×

NMB BANK
NIC ASIA

आरम्भ चौतारीले ८.८५ प्रतिशत लाभांश बाँड्ने

बैशाख २, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आठ दशमलव ८५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाको पाँचौँ वार्षिक साधारणसभाले गत आव २०७६÷०७७ सम्मको मुनाफाबाट प्रस्ताव गरिएको आठ दशमलव ८५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । 

Muktinath Bank

काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको कम्पनीको हाल चुक्तापूँजी रु २६ करोड ३४ लाख ४८ हजार रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले जानकारी दिए। साधारणसभाले बनेपास्थित बिपिडब्लु लघुवित्त र बुटवलस्थित देउराली लघुवित्त वित्तीय संस्थालाई शेयर आदानप्रदान अनुपात १००ः९५ः९५ हुने गरी प्राप्ति गर्ने प्रस्ताव पनि पारित गरेको छ । प्राप्तिपश्चात उक्त कम्पनीको शेयर स्वामित्व अनुपात ६३ दशमलव ६५ प्रतिशत (संस्थापक) र ३६ दशमलव ३५ प्रतिशत (सर्वसाधारण) हुने भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साथै आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा शेयर स्वामित्व अनुपात ६८ दशमलव ३० प्रतिशत (संस्थापक) र ३१ दशमलव ३० प्रतिशत (सर्वसाधारण) रहने प्रस्तावसमेत पारित भएको घिमिरेले जानकारी दिए। 


Advertisment
Nabil box
Kumari

उनका अनुसार भविष्यमा थप कुनै लघुवित्त संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति÷समाहित गर्ने विषयमा सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय पनि साधारणसभाले गरेको छ । साधारणसभाले संस्थापक अध्यक्ष जगतबहादुर पोखरेलसहित छ जनालाई नयाँ सञ्चालक समितिको सदस्यमा निर्विरोध निर्वाचित गरेको छ । 

Vianet communication
Laxmi Bank

संस्थापक समूह क बाट प्रतिनिधित्व हुने सञ्चालक चार जना र सर्वसाधारण समूह ख बाट प्रतिनिधित्व हुने गरी सञ्चालक दुई जनाको पदावधि समाप्त भएको भन्दै निर्वाचन अधिकृत भक्तिराम घिमिरेले निर्विरोध निर्वाचित भएको घोषण  गरेका थिए । 

त्यसअनुसार संस्थापक समूह क बाट अध्यक्ष पोखरेल, दीपक तिवारी, पुष्पराज ढकाल र सन्तोष पोखरेल सञ्चालक समितिमा निर्वाचित भएका हुन् भने सर्वसाधारण समूह ख बाट केशवराज पन्थी र विमल आचार्य चयन भएका हुन् । सञ्चालकको पहिलो बैठकले संस्थाका संस्थापक अध्यक्ष पोखरेललाई नै चार वर्षका लागि फेरि अध्यक्षमा चयन गरेको छ । 

उनले आफ्नो कार्यकालमा आरम्भ चौतारी लघुवित्तलाई देशकै सबैभन्दा ठूलो लघुवित्त वित्तीय संस्था बनाउने अठोट व्यक्त गरे । देशभरका लघुवित्त वित्तीय संस्थाको साझा संस्था लघुवित्त सङ्घ नेपालका केन्द्रीय अध्यक्षसमेत रहेका पोखरेलले आफूले नेतृत्व गरेको लघुवित्त वित्तीय संस्थालाई लघुवित्त क्षेत्रका लागि उदाहरणीय संस्थाका रूपमा स्थापित गर्नुपर्ने दायित्वसमेत आफूसँग रहेको बताए । 

    बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त र बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ लघुवित्त ‘मर्ज’ भएर आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था बनेको हो । एकीकृत संस्थाले गत असार २२ देखि एकीकृत कारोवार शुरु गरेको थियो । नेपाल राष्ट्र बैंकले उनीहरुलाई एकीकृत कारोवार शुरु गर्न २०७६ सालको फागुन १८ गते अन्तिम स्वीकृति दिएको थियो ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x