×

NMB BANK
NIC ASIA

व्यक्तिगत प्यान लिनेको सङ्ख्या २३ लाख नाघे

बैशाख ५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

व्यक्तिगत स्थायी लेखा नम्बर(प्यान) लिनेको सङ्ख्या २३ लाख नाघेको छ। अर्थ मन्त्रालयका अनुसार फागुनसम्म २३ लाख ५४ हजार ३६० जनाले प्यान लिएका छन्। 
चालू आर्थिक वर्ष ०७७÷७८ को आठ महिनाभित्र मात्रै चार लाख ३२ हजारले व्यक्तिगत प्यान लिनेको सङ्ख्या थपिएको छ। पाँच हजार रुपियाँ माथिको भुक्तानीमा प्यान अनिवार्य गरिएपछि पछिल्लो समय यसमा दर्ता हुने क्रम बढीरहेको छ। सरकारले आव ०७६÷७७ को बजेटमार्फत आयआर्जनमा संलग्न अथवा व्यवसाय गर्नेले अनिवार्य प्यान लिनुपर्ने व्यवस्था गरेको थियो।

Muktinath Bank

‘एक व्यक्ति एक प्यान’को  नीतिसहित सरकारले करको दायरामा समेट्न प्यान दर्ता प्रक्रियालाई प्राथमिकतामा राख्दै आएको छ। मन्त्रालयका अनुसार फागुनसम्म १५ लाख ४८ हजारले व्यावसायिक प्यान लिएका छन्। चालू आवको सुरुवातसम्म यस्तो सङ्ख्या १३ लाख ५९ हजार थियो। करकट्टी गर्ने हरेक निकायले पनि प्यान लिनुपर्ने व्यवस्थाअनुसार त्यस्ता निकाय पनि दर्ता हुने क्रम बढीरहेको छ। फागुनसम्म तीन हजार ९४ ओटा करकट्टी गर्ने निकायले प्यान लिएको मन्त्रालयको तथ्याङ्क छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

व्यक्तिगत, व्यावसायिक र करकट्टी गर्ने निकायसमेत गरेर फागुनसम्म ३९ लाख ११ हजार प्यान वितरण भइसकेको छ। गत असार अन्त्यसम्म यस्तो सङ्ख्या ३३ लाख ३७ हजार थियो। अर्थात् चालू आवको आठ महिना भित्र थप पाँच लाख ७४ हजार प्यानमा दर्ता भएका छन्। अघिल्लो फागुनदेखि गत फागुनसम्मको अवधिमा १० लाखभन्दा बढी प्यानमा दर्ता भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयकै तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको आठ महिनासम्म थप २६ हजार ५६३ मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता भएका छन्।


Advertisment
Nabil box
Kumari

सोसमेत गरी अहिलेसम्म दुई लाख ८२ हजार ५२६ भ्याटमा दर्ता भइसकेको पनि मन्त्रालयले जनाएको छ। त्यस्तै यो चालू आठ महिनाको अवधिमा १५ हजार अन्तःशुल्कमा दर्ता भएका छन्। सोसमेत अहिलेसम्म एक लाख नौ हजार २९८ अन्तःशुल्कमा दर्ता भइसकेका छन्। यो सबै सङ्ख्या दर्ता खारेजीपछि कायम भएको मन्त्रालयले स्पष्ट पारेको छ। गोरखापत्रमा खबर छ । 
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x