पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
बैशाख १, २०७८
काभ्रेपलाञ्चोककी २१ वर्षीया सरिता (नाम परिवर्तन) सानै छँदा आमाको मृत्यु भएपछि पढ्न पाइनन् । ५ कक्षा पढ्दापढ्दै पढाइ छाड्नु पर्यो ।
केही समयपछि बुवाले सौतेनी आमा भित्र्याए । एक जना दाजु थिए, उनी पनि विवाह गरेर काठमाडौं बस्न थाले । सरिता एक्लै भइन् ।
कमाएर जीविका चलाउन सकिन्छ कि भनेर उनी पनि काठमाडौं छिरिन् । बौद्धमा आएर एक गलैँचा पसलमा काम सिकिन्, त्यहीँ काम पनि शुरू गरिन् ।
दैनिकी सहज बनेको थियो । खान बस्न पुग्ने पैसा कमाउन थालिन् । साथीहरूसँग रूम शेयर गरेर बस्ने गरेकी थिइन् । जीविका चलिरहेको थियो, तर इच्छाचाहना भने बढ्दै गयो ।
उनी राम्रो पैसा कमाउने विकल्प खोज्न थालिन् । चिनेजानेका मान्छे र साथीभाइहरूलाई भनसुन गरिन् । एक साथीले राजकुमार तामाङ नाम गरेका व्यक्तिसँग भेट गराइदिइन् ।
उनले चितवनमा एक जना महिलाकोमा काम लगाइदिने बताए ।
‘धनी दिदी हुनुहुन्छ । पैसा धेरै छ । घरको काम गर्ने हो । बस्न खान छ भनेर फकाएको देखिन्छ,’ मानव बेचबिखन अनुसन्धान ब्यूरोकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दुर्गा सिंहले भनिन्, ‘टाढा भएर जान्नचाहिँ भनेकी रहिछन् ।’
तर फकाएपछि उनी चितवन जान राजी भइन् ।
२०७२ चैतमा राजकुमारले उनलाई चितवन जान भनी रात्रि बसमा चढाए । कलंकीमा केही मानिसहरूको प्रतिक्षामा बस रोकियो । उनीहरूले चिया खाए ।
बस चितवनतर्फ लाग्यो । राजकुमारले बोत्तलमा पानी पनि ल्याएका थिए । त्यो पानी पिएपछि उनी अचानक बेहोश भइन् । होशमा आउँदा राजकुमार अनि बसका यात्रुहरू कोही थिएनन् ।
एउटा बन्द कोठामा थुनिएकी थिइन्, उनी । सोधखोज गर्दा थाहा भयो– उनी चितवन नभएर भारत पुगिसकेकी रहिछन् ।
भारतको मजनुका टिला भन्ने ठाउँमा उनलाई ‘चमेली’ उर्फ सीता तामाङ (रुकमाया तामाङ नागरिकताको नाम) कोठामा पुर्याइएको रहेछ ।
उनले राजकुमार खोई भनेर सोधखोज गर्दा २/४ दिनमा आउने भन्दै नजरबन्दमा राखिन् । बाहिर निस्किन खोज्दा ज्यान मार्ने धम्की दिइन् ।
६ दिनपछि चमेलीले उनलाई भारतको जेबी रोडको ५६ नम्बर गल्लीमा वेश्यालय (कोठी)मा पुर्याइन् । उक्त कोठी चमेलीले नै सञ्चालन गरेको रहेछ ।
उनले आफू बेचिएको थाहा पाइन् । रोइकराइ गरेर बाहिर निस्किन दिन भनिन्, तर कसैले उनको कुरा सुनेन । ‘तँलाई हामीले किनेर ल्याएको हो, हामीले जे भन्छौं त्यही गर्नुपर्छ’ भनेर उल्टै कुटपिट गरे ।
सुई लगाएर अर्ध बेहोशीमा यौन धन्दामा लगाए । उनी त्यो कोठीमा दुई वर्षसम्म नरकीय जीवन व्यतित गरिन् । त्यहाँबाट कसरी बाहिर निस्किने भन्ने प्रयासमा थिइन् ।
एकदिन उनले एक ग्राहकमार्फत् भारतीय प्रहरीलाई चिट्ठी पठाइन् । उनले आफूसँगै अन्य युवतीहरूलाई पनि त्यहाँबाट निकाल्न पत्रमा आग्रह गरेकी थिइन् । तर दुर्भाग्य, प्रहरीलाई पठाएको चिट्ठीबारे प्रहरीकै कसैले चमेलीलाई जानकारी गराइदिएछ ।
त्यहाँबाट उनलाई अर्को ठाउँमा सार्न खोजियो । लक्ष्मीनगर भन्ने ठाउँतर्फ लैजाँदै गरेको अवस्थामा उनी बटुवाको सहयोगमा भाग्न सफल भइन् ।
‘रेस्क्यू फाउन्डेसन’ नामक संस्थाले उनलाई संरक्षण गृहमा पठायो ।
महिला अयोग दिल्ली, दिल्ली पुलिस, क्राइम ब्रान्चमा लगायतको सक्रियतामा १६ जना युवतीलाई उद्धार गरियो । उनीहरूलाई २०७४ चैत महिनामा माइती नेपालको सहयोगमा नेपाल ल्याइयो ।
त्यसपछि उनले माइती नेपालको सहयोगमै मानव बेचबिखन अनुसन्धान ब्यूरोमा उजुरी दिइन् । त्यहाँबाट चमेली उर्फ रुकमाया तामाङ भागेर आफ्नो गृह जिल्ला आएको प्रहरीले खबर पाएको थियो ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले फागुन १३ गते नुवाकोटको विदुर नगरपालिकाबाट रुकमायालाई पक्राउ गर्यो ।
अहिले चमेलीलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ ।
चमेलीले आफूले भारतमा कोठी सञ्चालन गरेको र चमेलीलाई किनेको स्वीकार गरेकी छैनन् । तर प्रहरीले सबै प्रमाणका आधारमा पक्राउ गरेर मुद्दा चलाएको एसएसपी दुर्गा सिंहले लोकान्तरलाई जानकारी दिइन् ।
चमेलीले ३० वर्षदेखि भारतको जेबी रोडमा बस्दै आएको भने स्वीकारेकी छन् ।
मानव बेचबिखनका अनुसन्धान ब्यूरोका अनुसार उनीविरुद्ध यस अघि पनि दर्जनौं जाहेरी परेका थिए । तर उजुरीमा परेको नाम र वास्तविक नाम अर्कै भएकाले यकिन गर्न अप्ठ्यारो परेको थियो ।
सरिताले खिचेर दिएको फोटो, उनको बोलाउने नाम आदिका आधारमा पक्राउ गर्न प्रहरी सफल भएको थियो ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...