मोदीले कान समातेर उठबस गर्नुपर्छ : ममता बनर्जी

प्रधानमन्त्री नरेन्द्र मोदीले झूटो बोलेको भए कान समातेर उठबस गर्नुपर्ने भारतको पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीले बताएकी छन् । 

निर्वाचन आयोगले ममतामाथि लगाएको २४ घन्टाको प्रतिबन्धको अवधि सकिएपछि बारासातमा एक चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बयान दिएकी हुन् । 


Advertisement

‘मतुआ समुदायका लागि ममता दिदीले केही पनि नगरेको भने मोदीले,’ ममताले बताइन् । ‘म उनलाई सार्वजनिक रूपमा चुनौती स्वीकार गर्न भन्छु, मैले उनीहरूका लागि केही पनि गरेको छैन भने राजनीति छोडिदिन्छु । तर तपाईंले झूट बोलेको हो भने कान समातेर उठबस गर्नुपर्छ ।’
 

मतुआ समुदाय बंगलादेशबाट भागेर आएका हिन्दू शरणार्थी हुन् । पश्चिम बंगालमा लगभग डेढ करोड मतदाता मतुआ समुदायका छन् । उनीहरूले कम्तीमा ३० वटा विधानसभा सीटमा प्रभाव पार्छन् । 
 

तृणमूल कांग्रेसकी अध्यक्ष ममताले प्रधानमन्त्री नरेन्द्र मोदीलाई मतदानको दिन बंगाल आउन निर्वाचन आयोगले रोक्नुपर्ने बताइन् । आफू पनि त्यसदिन बैठकहरू रद्द गर्न तयार रहेको उनको भनाइ छ ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्