×

NMB BANK
NIC ASIA

रेमिट्यान्समा वृद्धि

कोरोना महामारीका बीचमा कसरी बढ्यो रेमिट्यान्स ? विज्ञहरू नै अचम्ममा

बैशाख २, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना महामारीपछिको अवस्थामा नेपालमा बाहिरी मुलुकबाट भित्रने विप्रेषण (रेमिट्यान्स) मा वृद्धि भएको पाइएको छ । 

Muktinath Bank

विदेशमा रहेका कतिपय कोरोनाको डरले स्वदेश फर्किएको, कतिपयले रोजगारी गुमाएको र पछिल्लो समय निकै न्यून मात्रामा मात्र वैदेशिक रोजगारीमा गइरहेको अवस्थामा रेमिट्यान्स बढेको तथ्यांक सार्वजनिक हुँदा विज्ञहरूले अचम्मित छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष २०७७/०७८ को ८ महिनाको विप्रेषण आप्रवाह (रेमिट्यान्स)मा नेपाली रूपैयाँमा ८.६ प्रतिशत र अमेरिकी डलरमा ५.० प्रतिशतले बढेको हो । 


Advertisment
Nabil box
Kumari

राष्ट्र बैंकका अनुसार, विप्रेषण आप्रवाह ८.६ प्रतिशतले बढ्दै ६४२ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको ८ महिनामा विप्रेषण आप्रवाह १.५ प्रतिशतले बढेको थियो । 

Vianet communication
Laxmi Bank

कोरोना भाइरसको संक्रमण शुरू भएसँगै नेपालमा २०७६ चैत ११ गतेदेखि लकडाउन जारी गरेको थियो । बाहिरी मुलुकमा कोरोना संक्रमण फैलिएको केही समयपछि मात्रै नेपालमा संक्रमण देखा परेको थियो । 

कोरोना महामारीका कारण जारी लकडाउनका समयमा नेपालबाट बाहिरी मुलुकमा रोजगारीका लागि जाने श्रमिकहरू जान पाएका थिएनन् ।

उल्टै बाहिरी मुलुकमा रहेकाहरू दैनिकजसो स्वदेश फर्कने गरेका थिए । सरकारले लकडाउन गरेको लामो समयपछि मात्रै अन्तर्राष्ट्रिय हवाइ उडान खुला गरेको थियो । 

निश्चित समयका लागि नेपाल आएका र कोरोनाका कारण यतै रोकिएका श्रमिकहरू विस्तारै रोजगारका लागि बाहिरिन थालेका छन् । कोरोनाका कारण हालसम्म पनि वैदेशिक रोजगारमा जानेहरू निकै न्यून रहेका छन् । 

वैदेशिक रोजगार विभागका अनुसार हाल दिनको करीब ६ सयको संख्यामा मात्रै नेपालीहरू वैदेशिक रोजगारीका लागि बाहिरिने गरेका छन् । 

अघिल्लो वर्ष अर्थात् सामान्य अवस्थामा १२ देखि १५ सय नेपालीहरू वैदेशिक रोजगारीका लागि दैनिक बाहिरिने गरेको वैदेशिक रोजगार विभागका निर्देशक एवं सूचना अधिकारी महेन्द्रनाथ भट्टराईले लोकान्तरलाई जानकारी दिए । 

‘अहिले वैदेशिक रोजगारीका लागि नयाँ श्रमिक न्यून मात्रै माग भएको तर कोभिड अगाडिका माग पूर्तिका लागि भने केही मात्रामा जनशक्ति बाहिरिरहेको छ,’ सूचना अधिकारी भट्टराईले भने ।

श्रम विज्ञहरू भन्छन् : हामी अचम्ममा छौं 

राष्ट्र बैंकले पछिल्लो तथ्यांक जारी गरेसँगै श्रम क्षेत्रमा यसको चर्चा शुरू भएको छ ।

कोरोना महामारीका समयमा पनि नेपालको अर्थतन्त्रमा ठूलो हिस्सा ओगट्ने रेमिट्यान्स कसरी बढी भित्रियो भन्नेमा श्रमविज्ञहरू सोचमग्न भएका छन् ।

तथ्यांक र वर्तमान परिवेश ‘म्याच’ नभएको तर राष्ट्र बैंकको तथ्यांकलाई नकार्न पनि नसक्ने विज्ञहरूको भनाइ छ ।

एकातिर कोरोना महामारी कायमै रहेको र अर्कातर्फ वैदेशिक रोजगारीमा गएकाहरू फर्किएको अवस्थामा कसरी रेमिट्यान्स बढ्यो भन्नेमा श्रम विज्ञहरूको ध्यानाकर्षण भएको छ । 

श्रम विज्ञ डा. गणेश गुरुङ राष्ट्र बैंकको तथ्यांक र वैदेशिक रोजगारीको वर्तमान परिवेश ‘म्याच’ भएको नदेखिएको बताउँछन् । 

