शेयर बजारमा हरियाली, बजार पूँजीकरण ३७ खर्ब ८७ अर्ब

नयाँ वर्षको शुरूआतमै शेयर बजारमा हरियाली छाएको छ ।

लगातार उकालो लागेर बिदाइ भएको विक्रम संवत् २०७७ सालमा जस्तै यस वर्षको कारोबार भएको पहिलो दिन बजारले नयाँ रेकर्ड कायम गरेको छ । 


Advertisement

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा २०.६१ विन्दुले सुधार आई २ हजार ७३५.३९ मा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । 

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.१७ विन्दुले सुधार आई ४९२.४४ मा पुगेको छ । 

कूल २१८ कम्पनीका १ करोड ९० लाख २० हजार ५२८ कित्ता शेयर ८ अर्ब ६३ करोड ६६ लाख ६८ हजार ६५९ मा कारोबार भएको छ । बिहीवारको कारोबारपछि बजार पूँजीकरण ३७ खर्ब ८७ अर्ब ५० करोड ९० लाख ७ हजार बराबर पुगेको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये बिहीवार २ उपसमूहको शेयर ओरालो लाग्दा ११ उपसमूहको शेयर भने उकालो लागेको छ । व्यापार ९९.६५ र जलविद्युत् ८.९७ विन्दुले ओरालो लागेको छ । बैंकिङ २३.०४, होटल तथा पर्यटन १०.५, विकास बैंक ९०ं१८, वित्त २८.३९, निर्जीवन बीमा ९.०३, उत्पादन ४३.२७, अन्य ३.३, लघुवित्त ६.१४, जीवन बीमा ४५.६८, सामूहिक लगानी कोष ०.०५ र लगानी १.५९ विन्दुले उकालो लागेको छ । 

कारोबारका आधारमा बिहीवार एनआईसी एशिया लघुवित्त शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४९ करोड ८९ लाख ६३ हजार ९९८ बराबरको कारोबार भयो । नेपाल पूर्वाधार बैंक ४९ करोड ८७ लाख ३४ हजार २७३, एनआईसी एशिया बैंक ३२ करोड ६२ लाख ८० हजार ९४४, नेपाल बंगलादेश बैंक २४ करोड ७९ लाख ३७ हजार २५७, नबिल बैंक २३ करोड १५ लाख ६७ हजार ३२१, ग्लोबल आइएमई बैंक २० करोड १८ लाख ३६ हजार १४, कुमारी बैंक १९ करोड ८२ लाख ३६ हजार ७७१, हिमालयन डिस्टिलरी १६ करोड ५ लाख ७० हजार १९६, प्रभू बैंक १५ करोड ४० लाख २४ हजार ५१० र मेगा बैंक १४ करोड ७५ लाख बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । 

कारोबारका आधारमा वेस्ट फाइनान्स १०, एनआईसी एशिया लघुवित्त ९.९५, महिला लघुवित्त ९.९२, ज्योति लाइफ इन्स्योरेन्स ९.९२, ग्रीन डेभलपमेन्ट बैंक ९.६८, छ्याङ्दी पावर ९.६७, कर्णाली डेभलपमेन्ट बैंक ९.६४, सप्तकोशी डेभलपमेन्ट बैंक ९.५७ र सिन्धु विकास बैंकका लगानीकर्ताले ८.९४ प्रतिशतले कमाए । 

मल्टीप्रपोज फाइनान्स ३.६७, नेशनल माइक्रोफाइनान्स ३.५२, स्वाभिमान लघुवित्त ३.४६, साल्ट टे«डिङ कर्पोरेशन २.७०, मितेरी डेभलपमेन्ट बैंक २.५६, साधना लघुवित्त २.४४, नेसनल हाइड्रोपावर २.४१, प्रभ बैंकको ऋणपत्र १.९३ र सनराइज बैंकको ऋणपत्रका लगानीकर्ताले १.८५ प्रतिशतले गुमाएका छन् । 
 

कमेन्ट गर्नुहोस्