×

NMB BANK
NIC ASIA

राजनीतिक उथलपुथल

कर्णालीको 'साइड इफेक्ट' – राष्ट्रिय राजनीतिमा तरंग, प्रदेशहरूमा हलचल !

देउवा–प्रचण्ड रणनीति : हल्ला कम, काम बढी

बैशाख ५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

शुक्रवार दिउँसो १ बजेसम्म पनि कर्णालीमा नेकपा एमाले संसदीय दल एक ढिक्का थियो । कतिसम्म भने विश्वासको मतका लागि संसद्मा मत विभाजन हुनुभन्दा एक घण्टा पहिले अधिवेशन आह्वानको मन्तव्यका क्रममा एमाले संसदीय दलका नेता यामलाल कंडेलले आफ्ना सांसदका बारेमा हल्ला फैलाएर चरित्र हत्या गर्ने काम भइरहेको बताएका थिए ।

Muktinath Bank

‘एमालेमा देखिएको समस्या हामी समाधान गर्छौं, तर एमालेका सदस्यको चरित्र हत्या गर्ने गरी भइरहेका प्रचार निन्दनीय छ । दलीय सीमालाई मिचेर सार्वजनिक प्रतिष्ठामा आँच आउने काम नगरौं,’ शुक्रवार कर्णाली प्रदेश सभाको बैठकमा कंडेलले भनेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसको केहीबेरमा प्रदेश सभामा विश्वासको मतबारे मत विभाजन भयो । संसदको दृष्य कंडेलले दाबी गरेजस्तो भएन । आफ्नै अगाडि सांसदहरूले ‘फ्लोर क्रश’गरेको दृष्य कंडेलले टुलुटुलु हेरे । सभामुखले मत विभाजनको नतिजा घोषणा गर्नुअघि नै सम्भावित नतिजा थाहा भइसकेको थियो । औपचारिक नतिजा सुनेपछि कंडेल मुख्यमन्त्री शाहीसँग हात मिलाएर बाहिरिए । 


Advertisment
Nabil box
Kumari

माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार छाडेर माधवकुमार नेपाल समूहका तीन मन्त्रीले सामूहिक राजीनामा गरेका थिए । मन्त्रीबाट राजीनामा गरेपछि नेताहरूले भनेका थिए– हामीले कर्णालीबाट एकताको सन्देश दियौं । 

Vianet communication
Laxmi Bank

तर नेपाल पक्षका मन्त्रीहरूको राजीनामा रणनीतिक देखियो । नेपाल पक्षका सांसदहरूले फ्लोर क्रस गरेर उत्पन्न अप्रत्यासित नतिजाले राजनीतिमा सबैथोक सम्भव हुन्छ भन्ने प्रमाणित गरिदिएको छ । 

राष्ट्रिय राजनीतिमा कर्णालीको इफेक्ट

कर्णालीमा शुक्रवार भएको ‘फ्लोर क्रश’ले अन्य प्रदेश र राष्ट्रिय राजनीतिमा समेत तरंग ल्याइदिएको छ । संख्यात्मक रूपमा कमजोर देखिएको माओवादीले ‘राजनीतिक’ निर्णयबाट बहुमत पुर्‍यायो । 

कर्णालीमा आएको अप्रत्यासित नतिजापछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अति उत्साहित देखिएका छन् । 

‘कर्णालीबाट प्रधानमन्त्री ओलीको हारको शुरूआत भइसकेको छ । अब गण्डकी र लुम्बिनी प्रदेशमा पनि हार व्यहोर्दै छन्, ती प्रदेशमा भन्दा पहिले संघमा हार्न पनि सक्छन्,’ आइतवार आफ्नै निर्वाचन क्षेत्र चितवनको माडीमा आयोजित कार्यक्रममा प्रचण्डले भने । 

सोमवार नै चितवनमा वाईसीएलको भेलालाई सम्बोधन गर्दै प्रचण्डले आजै (आइतवार नै) काठमाडौं पुगेर नयाँ सकार गठनका लागि महत्त्वपूर्ण निर्णय गर्ने बताए । 

सरकारबाट अलग्गिए पनि ओलीलाई अप्ठ्यारो पार्न भन्दै सरकारलाई दिएको समर्थन फिर्ताका लागि जोखाना हेरिरहेको माओवादीले आज या भोलि नै सरकारलाई दिएको समर्थन फिर्ताको तयारी गर्दैछ । 

सरकारलाई दिएको समर्थन फिर्तापछि प्रधानमन्त्री केपी ओलीले विश्वासको मतका लागि संसद् फेस गर्ने र त्यही बेला माधव नेपाल समूहका सांसदले फ्लोर क्रश गर्छन् अनि सरकार ढल्छ भन्ने माओवादीको विश्लेषण छ । 

