कात्तिक ३०, २०८०
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा चालू विवादले नयाँ–नयाँ रूप लिँदैछ । संघीय र प्रदेश सभामा एमाले एक ढिक्का देखिएको छ भने पार्टीमा माधव पक्षले समानान्तर गतिविधि सञ्चालन गरिरहेका छन् ।
पार्टीमा हदैसम्मको अराजक र अनुशासनहीन गतिविधिमा सामेल भएपछि एमालेले अनुशासनको कारवाही गरेका नेता माधव नेपाल र उनका 'दास'हरूले सानातिना भेलाको आयोजना गरेर जिल्ला-जिल्लामा समानान्तर कमिटी गठन गरेका समाचार आइरहेका छन् ।
पार्टी एकता बचाउन भन्दै आयोजना गरिने त्यस्ता भेलामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको एकोहोरो विरोध र भर्त्सना गरिरहेका छन् । पार्टीको मूल नेतृत्व र नीतिको पक्षमा दृढतापूर्वक उभिएका एमालेका लाखौंलाख नेता-कार्यकर्तालाई 'केपीका दास', 'हनुमान', 'झोले', 'स्वार्थी', 'अवसरवादी'जस्ता तल्लो स्तरका गाली बर्साउँदै छन् । तर उनीहरूले आफ्नो नियतिको आकलनचाहिँ गर्न सकेका छैनन् ।
सोह्रौं शताब्दीमा विख्यात अंग्रेजी साहित्यकार क्रिस्टोफर मार्लोद्वारा लिखित 'डक्टर फस्टस' नामक वियोगान्त नाटकको प्रमुख पात्र 'डक्टर फस्टस'को नियतिजस्तै छ एमालेका निलम्बित नेताहरूको नियति ।
डक्टर फस्टसको कथा यस्तो छः डक्टर फस्टसले तन्त्र विद्या पढेको थियो । त्यही तन्त्रविद्यामार्फत ऊ मेफिस्टोफिलिस हुँदै लुसिफरको संगतमा पुग्यो । डक्टर फस्टस र लुसिफरको बीचमा एउटा सम्झौता भयो । २४ वर्षसम्म राक्षसहरूले डक्टर फस्टसलाई उसले चाहेको शक्ति, भौतिक र विषय सुखसुविधा उपलब्ध गराउने र २४ वर्षपछि उसको जीवन ती लुसिफरहरूलाई सुम्पनुपर्ने भयो ।
फस्टसले समकालीन राजाजस्तै शक्तिशाली भएको हेर्न चाह्यो । उनीहरूले त्यो इच्छा पुर्याइदिए । उसले पाइँदै नपाइने मौसममा अंगुरको झुप्पा माग्यो । उनीहरूले त्यो पुर्याइदिए । दश हजार वर्ष पहिलेकी विश्व सुन्दरी हेलेनसँग उसले मायाप्रीति गाँस्न चाह्यो । उसको त्यो अनौठो इच्छा पनि उनीहरूले जसोतसो पूरा गरिदिए ।
सम्झौताबमोजिम २४ वर्ष पुग्नै लाग्दा लुसिफरका मानिस उसलाई लिन आए । उसको त्यहीँ वियोगान्त भयो ।
मदन भण्डारीको रहस्यमय देहवसानपछि माधव नेपालले एमालेको महासचिव बन्न चाहे । पार्टीले बनाइदियो । पन्ध्र वर्ष लगातार महासचिव बनाइरह्यो । यो अवधिमा एमालेको प्रथम ९ महिने सरकारमा शक्तिशाली उप-प्रधानमन्त्री बनाइए । प्रथम संविधान सभामा दुई निर्वाचन क्षेत्रबाट शर्मनाक पराजयलगत्तै संविधानसभा सदस्य हुन चाहे । पार्टीले उनको माग पूरा गरिदियो । सोही अवधिमा करीब दुईवर्ष प्रधानमन्त्री बन्ने अवसर पनि पार्टीले नै जुटाइदियो ।
तर त्यतिले माधव नेपाललाई पुगेन । त्योभन्दा बढी प्राप्त गर्न आधुनिक जमानाका लुसिफर अर्थात प्रचण्डको शरणमा पुगे उनी ।
नेकपा(माओवादी केन्द्र)का सुप्रिमो प्रचण्डले हाल एमालेमा निलम्बित रूपमा रहेका माधव नेपाललगायतका नेताहरूसँग आफू डीप लभमा रहेको तर अदालतले छुट्याइदिएको गुनासो गरेका छन् ।
अचम्म यो छ कि प्रचण्ड जो हजारौंको वास्तविक मायाप्रेमलाई चकनाचुर पार्ने 'जनयुद्ध'का प्रमुख नायक हुन्, आज कसरी डीप लभ अर्थात गहिरो माया दर्साउन योग्य भए ? उनी कसरी माधव नेपालजस्तो कसैसँग हतपत्ती 'मायाप्रीति'मा नफस्ने व्यक्तिसँग डीप लभमा परे ? यो संगत कतै डक्टर फस्टस र लुसिफरको संगतजस्तो त हुने होइन ?
