कार्तिक र  करणको झगडाबारे कंगनाले भनिन् यस्तो...

कंगना रनौतले करण जोहरलाइ धेरै कार्यक्रममा नेपोटीजम किङ्गको रुपमा बताएकी छिन् ।

जबदेखि सुशांत सिंह राजपूतको असामयिक मृत्यु भयो, कंगना रनौत इन्डस्ट्रीमा बाहिरी व्यक्तिहरूको पक्षमा वकालत गर्दै र स्टार किड्सको बिरूद्ध खडा भइन्।


Advertisement

करण जोहरले कार्तिक आर्यनलाई 'दोस्ताना २' बाट निकालेर ब्लैक लिस्टमा राखे पछि कंगना रनौतले ट्विटरमा आफ्नो विचार पोस्ट गरिन् ।

सुशांत सिंह राजपूतको मृत्यु हुनुको धेरै कारण मध्ये एउटा कारण अभिनेत्रीले करण जोहरलाइ पनि दोष दिदै लेखिन्, “कार्तिकले  आफ्नै संघर्स गर्दै आएका छन्  र  आफैंले गरिरहन्छन् । केवल पापा जो र उनको नेपो गैंग क्लबलाई अनुरोध छ  कृपया उसलाई एक्लो छोडिदिनुहोस् कार्तिक आर्यनले पनि शुशान्त सिंहले जस्तो कदम नउठाउन् ।'

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्