×

संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय

बैशाख ६, २०७८

सरकारले प्रतिनिधि सभाको चालू हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेको छ ।

Laxmi Bank

सोमवार दिउँसो १ बजेदेखि अधिवेशन अन्त्य गर्न सिफारिश गरिएको महिला बालबालिका तथा समाजकल्याण मन्त्री जुली महतोले लोकान्तरलाई जानकारी दिइन् ।


Advertisment

वैशाख अन्तिम साता बजेट अधिवेशन बोलाउनुपर्ने भएकाले संसद्को बजेट अधिवेशन अन्त्य गर्ने निर्णय भएको अर्का एक मन्त्रीले जानकारी दिए ।


Advertisment

प्रतिनिधि सभाको बैठक मंगलवार दिउँसो १ बजेका लागि बोलाइएको थियो ।

यसअघि गत असार महिनामा पनि प्रतिनिधि सभाको बैठक तोकिएको अवस्थामा अधिवेशन अन्त्य गरिएको थियो ।

शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा मंगलवारको प्रतिनिधि सभा बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) लाई प्रक्रियामा लैजाने सहमति भएको थियो ।

सर्वोच्च अदालतको आदेशबाट पुनस्थापना भएको प्रतिनिधि सभाको हिउँदे अधिवेशन गत फागुन २३ गतेबाट शुरू भएको थियो । यो अधिवेशनमा ९ वटा बैठक बसेपनि सरकारले बिजनेस नदिँदा प्रतिनिधि सभाको बैठक प्रभावकारी बन्न सकेका थिएनन् ।

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

जेठ १६, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न र हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान गरेका छन् । उनले सरोकारवाला सबै क्षेत्रबीच सहकार्य र समन्वय गरेर हिमाल संरक्षणमा ल...

जेठ २३, २०८१

अमेरिकामा जारी आईसीसी टी–२० विश्वकप अन्तर्गत नेपालले नेदरल्याण्डको दोस्रो विकेट लिएको छ ।  दीपेन्द्र सिंह ऐरीले नेपाललाई दोस्रोे सफलता दिलाएका हुन् । उनले विक्रमजित सिंहलाई आउट गरे ।  यसअघि...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

असार २७, २०८१

चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा आज बिहान पहिरो खस्दा पृथ्वी राजमार्ग  अवरुद्ध भएको छ ।   अहिले सडक डिभिजन कार्यालयको ‘स्काभेटर’को प्रयोग गरेर पहिरो पन्छाउने काम ...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

भदौ २६, २०८१

नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

भदौ २४, २०८१

सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा तथा रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन्, जसको परिणाम स्वरू...

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

भदौ २४, २०८१

कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...

x