×

NMB BANK
NIC ASIA

नेदरल्यान्ड्सलाई हराउँदै यसरी जित्यो नेपाल

बैशाख ४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कुशल भुर्तेल र आशिफ शेखको बिस्फोटक ब्याटिङको मद्दतमा नेपालले शनिवारबाट शुरू भएको त्रिकोणात्मक शृंखलामा नेदरल्यान्ड्समाथि ९ विकेट जीत निकाल्दै प्रतियोगितामा विजयी शुरूआत गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा नेदरल्यान्ड्सले दिएको १३७ रनको लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल र आशिफ शेखले व्यक्तिगत अर्धशतकीय इनिङ खेल्दा नेपालले घरेलु मैदानमा विजयी शुरूआत गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालले १५ ओभरमा प्रस्तुत लक्ष्य मात्र १ विकेटको क्षतिमा भेट्टाउन सफल भएको हो ।


Advertisment
Nabil box
Kumari

डेब्यु खेलमा ओपरनद्वय कुशल र आशिफले उत्कृष्ट खेल प्रदर्शन गरेका हुन् । पहिलो विकेटका लागि ११६ रनको साझेदारी गर्दा ४६ बलको सामना गरेका कुशलले ५ चौका ५ छक्काको मद्दतमा ६२ रन जोडेका थिए । कुशल क्याच आउट भएका थिए ।

Vianet communication
Laxmi Bank

शुरूआतबाट नै बिस्फोटक इनिङ खेलेका कुशललाई आसिफले साथ दिएका थिए । कुशल पवेलियन फर्किएपछि चलेका आशिफले ४ चौका र ४ छक्काको मद्दतमा व्यक्तिगत ५४ रन जोड्दा अविजित रहेका हुन् । ज्ञानेन्द्र मल्ल ११ रनमा नट आउट रहे ।

पहिलो विकेटका लागि भएको ११६ रनको साझेदारी नेपाली ट्वान्टी–२० क्रिकेटमा कीर्तिमान रह्यो । डेब्यु खेलाडीले बनाएको कीर्तिमानलाई यसअघि भएको १०८ रनको साझेदारी तोडिएको हो । काठमाडौंमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद सागमा कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्काले बनाएको कीर्तिमान भंग भएको हो ।

घरेलु दर्शकको साथ पाएको नेपाली टोलीविरुद्ध बलिङ गर्दा युलियन डे मेको नाममा १ विकेट रह्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाएर १३६ रन बनाएको थियो । खराब शुरूआत गरेको नेदरल्यान्ड्स तेस्रो ओभरमा १२ रन हुँदा २ विकेट गुमाएको थियो ।

टीमका लागि दोस्रो ओभर बलिङ गरेका सन्दीप लामिछानेले नेपाललाई पहिलो विकेट दिलाएका थिए । नेदरल्यान्ड्सका म्याक्स ओ डोवडलाई एलबीडब्लुको धरापमा पारेका थिए । म्याक्सले ११ बलमा २ चौकासहित १० रनको योगदान गर्दै पवेलियन फर्किएका थिए । दोस्रो विकेटको रूपमा बेन कोपरलाई शून्य रनमा गुमायो । सोमपाल कामीले तेस्रो ओभरको चौथो बलमा कोपरलाई एलबीडब्लू धरापबाट पवेलियन फर्काएका थिए ।

त्यसपछि मैदान आएका बास डे लीडेले स्कट इड्वार्डसँग ६१ रनको साझेदारी गरे । ३० रनमा खेलिरहेका इड्वार्ड शाहब आलमको बलमा आरिफ सेखको हातबाट क्याच आउट हुँदै पेभिलियन फर्किएका थिए । उनले ३२ बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए । शाहबको यो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु विकेट समेत बन्यो ।

नेदरल्यान्ड्सले चौथो विकेटको सबैभन्दा धेरै रन बनाएका बास डे लीडेलाई गुमायो । उनी ४१ रनमा पेभिलियन फर्किएका थिए । उनले ४९ बलमा ३ चौका र २ छक्का प्रहार गरे । कप्तान पिटर सिलर २३ र एन्टोनिअस स्टल २० रनमा अविजित रहे । पिटरले १७ बलमा २ चौका र १ छक्काको मद्दतमा २३ रन जोडे । स्टलले ९ बलमा २ चौका र १ छक्कासहित २० रनको योगदान दिए ।

नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिए । सोमपाल कामी र शाहब आलमले १/१ विकेट लिए । शाहब सबैभन्दा महंगा खेलाडी सावित भए । उनले ४ ओभर बलिङ गर्दै ४५ रन खर्चेर १ विकेट लिएका थिए ।

अब नेपालले दोस्रो खेलमा मलेसियासँग सोमवार खेल्नेछ भने पराजित नेदरल्यान्ड्सले आइतवार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । डबल राउन्ड रोबिनको आधारमा हुने शृंखलाको शीर्ष २ टीमले उपाधिका लागि भिड्नेछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x