×

NMB BANK
NIC ASIA

आफ्नै असावधानीले ह्याकिङको शिकार

पब्जी खेल्ने पैसा माग्न दीपाश्री निरौलाको फेसबूक 'ह्याक' गर्ने फुच्चे 'ह्याकर'को कथा

बैशाख ५, २०७८

NTC
Sarbottam
सांकेतिक तस्वीर
Premier Steels
Marvel

पर्साको वीरगञ्ज उपमहानगरपालिकास्थित एक स्थानीय बोर्डिङ स्कूलमा अध्ययनरत सुलभ (नाम परिवर्तन) १४ वर्षका भए । सामान्य परिवारमा हुर्केका उनी पढाइमा तीक्ष्ण छन् ।

Sagarmatha Cement
Muktinath Bank

पढाइबाट बचेको समयमा सुलभ अनलाइन गेम पब्जी खेल्छन् । उनी सामाजिक सञ्जाल फेसबूकमा पनि जोडिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फेसबूक ग्रुपमा विभिन्न पोस्ट हेर्ने, तिनमा लाइक तथा कमेन्ट गर्नेहरूको प्रोफाइल चेक गर्ने,  उनीहरूको गतिविधि नियालिराख्ने पनि उनको बानी नै थियो ।


Advertisment
Nabil box
Kumari

पब्जी खेल्ने क्रममा एकदिन उनलाई पैसाको आवश्यकता पर्‍यो  । आमाबुवासँग पब्जीका लागि भनेर पैसा माग्ने हिम्मत पनि भएन ।

Vianet communication
Laxmi Bank

त्यसपछि उनले जुक्ति निकाले- कसैको फेसबूक ह्याक गरेर उसको नामबाट अरू कसैसँग पैसा माग्ने ।

त्यसपछि उनले आफूले नियमितजसो हेरिराख्ने ग्रुपमा गएर एउटा पोस्टमा लाइक गर्नेहरूको सूची निकाले ।

त्यसबाट सयजना जति व्यक्तिको नाम छनोट गरे । अनि ती व्यक्तिको ‘यूजर आईडी’ पत्ता लगाए ।

त्यसपछि उनले फेसबूक पासवर्ड पत्ता लगाउन सकिन्छ कि भनेर खोजी गर्न थाले ।

‘हाउ टु ह्याक फेसबूक पासवर्ड’ भनेर युट्युब तथा गुगलमा सर्च पनि गरे । भेटिएका सामग्री अध्ययन गरे, भिडियो हेरे ।

इन्टरनेटमा नै प्राप्त ट्रिक्सबाट आफूले सूचीमा राखेका व्यक्तिहरूको पासवर्ड पत्ता लगाउने प्रयास गर्न थाले ।

प्रयास गर्दै जाने क्रममा एक जनाको फेसबूक ह्याक गर्न उनी सफल भए ।

ती व्यक्तिको आईडीमा पहुँच बनाएर उनी उनको साथीको सूचीमा भएका व्यक्तिहरूको विवरणसम्म पुगे ।

खोज्दै जाँदा दीपाश्री निरौलासहितका चर्चित कलाकारहरूसँग कुराकानी हुने गरेको पाएपछि उनलाई ढुंगा खोज्दा देउता मिलेजस्तो भयो ।

त्यसपछि उनको निशाना दीपाश्री निरौलातर्फ सोझियो । दीपाको फेसबूकमा पहुँच बनाउन उनले ह्याकिङभन्दा पनि चलाखीको एउटा ट्रिक्स अपनाए ।

तपाईं हामीले फेसबूक पासवर्ड बिर्सिएमा ‘फर्गेट पासवर्ड’ गर्ने अनि इमेल आईडी वा रजिस्टर्ड मोबाइलमा कोड पठाएर पासवर्ड रिसेट गर्ने विकल्प हुन्छ ।

उनले दीपाको इमेल आईडी पत्ता लगाएर पासवर्ड फर्गेट गरे । आफूले पहिले नै ह्याक गरेको आईडीबाट दीपासँग 'तपाईंको इमेलमा आएको कोड दिनुस् न' भनेर आग्रह गरे ।

कुराकानी र चिनजान भइराखेको व्यक्ति भएकाले केही नसोची दीपाले उक्त कोड दिइन् ।

यसो गर्दा फेसबूक आईडी नै ह्याकरको कब्जामा पुग्दैछ भनेर उनले ख्याल नै राखिनन् । 

उक्त कोड राखेर सुलभले दीपाको फेसबूक आईडीको पासवर्ड परिवर्तन गरिदिए ।

यसलाई साइबर ब्यूरोको भाषामा ‘फिसिङ’ भनिने साइबर ब्यूरोका उपनिर्देशक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवीन्द्र अर्यालले बताए । 

