, 'तर लुटेरा समूहलाई पक्राउ गरेर कारवाही गर्नुको साटो उनीहरूसँगै प्रहरी प्रशासन मिलेको हुन्छ, अनि हामीले कहाँबाट सुरक्षाको अनुभूति गर्ने ?'

लुटेरा समूहले योजना बनाएर शुरूमा सीसीटीभी क्यामेरा फुटाउने, सञ्चारका सबै लाइन अबरुद्ध गर्ने, हतियारसहित प्रवेश गरेर कुटपिट गर्ने, धम्क्याउने, बन्धक बनाउने र लुटपाट गर्ने गरेको सारडाले बताए ।

सुनचाँदी बहुमूल्य धातु भएको हुनाले लुटेरा समूहदेखि सशस्त्र भूमिगत समूहले सुनचाँदी व्यवसायीलाई नै निशाना बनाएको उनको गुनासो छ ।

सिरहा उद्योग वाणिज्य संघका अध्यक्ष अशोकलाल अमात्यले पनि लहान मात्र होइन समग्र सिरहा जिल्लामा नै शान्ति सुरक्षा, अमनचयनको वातावरण नभएको बताए।

'देशका अन्य जिल्लामा स्थिति सामान्य नै छ तर हाम्रो सिरहा जिल्लामा मात्र हत्या, हिंसा, लुटपाट, वम विस्फोट आदिका घटना बढेपछि व्यापारी तथा व्यवसायीहरू हतोत्साहित भएका छन्,' अमात्यले लोकान्तरसँग भने ।

पूर्वपश्चिम राजमार्गमा पर्ने लहान सिरहा जिल्लाकै व्यापारिक केन्द्र हो । त्यसपछि मिर्चैया, गोलबजार समेत व्यापारिक क्षेत्रको रूपमा विकसित हुँदै गएको छ । अधिकांश घटना यिनै क्षेत्रमा भइरहेका छन् ।

लहानका स्थानीय पत्रकार मिथिलेश यादव भने लागूऔषधका दुर्व्यसनीहरू बढी जसो त्यस्तो अपराधमा लागेको बताउँछन् ।

पारि भारतबाट लागूऔषध ल्याउने, सेवन गर्नेजस्तो काम विगतको समयमा बढेको र दुर्व्यसनीमा फसेका त्यस्ता युवा नै अहिले लुटपाटको काममा संलग्न भएको हुन सक्ने आशंका उनको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x