×

NMB BANK
NIC ASIA

बोनस बाँड्न अर्थको स्वीकृतिको पर्खाइ

सधैँ घाटा देखाउने आयल निगममा बोनसका लागि छुट्ट्याइयो साढे ३ अर्ब, मूल्य भने बढेको बढ्यै !

बैशाख २, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कर्मचारीलाई बोनस उपलब्ध गराउने नाममा नेपाल आयल निगममा ३ अर्ब ४७ करोड रुपैयाँ थुप्रिएको पाइएको छ । 

Sagarmatha Cement
Muktinath Bank

आयल निगम नाफामा गएको विभिन्न समयमा छुट्ट्याइएको बोनसबापतको रकम ३ अर्ब ४७ करोड ३२ लाख ९९ हजार रुपैयाँ निगममा थुप्रिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आर्थिक वर्ष २०५८/५९ बाट हालसम्मको अवधिमा निगमले ७ वर्ष कर्मचारीलाई बोनस छुट्ट्याएको छ । 


Advertisment
Nabil box
Kumari

एकातिर निगम घाटामा गएको भन्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दै आइरहेको निगमले नाफा भएको वर्षको बोनस रकम भने अहिले लिन नसकेपनि कुनै दिन लिन पाइने आशामा छुट्याएर राखेको हो । 

Vianet communication
Laxmi Bank

पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य अचाक्ली बढाएको भन्दै चर्को आलोचना खेपिरहेको निगमले बोनस रकम छुट्याएर राख्ने र पेट्रोलको मूल्य बढाउने गरेको भन्दै उपभोक्ता अधिकारकर्मी समेत आक्रोशित छन् । 

अधिवक्ता समेत रहेका उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ निगमका कर्मचारीहरूले बोनस जम्मा गरेर बस्न नहुने बताउँछन् । 

उनले उपभोक्ताको ढाड सेकेर निगमका कर्मचारीले बोनस थुपार्नु निकै नै खेदजनक रहेको टिप्पणी गरे ।

‘एकातिर निगमका कर्मचारीहरू बोनस जम्मा गरेर बस्छन्, आज नलिए पनि उनीहरूले केही वर्षपछि त लिन्छन् नि !,’ उनले प्रश्न गरे, ‘निगम घाटामा छ पनि भन्ने बोनस पनि लिन नछाड्ने ?’

अर्का उपभोक्ता अधिकारकर्मी एवं उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिम्सिनाले जनताको पैसामा निगमका कर्मचारीले बोनस खाने अधिकार नभएको बताए ।

उनले निगम नेपालमा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने एकाधिकार प्राप्त सरकारी संस्थान भएकाले जनताको पैसाबाट नाफा खान नहुने धारणा राखे ।

‘बोनस थुपारेर राख्ने र पेट्रोलको मूल्य बढाइरहने यस्तो काम कतै हुन्छ भने निगममा मात्रै हो, यो अनैतिक छ,’ उनले भने ।​

कुन आर्थिक वर्षमा कति बोनस ?

निगमले आर्थिक वर्ष २०६५/६६ कर्मचारीका लागि १९ करोड ८८ लाख ४६ हजार रुपैयाँ बोनसका लागि छुट्ट्याएको थियो ।निगम

का अनुसार, सो रकम आर्थिक वर्ष २०७०/७१ मा मात्रै कर्मचारीहरूलाई वितरण गरिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घाटामा गएको संस्थाले गैरकानूनी रूपमा बोनस रकम बाँडेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरी छानबिन थालेपछि वितरण गरिएको रकम फिर्ता भएको थियो । 

आर्थिक वर्ष २०७१/७२ मा निगमले ९० करोड २५ लाख २८ हजार रुपैयाँ कर्मचारीहरूका लागि बोनस छुट्याएको छ । 

आर्थिक वर्ष २०७२/७३ मा निगमले कर्मचारीका लागि १ अर्ब २६ करोड १७ लाख ६१ हजार रुपैयाँ रकम बोनसबापत छुट्याएको छ ।

आर्थिक वर्ष २०७३/७४ मा निगमले कर्मचारीहरूका लागि ७७ करोड १२ लाख १३ हजार रुपैयाँ रकम बोनसबापत छुट्याएको छ । 