लोकान्तरसँग उनले भने, ‘नकारौं, राष्ट्र बैंकको तथ्यांकलाई कसरी नकारौं ? ननकारौं, वैदेशिक रोजगारीको अहिलेको अवस्था तथ्यांकमा आएजस्तो सकारात्मक छैन ।’ 

उनले तथ्यांक हेर्दा अहिले आफू अचम्ममा परेको समेत बताए ।

उनले आफूले डाटाको विषयमा राष्ट्र बैंकसँग धेरैपटक कुरा उठाइसके पनि अहिलेको अवस्थामा रेमिट्यान्स कसरी बढ्यो भन्नेबारे जवाफ नपाएको बताए । 

उनले भने, ‘म यो तथ्यांकहरू र अहिलेको अवस्था देख्दा निकै अचम्ममा परेको छु ।’

यद्यपि उनले हुण्डीबाट आउने रकम रोकिएर बैंकमार्फत आउँदा रेमिट्यान्स बढेको देखिएको हुन सक्ने औंल्याए । 

नेपाल सरकारका पूर्व सचिव एवं श्रमविज्ञ पूर्णचन्द्र भट्टराई बैंकिङ प्रणालीमा विदेशबाट पठाउने रकमको मात्रा बढ्दा रेमिट्यान्स बढी देखिएको बताउँछन् ।

लोकान्तरसँग उनले भने, ‘लकडाउन भएपछि सबै सिस्टमहरूले काम गर्न छाडे र बैंकिङ प्रणालीमार्फत रकम आउन पुग्यो ।’

उनले विगतमा आएका रेमिट्यान्स वास्तविक भएपनि अहिलेकोमा भने हुण्डीले चलखेल गर्न थालेको बताए । उनले करीब २० देखि ३० प्रतिशत हिस्सा हुण्डीको रहेको बताउँदै यसले रेमिट्यान्समा ठूलो प्रभाव पार्न सक्ने बताए । 

उनले भने, ‘अहिले राष्ट्र बैंकले निकालेको तथ्यांक र वर्तमान अवस्था दाँज्ने हो भने त अचम्म नै मान्नुपर्ने हुन्छ । तर पनि कोरोनाका बेला हुण्डीवालाहरूले चलखेल गर्न नपाउँदा यस्तो भएको हो कि !’

नेपाल रेमिटर्स एशोसियसनका अध्यक्ष सुमन पोखरेलले कोभिडको समयमा र त्यसको केही समयसम्म रेमिट्यान्स घट्ने अनुमान गरिएपनि तथ्यांकले त्यस्तो नबताएको बताए । उनले भने,‘रोचक डाटा आएको छ, तर यसको केही कारणहरू पनि देखिन्छन् ।’

उनका अनुसार, मुलुकमा पहिले हुण्डीजस्ता विभिन्न अवैधानिक क्षेत्रबाट रकम भित्रिने गरेको थियो । जसका कारण रेमिट्यान्स थोरै भित्रने देखिन्थ्यो । 

उनले थपे,‘कोरोनाका कारण सबै क्षेत्र प्रभावित हुँदा अवैधानिक स्रोतहरूबाट रकम नेपाल पठाउने काम  ठप्प भयो, त्यसकारण बैंकमार्फत आउने रकममा वृद्धि भएको हुन सक्छ ।’

उनले डिजिटल माध्यमबाट पनि रकम पठाउन मिल्ने सुविधाका कारण काउन्टरमा जान नपर्ने भएकाले रेमिट्यान्स वृद्धि भएको समेत बताए । 

के भन्छ राष्ट्र बैंक ? 

नेपाल राष्ट्र बैंकले विभिन्न अनौपचारिक क्षेत्रबाट रकम आउने गरेकोमा पछिल्लो समय बैंकमार्फत रकम आउँदा रेमिट्यान्स बढेको बताएको छ । 

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले रेमिट्यान्स बढ्नुको मुख्य कारण हुण्डीजस्ता अनौपचारिक क्षेत्रको रकम पनि अहिले बैंकमार्फत आउनुभएको बताए ।

लोकान्तरसँग उनले भने, ‘हामीले विभिन्न समयमा यस्ता अध्ययनहरू पनि गर्ने गरेका छौं, समग्रमा हुण्डी जस्ता अनौपचारिक क्षेत्रबाट आउने रकम बैंकमार्फत आउन थालेको अवस्था छ, रेमिट्यान्समा यसले पनि भूमिका खेलेको हो ।’ 

उनले अहिले राष्ट्र बैंकले हुण्डीलाई निरुत्साहित गर्दै बैंकिङ प्रणालीमार्फत रकम पठाउन प्रोत्साहन गरिरहेको समेत बताए ।  

विदेशमा काम गरिरहेकामध्ये अधिकांशको रोजगारी नगुमेको र काम भइरहेको उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x