‘उनले कुनै प्रविधि पढेका छैनन् । उच्चतम प्रविधि प्रयोग गरेर ह्याक गरेको देखिँदैन्, उपनिर्देशक अर्यालले भने, ‘उनले फिसिङ गरेका हुन् ।’ 

त्यसपछि सुलभले दीपासँग कुरा हुने साथीहरूलाई म्यासेज गरेर पैसा माग्न थाले । उनले आफूलाई अर्जेन्ट परेको भन्दै मोबाइल बैंकिङबाट पैसा पठाइदिन आग्रह गरे । 

पैसा प्राप्त गर्नका लागि उनले त्यही विधि (कोड पठाउने र माग्ने विधि) अपनाएर अपनाएर नेपालगञ्ज निवासी एक व्यक्तिको इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङमा पहुँच बनाए ।

शुरूमा उनले नाम फेसबूकबाटै थाहा पाएका थिए । आफूले ह्याक गरेको आईडीबाट ती व्यक्तिको बैंक अकाउन्ट नम्बर मागे ।

त्यसपछि उनले उक्त बैंकको मोबाइल एप डाउनलोड गरेर ती व्यक्तिको नाम र अकाउन्ट नम्बर राखेर लगइन गर्न प्रयास गरे ।

त्यहाँ पनि कोड माग्यो, उनले ती व्यक्तिको मोबाइलमा कोड पठाए अनि उक्त कोड पनि त्यहीँबाट मागे । कोड प्राप्त भएपछि दीपाका ती साथीको मोबाइल बैंकिङमा उनको पहुँच बन्यो ।

उनले दीपाका अन्य साथीसँग पैसा मागेर ती साथीको अकाउन्टमा रिसिभ गर्ने अनि पैसा हात परेपछि चुपचाप बाहिरिने योजना बनाएका रहेछन् ।

उनले ती व्यक्तिको बैंकिङ एपबाट २५ हजार रुपैयाँ निकालेर ‘पब्जी’मा प्रयोग गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको एसएसपी अर्यालले लोकान्तरलाई बताए । 

‘आफ्नो बैंकको खाता नभएकाले उनले धेरै पैसा ठग्न पाएनन्,’ उपनिर्देशक अर्यालले भने, ‘उनले अकुत कमाउनुभन्दा पनि गेम खेल्नका लागि पैसा चाहिएकाले फेसबूक ह्याक गरेको देखिन्छ ।’

त्यसलगायत उनले सरोज खनाल, दयाराम पाण्डे, सुशील नेपाल लगायतका १० जना कलाकारहरूको फेसबूकमा पनि पहुँच बनाएकाे ब्यूरोले जनाएको छ ।

अहिलेसम्म कुनै पनि प्राविधिक तालिम वा शिक्षा नलिएको व्यक्तिले फेसबूक प्रयोगकर्ताहरूको असावधानीको फाइदा उठाएर फेसबूकमा अवैध पहुँच बनाएको देखिन्छ ।

पर्सनल कोड सुरक्षित नगर्दा ह्याकिङको शिकार 

सूचना प्रविधिको तीव्र विकाससँगै सामाजिक सञ्जालको प्रयोग बढ्दै जाँदा सेलिब्रेटीहरूले सामान्य कुराको ज्ञान समेत नराख्दा फेसबूक ह्याकिङको शिकार भएको ब्यूरोले जनाएको छ । 

‘कोड भनेको नितान्त व्यक्तिगत कुरा हो । यस्ता चिजहरूको महत्व सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले नजान्दा ह्याकिङको शिकार हुने गरेको देखिन्छ,’ साइबर ब्यूरोका उपनिर्देशक एसएसपी नविन्द्र अर्यालले भने, ‘अझ सेलिब्रेटीहरूले यस्ता कुरामा ध्यान दिनुपर्छ ।’

फेसबूक, भाइबर, ट्वीटर लगायतका सामाजिक सञ्जाल प्रयोग गर्दा सेलिब्रेटी मात्रै होइन प्रविधिको ज्ञान नभएका मानिसहरूले नजिकका मानिसहरूलाई सेक्युरिटी कोड शेयर गर्दा ह्याकिङको शिकार हुने गरेको उपनिर्देशक अर्यालले बताए ।

‘सेक्युरिटी कोड त नितान्त निजी हो । यो सकेसम्म आफ्नै श्रीमान–श्रीमतीलाई पनि शेयर नगर्दा हुन्छ,’ एसएसपी अर्यालले लोकान्तरसँग भने, ‘यस्ता साना कुराहरू पनि ख्याल गर्नु आवश्यक छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x