यस्तै आर्थिक वर्ष २०७४/७५ मा ४ करोड ७९ लाख ६३ हजार रुपैयाँ रकम बोनसका लागि निगमले छुट्याएको छ । 

आर्थिक वर्ष २०७५/७६ मा ११ करोड ६७ लाख १७ हजार रुपैयाँ रकम बोनसका लागि विनियोजन गरिएको छ भने आर्थिक वर्ष २०७६/७७ मा १७ करोड ४२ लाख ६९ हजार रुपैयाँ छुट्याएको छ । 

क्र.स‍ं. आव       रकम 
१    २०६५/६६    १९,८८,४६,१३२
२    २०७१/७२    ९०,२५,२८,२७०
३    २०७२/७३    १,२६,१७,६१,७२१
४    २०७३/७४    ७७,१२,१३,०५१
५    २०७४/७५    ४,७९,६३,८४५
६    २०७५/७६    ११,६७,१७,१७८
७    २०७६/७७    १७,४२,६९,१४१
कुल    ३,४७,३२,९९,३३८ रुपैयाँ 

बोनस खान अर्थ मन्त्रालयको स्वीकृति पर्खँदै

निगमका कर्मचारीहरू बोनस खानका लागि अहिले अर्थमन्त्रालयको स्वीकृति पर्खेर बसेका छन् । 

बोनस (चौथो संशोधन) नियमावली २०७५ ले बोनस खानका लागि अर्थमन्त्रालयको स्वीकृति अनिवार्य गरेको छ । 

सोही नियमावलीलाई टेकेर आर्थिक वर्ष २०७६/७७ को बोनस स्विकृत गरिदिनका लागि निगमले अर्थलाई पत्र पठाइसकेको छ । यद्यपि अर्थ मन्त्रालयले अहिले स्वीकृति नदिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले लोकान्तरलाई जानकारी दिए ।

उनले भने, ‘निगमले गत आवको बोनसबापतको रकम स्वीकृतिका लागि अर्थमन्त्रालयमा पत्र पठाएको छ, तर स्विकृत भइसकेको भने छैन ।’

बोनस छुट्याउँदै, घाटा देखाउँदै !

विभिन्न आर्थिक वर्षहरूमा नाफा गरेको निगमले अहिले भने घाटामा रहेको भन्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिरहेको छ ।

मूल्य समायोजनका नाममा महिनामा २ पटकसम्म मूल्य वृद्धि गर्दै आइरहेको निगमले पछिल्लो पटकमात्रै अर्धमासिक रूपमा ८८ करोड रुपैयाँ घाटामा रहेको जनाएको छ । यद्यपि उसले बोनस रकम भने छुट्टाएर राखेर बाँडफाँडका लागि स्वीकृति समेत मागिसकेको छ । 

पछिल्लोपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दै निगमले भनेको छ, ‘पेट्रोलमा प्रति लिटर ७.३९ रुपैयाँ घाटा छ । मूल्य समायोजनपश्चात डिजेल प्रतिलिटर १.९४ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर ४ सय १८ रुपैयाँ ४७ पैसा घाटा छ ।’

‘हिसाब मिलाउन बोनस छुट्याइन्छ, लिन भने पाएका छैनौं’

निगम आर्थिक प्रशासनका नायब कार्यकारी निर्देशक नागेन्द्र शाहले आफूहरूले आव २०५८/५९ देखि बोनस नपाएको दाबी गरे । 

उनले नियममा १ प्रतिशत बोनस लिने व्यवस्था भएपनि आफूहरूले नपाएको गुनासो गरे । ‘हिसाब मिलाउनका लागि हामीले १ प्रतिशत राख्ने गरेका छौं, तर त्यो लिन पाएका छैनौं,’ उनले भने ।

उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विषयलाई राजनीतिकरण गरिएको गुनासो समेत गरे ।

‘तरकारीको मूल्यवृद्धि भएको कसैले देख्दैन, पेट्रोलको मूल्य सामान्य बढ्दा चाहिँ धेरै हल्ला हुन थाल्यो,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x