×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री ओलीको सम्बोधन : जनतामा आशा जगाउने काम भएको छ, केही नयाँ शुरुवात गर्दैछौँ

बैशाख १, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतामा आशा जगाउने ढंगले काम गरिरहेको बताएका छन् ।

Muktinath Bank

प्रतिकूलताका बावजुद विगत वर्षमा सरकारले जनताको विश्वास जितेको र नयाँ वर्षमा पनि केही उल्लेख्य काम गर्ने उनले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नयाँ वर्ष २०७८ को अवसरमा बुधवार बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले प्रतिकुलताका बावजुद विकास निर्माणको काम अगाडि बढेको बताएका हुन् ।


Advertisment
Nabil box
Kumari

उनले निर्दिष्ट लक्ष र गन्तव्यका साथ काम गरिरहेको समेत बताए । 

Vianet communication
Laxmi Bank

‘जनतामा आशा जगाउने काम गरेका छौ, जनतामा असन्तुष्टि भड्काउने प्रयास भएपनि सरकार त्यसबाट किन्चित विचलित भएन । भविष्यप्रति आशा र विश्वास जगाउने काम गर्यौँ,’ ओलीले भने ।

नयाँ वर्षको दिन पारेर ‘मेरो कित्ता’ नामक एप्स ल्याएर जनताले आफ्नो पुर्जा मोबाइलमै हेर्न सक्ने व्यबस्था गर्न लागेको बताए । यसै महिनादेखि जनकपुरदेखि नियमित रुपमा रेल संचालन हुने तथा वैशाख ११ गते काठमाडौंको धरहरा उद्घाटन गर्न लागेको ओलीले बताए । 

‘कोरोनाको असर र राजनीतिक अस्वस्थता देखा परेपनि निरर्थक वर्ष रहेछ । काठमाडौंका धारा धारमा पानी पुर्याएर दशकौँ लामो सपना पूरा भएको छ । प्रतिकुल अवस्थामा पनि अनलाइनबाट भएपनि शिक्षालाई अगाडि बढाउन सक्यौँ’ ओलीले भने । 

प्रधानमन्त्री ओलीले २०७६ सालमा सीके राउतलाई मूल धारमा ल्याएर देशबाट पृथकतावादलाई अन्त्य गरेको र २०७७ सालमा विप्लव समूहलाई राजनीतिको मूलधारमा ल्याएर हिंसाको राजनीतिको अन्त्य गरेको बताए । 

झण्डै ४५ मिनेट लामो सम्बोधन का क्रममा प्रधानमन्त्री ओलीले अरुको आलोचना भन्दापनि सरकारको कामको बचाउ गरे । अतिक्रमित नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गर्न सक्नु नेपालीको लागि ठूलो उपलव्धी भएको ओलीले बताए ।

प्रधानमन्त्री ओलीले कोभिड १९ बाट सावधान रहन तथा बचाउका उपाय अबलम्बन गर्न आग्रह गरे । ‘सरकारले लिएको सही नीतिका कारणले हामी असफल भएनौँ, सामाजिक जनजीवन र आर्थिक क्षेत्रमा कम क्षती भयो,’ ओलीले भने । 

कोरोना संक्रमण फैलिन नदिन सुरक्षा सावधानीका उपाय अपनाउन ओलीले आग्रह गरे ।

‘कोभिड–१९ बाट सावधान रहन, यसको बचाउका उपाय गर्न, बालबालिका र जेष्ठ नागरिकलाई बचाउन सबैसँग आग्रह गर्न चाहन्छु, हामीले खोपको शुरुवात गरेका छौँ । साढे १८ लाखले खोप लगाइसकेका छन् । खोपको कार्यक्रम अगाडि बढ्दै जाला । नियन्त्रण गर्न सफल हुनेछौ,’ ओलीले भने । 

एमसीसी अनुमोदनमा ढिलाइ गरेकोमा सभामुखप्रति असन्तुष्टि

प्रधानमन्त्री ओलीले अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदनमा सहयोग नगरेको भन्दै सभामुख अग्नि सापकोटाप्रति असन्तुष्टि जनाएका छन् ।

सापकोटाको नाम नलिई ओलीले संविधान नमान्ने जिद्दी भइरहेको आरोप लगाए । 

‘एमसीसी माओवादी र कांग्रेस सरकारमा हुँदा हस्ताक्षर भएको थियो । अनुमोदनका लागि संसदमा पेश गरेका छौँ, अनुमोदनका लागि हामी त्यसको माग गरिरहेका छौँ । सरकारले प्रस्तुत गरेपछि निर्णयार्थ नगरी संविधान नमान्ने जिद्दी गर्ने काम भइरहेको छ,’ ओलीले भने । 

मुद्दा लडेर प्रतिनिधि सभाको पुनःस्थापना गर्यौँ भन्नेले एसिड आक्रमणविरुद्धको अध्यादेश पेश गर्न नदिएर अलोकतान्त्रिक काम गरेको आरोप लगाए । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x