रुरु जलविद्युतको आईपीओ शुक्रवार बाँडिने, कतिले पाउलान् ?

रुरु जलविद्युत परियोजना लिमिटेडको आईपीओ आगामी शुक्रवार (बैशाख ३ गते) बाँडफाँड हुने भएको छ ।  

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले अहिले तथ्यांक प्रमाणीकरणको काम गरिरहेको जनाएको छ ।


Advertisement

प्रमाणिकरणपछि प्रि-अलटमेन्ट गरी धितोपत्र बोर्डको स्वीकृति पश्चात शुक्रवार आईपीओ बाँडफाँड गरिने क्यापिटलको भनाइ छ ।

कम्पनीको आईपीओमा सर्वसाधारणबाट १६ लाख ६९ हजार १९ वटा आवेदन परेको छ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार कम्पनीको आईपीओ ३७ हजार ९१६ जनाले मात्र पाउनेछन् भने कुन आवेदकको करिब ९८ प्रतिशतको हात खाली हुने देखिएको छ ।

साधारण शेयरमा सर्वसाधारणबाट माग भएको (३ लाख ७९ हजार १६७ कित्ता) तुलनामा ६१.६९ गुणा बढी अर्थात २ करोड ३३ लाख ९० हजार ९० कित्ता खरीदको लागि आवेदन परेको हो ।

कम्पनीले चैत २० देखि २४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २० रुपैयाँ थप गरी प्रतिकित्ता १२० रुपैयाँका दरले कुल ४ लाख ७ हजार ७०६ कित्ता प्राथमिक शेयर (आईपीओ) जारी गरेको थियो ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्