×

NMB BANK
NIC ASIA

सेमीफाइनल समीकरण पूरा, को बन्ला यसपालिको युरोपेली च्याम्पियन ?

बैशाख २, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

यूईएफए च्याम्पियन्स लीगको सेमीफाइनल समीकरण पूरा भएको छ । 
 

Muktinath Bank

सेमीफाइनलमा रियाल मड्रिडको भिडन्त चेल्सीसँग हुने भएको छ भने म्यानचेस्टर सिटी पेरिस सेन्ट जर्माँ (पीएसजी) सँग भिड्नेछ । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रियालका प्रशिक्षक जिनेदिन जिदान अविश्वसनीय रूपमा चौथोपटक च्याम्पियन्स लीग जित्नबाट तीन खेल मात्र टाढा छन् । बुधवार उनको टोलीले लिभरपूललाई हराएको हो । 


Advertisment
Nabil box
Kumari

पहिलो चरणमा नै लिभरपूललाई तहसनहस बनाइसकेको रियालका लागि दोस्रो चरणमा लिभरपूलले खासै चुनौती दिन सकेन र प्रतियोगिताबाट बाहिरियो । 

Vianet communication
Laxmi Bank

उता पीएसजीले क्वार्टरफाइनलमा बायर्न म्युनिखलाई हराएर सेमीफाइनलमा स्थान बनाएको हो । पोहोर साल फाइनलमा बायर्नसँग हारेको बदला लिएको पीएसजी यसपालिको गम्भीर दाबेदार बनेको छ । 
 

पीएसजीले काउन्टर अट्याकमा देखाएको तीव्र गतिका कारण नै बार्सिलोना र बायर्नलाई ध्वस्त पार्न सकेको हो । 

यसपालि टीमको कम्बिनेसन राम्रो रहेकाले माउरिसियो पोचेट्टिनोको प्रशिक्षणमा पीएसजीले च्याम्पियन्स लीगमा कब्जा जमाउन सक्छ । 

तर पीएसजीलाई म्यानचेस्टर सिटीको चुनौती पार गर्नुपर्ने अवस्था छ । 

बोरुसिया डोर्टमन्डविरुद्ध सिटीका रियाद माहरेज र फिल फोडेनले गोल गरेर जीत दिलाए ।

सिटीको टीम बिल्डअप यस सीजनमा उत्कृष्ट छ । उसको डिफेन्स र मिडफील्ड बलियो छ भने सुपरस्टार स्ट्राइकरको कमीलाई पनि मिडफील्डले अनुभव हुन दिएको छैन । 
 

पीएसजीका कतारी साहु र सिटीका अमिर साहुहरूले आआफ्ना क्लबका लागि करोडौं रकम खर्च गरेको भए पनि च्याम्पियन्स लीग जित्न सकेका छैनन् । यसपालि यी दुवैले अवसर पाएका छन् । 

तर दुवै क्लब उत्तिकै सशक्त भएकाले अलि सावधानीपूर्वक खेल्ने सम्भावना देखिन्छ । जे भए पनि भिडन्त चाहिँ निकै रोमाञ्चक हुनेछ । 

चेल्सीको कुरा गर्दा नयाँ प्रशिक्षक टमस टुचेलले आफ्ना युवा खेलाडीहरूमा जीतको भोक जगाउन सफल भएका छन् । पोहोर साल पीएसजीलाई फाइनलसम्म पुर्‍याएर अन्तिममा निराशा हात लागेकोले टुचेललाई यसपालि प्रतियोगिता जित्ने अभिलाषा उत्कट छ । 

क्रिस्टियानो रोनाल्डोको युभेन्टसलाई समेत हराएको पोर्टो जस्तो अनप्रेडिक्टेबल क्लबलाई क्वार्टरफाइनलमा हराउनु चेल्सीको ठूलो सफलता हो । 

तर चेल्सीले च्याम्पियन्स लीगको राजा ठहरिएको रियाल मड्रिडको सामना गर्नुपरेको छ । युवा जोशलाई सही होशका साथ परिचालन गर्न टुचेल सफल भएछन् भने रियाल मड्रिडको चुनौतीलाई पनि पन्छाउन सक्छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x