नेपाली जनता प्रचण्डको मायावी चरित्रसँग त राम्रै परिचित छन् । मायारूपी चरित्र सधैँ सँगै बस्ने खालको हुन्छ, मायावी चरित्र माया गरेजस्तो गरेर डस्ने खालको हुन्छ ।
हिजो माधव नेपालसँग नजिक रहेका कसैले पनि एमाले फुटाएर मायावी प्रचण्डको छातामुनि जान इन्कार गरेको सन्दर्भमा प्रचण्डको डीप लभले माधव नेपाललाई फ्लप बनाउनेबाहेक के नै होला र ? कुनैबेला प्रचण्डसँग डीप लभमा रहेका किरण, बाबुराम, विप्लव र देउवाको हालत पत्ला भएजस्तै त होला ।
अहिले माधव नेपाललगायतका निलम्बित नेताहरू केही समय शान्तपूर्वक आफ्ना गल्ती, कमी कमजोरीको रियलाइजेसन गर्नु, आत्मालोचना गर्नु र पार्टीलाई थप एकताबद्ध बनाउन पार्टीको मूल नेतृत्वसँग हातेमालो गरेर अघि बढ्नुको सट्टा समानान्तर पार्टी बनाउने, पार्टीभित्र पार्टीको अभ्यास गर्ने र आफ्नो निहीत अभिष्टका लागि हजारौं नेता-कार्यकर्ताको खुन, पसिना र बलिदानबाट बनेको पार्टीलाई तहस-नहस बनाउने बर्बादीको बाटोतर्फ अग्रसर भएका छन् ।
नोबल पुरस्कार विजेता फ्रेन्च साहित्यकार अल्फ्रेड कामुसको एउटा पात्र छ- सिसिफस । सिसिफसलाई एउटा श्राप थियो- समुन्द्रको किनारबाट चिप्लो ढुंगो बोकेर पहाडको टुप्पोमा पुर्याउनु पर्ने । सिसिफस बढो कष्टसाध्य पाराले चिप्लो ढुंगो बोकेर पहाडको टुप्पोमा पुर्याउँथ्यो । पहाडको टुप्पोमा पुग्नै लाग्दा ढुंगो चिप्लेर पहिलेकै ठाउँ समुन्द्रको किनारमा पुग्थ्यो । हरेक दिन सिसिफस त्यही काम गरिरहन्थ्यो ।
अहिले एमालेका निलम्बितहरूको नियति पनि सिसिफसको भन्दा भिन्न छैन । साम, दाम, दण्ड, भेद गरेर एमालेका केही कार्यकर्ता बटुलेर जिल्ला-जिल्लामा समानान्तर कमिटी बनायो, फेरि एमाले एक ढिक्का हुन छाड्दैन । पार्टी विभाजन गर्न न्वारानदेखिको बल लगायो, पार्टी विभाजन हुँदैन ।
खण्ड गर्दा पनि ओली नेतृत्वको एमाले कमजोर हुँदैन । प्रचण्ड, बाबुरामलाई खेताला बोलाएर एमाले कमजोर पार्न खोज्यो, हुँदैन । छिमेकी गुहार्यो, केही लाग्दैन ।
साविक नेकपा हुँदा शुरूदेखि नै विवादका कारण बैठक, भेला सम्मेलन, अधिवेशन, गोष्ठी हुन नसकेको अवस्थामा अहिले एमाले ब्युँतिएपछि यसको रफ्तार निकै बढेको छ ।
एमालेलाई महाधिवेशन लागिसकेको छ । कार्यकर्ताको तहमा तिरस्कृत गुटगत गतिविधि महाधिवेशनसम्म पुग्दा साम्य हुने र हाल गुट बनाउन लागेका केही नेताचाहिँ 'तेल पानी एकै पिना बाहिर' हुने स्थिति देखापरेको छ ।
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...