माओवादी स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेल कर्णालीमा देखिएको राजनीतिक ध्रुवीकरण अन्य प्रदेशहरूमा पनि हुने दाबी गर्छन् ।

‘केन्द्रमा सफल बनाएर प्रदेशमा जाने योजना हो, तर केन्द्रमा लिंगरिङ हुँदा प्रदेशबाट शुरू भयो । अब केन्द्रसम्म ध्रुवीकरण हुन्छ,’ पोखरेलले लोकान्तरसँग भने ।

सोमवार बस्ने स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन लिने सम्भावना रहेको उनले बताए ।  

प्रदेशमा हलचल 

कर्णालीको घटनाले अन्य प्रदेशका सरकारमा समेत हलचल निम्त्याएको छ । त्यसो त नेकपा एक छँदा पनि विवादको पटाक्षेप कर्णालीबाटै भएको थियो ।

कर्णालीमा जस्तै अन्य प्रदेशहरूमा पनि एमालेको माधव नेपाल पक्षले फ्लोर क्रस गर्‍यो भने एमालेका मुख्यमन्त्रीलाई सत्ता जोगाउन मुस्किल पर्ने देखिन्छ ।

गण्डकी प्रदेशमा कांग्रेसका कृष्णचन्द्र नेपालीलाई अगाडि सार्दै कांग्रेस, माओवादी र जसपाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

राष्ट्रिय जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि मुख्यमन्त्री अल्पमतमा परेका थिए  । 

कांग्रेस–माओवादी गठबन्धनलाई जनमोर्चाले साथ दियो भने गण्डकीमा वैकल्पिक सरकार बन्छ । 

‘सरकार नबन्ने अवस्थामा नेपाल पक्षका सांसदले साथ दिन्छन् भन्ने विश्वास छ,’ नेपाली कांग्रेसका एक नेताले लोकान्तरसँग भने । 

कर्णाली प्रदेशको पुनरावृत्ति आफ्नोमा पनि हुन सक्ने खतरा अन्य प्रदेशका मुख्यमन्त्रीहरूले देखिरहेका छन् । 

‘जसले अराजनीतिक कदमलाई गौरवको विषय ठान्छ र पुनरावृत्तिको धम्की समेत दिन्छ– त्यस्तो व्यक्ति निर्माता होइन, विध्वंसक मात्र बन्न सक्छ,’ लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शनिवार ट्विटरमा लेखेका छन् । 
नेकपा एमाले केन्द्रीय सदस्य एवं संसदीय बोर्डका सदस्य शेरबहादुर तामाङले कर्णालीमा जस्तो राजनीतिक बेइमानी अन्य प्रदेशमा हुन नदिन पार्टी सचेत रहेको बताए । 

‘यो हदसम्मको राजनीति बेइमानी होला भनेर हामीले कल्पना पनि गरेका थिएनौं, अन्य ठाउँमा यस्तो राजनीतिक अराजकता आउन नदिन पार्टी सचेत छ,’ तामाङले लोकान्तरसँग भने । 

उनका अनुसार सोमवार बस्ने पार्टी केन्द्रीय समितिको बैठकमा यसबारे गम्भीर छलफल हुनेछ । लुम्बिनीमा पनि मुख्यमन्त्री पोखरेलको सरकार ढाल्न माओवादी र कांग्रेसले कसरत गरिरहेका छन् । 

गण्डकीमा कांग्रेसको नेतृत्वमा सरकार बनाउन माओवादीले समर्थन गर्ने र लुम्बिनीमा माओवादी नेतृत्वमा सरकार बनाउन कांग्रेसले समर्थन गर्नेबारे कांग्रेस र माओवादी नेताहरूबीच भद्र सहमति भएको स्रोतको दाबी छ । 

कर्णालीमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने अघिल्लो दिन कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच काठमाडौंको धुम्बाराही चप्पल कारखानानजिक एक व्यापारीको घरमा ‘गोप्य भेटवार्ता’ भएको थियो । 

त्यसको भोलिपल्ट कांग्रेसले कर्णाली सरकारको पक्षमा उभिने निर्णय गर्‍यो । ‘कांग्रेस सभापति देउवामा बाहिर एकथरि कुरा गर्ने अनि भित्रभित्रै भूमिगत शैलीमा निर्णय गर्ने प्रवृत्ति देखियो,’ एमालेको अर्का एक नेताले भने, ‘संसदीय राजनीतिमा बरू खुलमखुला घोषणा गरेर गरे हुन्थ्यो नि !’

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x