एक्सेल डेभलपमेन्ट बैंककाे धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

एक्सेल डेभलपमेन्ट बैंकले निष्काशन गर्न लागेको ३० प्रतिशत हकप्रदका लागि एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।  

उक्त सम्झौतामा एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेल, एनआईबिएल एस क्यापिटल लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र  एनआईबिएल एस क्यापिटल लिमिटेडका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले मिति चैत २७ गते हस्ताक्षर  गरेका हुन् ।


Advertisement

बैंकले गत असार १४ गते सम्पन्न गरेको आफ्नो १४ औँ वार्षिक साधारणसभाबाट हकप्रद निष्काशनको एजेन्डा अनुमोदन गरेको थियो । बैंकले १०ः३ को अनुपातमा हकप्रद निष्काशनको एजेन्डा पारित गरेको छ ।

यो हकप्रद रु. १०० अंकित दरको सेयर पुँजी २४ करोड ३३ लाख ३६ हजार ३६७.४२ रुपैयाँबराबरको हुनेछ, जसअनुसार बैंकले २४ लाख ३३ हजार ३६३.६७४२ कित्ता हकप्रद जारी गर्नेछ । 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्