×

NMB BANK
NIC ASIA

ह्याकरको कथा

'फुच्चे ह्याकर' - २ : एउटा इमेलको रेस्पोन्स नगर्दा इन्टरनेट सेवाप्रदायककै 'सिस्टम ह्याक' !

बैशाख ६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

रुपन्देहीका १७ वर्षीय विशाल (नाम परिवर्तन) माध्यमिक शिक्षा सकिएपछि अहिले प्लस टू अध्ययनरत छन् ।

Sagarmatha Cement
Muktinath Bank

कम्प्युटर र इन्टरनेटमा चासो राख्ने विशालले सामाजिक सञ्जाल, युट्युब र इन्टरनेटको माध्यमबाटै इन्टरनेट टेक्नोलोजी (आईटी)सम्बन्धी ज्ञान लिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पढाइमा उत्कृष्ट विशाल इन्टरनेटमा पनि उत्तिकै पोख्त छन् । आईटीमा औपचारिक शिक्षा नलिएका उनले इन्टरनेटकै माध्यमबाट त्यसको विषयमा ज्ञान हासिल गरेको पाइएको प्रहरीले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

‘उनले अहिलेसम्म औपचारिक रूपमा कुनै शिक्षा लिएको देखिँदैन,’ साइबर ब्यूरोका उपनिर्देशक वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नविन्द्र अर्यालले भने, ‘सबै कुरा इन्टरनेटको माध्यमबाट सिकेको देखिन्छ ।’

Vianet communication
Laxmi Bank

उनले इन्टरनेटबाट सिक्दै जाने क्रममा नेपालको एक चर्चित इन्टरनेट सेवा प्रदायक कम्पनीको साइबर सुरक्षा (सेक्युरीटी) मा केही त्रुटि रहेको पत्ता लगाए ।

उनले त्यो विषयमा उक्त कम्पनीलाई इमेल पनि लेखे । विशालले ती त्रुटि उल्लेख गरेर छलफल गर्नका लागि इमेल लेखेको देखिने साइबर ब्यूरोका उपनिर्देशक अर्यालले बताए । 

‘तिमीहरूको साइबर सेक्युरिटीको विषयमा केही इस्यु छन्, मलाई सम्पर्क गर’ भनेर इमेल गरेको साइबर ब्यूरोले जनाएको छ । 

आफूले लेखेको इमेल उक्त कम्पनीले बेवास्ता गरेको महशुस भएपछि विशालले उसको ध्यान खिच्न सिस्टम ह्याक गरेको देखिएको प्रहरीले जनाएको छ ।

त्यसक्रममा उनले उक्त इन्टरनेट सेवा प्रदायकका ६० हजार ग्राहकको तथ्यांक चोरी अर्थात ‘डाटा ब्रिच’ (Data Breach) गरे । 

उनलाई लागेको थियो यति ठूलो इन्टरनेट सेवा प्रदायकले ह्याक गर्दा अर्थात डाटा बिच गर्दा थाहा पाएर केही ‘रेस्पोन्स’ गर्छ ।

तर ह्याक गरेर ६० हजार डाटा चोर्दा समेत कुनै पत्तो नपाएपछि उनले ‘नरपिचास’ नामको ‘ट्विटर ह्यान्डल’ र फेसबूकमार्फत डाटा सार्वजनिक गरिदिए । 

‘डाटा सार्वजनिक हुँदासम्म पनि उक्त कम्पनीले कसले ह्याक गर्‍यो भन्ने पत्तो पाएको थिएन,’ अनुसन्धानमा खटिएका साइबर ब्यूरो एक अधिकृतले लोकान्तरसँग भने, ‘मेल आएको कुरा पनि अनुसन्धानपछि मात्र उक्त कम्पनीले थाहा पाएको थियो ।’

आफूसँग भएका डाटा सार्वजनिक भएपछि उक्त कम्पनीले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी गर्‍यो ।

उजुरी प्राप्त भएलगत्तै ब्यूरोको टोली अनुसन्धानमा खटियो । धेरै मेहनतपछि मात्र प्रहरीले ह्याकर पत्ता लगाएको थियो ।

उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा साइबर ब्यूरोले २०७७ पुष २६ गते पक्राउ गरेको थियो । 

पक्राउ परेका १७ वर्षीय विशाल (नाम परिर्वतन)ले आफूले सिक्ने क्रममा त्रुटि पत्ता लगाएको र वास्ता नगर्दा ह्याक गरेको प्रहरीलाई बताएका थिए ।  

‘रमाइलोका लागि, सिक्नका लागि, म गर्न सक्छु कि सक्दिनँ भन्नका लागि ह्याक गरेको हो,’ उनले प्रहरीसँगको बयानमा भनेका छन् ।

साइबर ब्यूरोले उनलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन–२०६३ को परिच्छेद–९ बमोजिमको कसुर गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंमा प्रतिवेदन बुझाएको थियो । 

जिल्ला अदालत काठमाडौंले उनलाई ५० हजार धरौटीमा छाडेको छ । 

विद्युतीय कारोवार ऐन–२०६३ को परिच्छेद ९ को दफा ४४ मा ‘कम्प्युटर स्रोत संकेतको चोरी, नष्ट वा परिवर्तन गर्ने, प्रचलित कानूनले कम्प्युटर स्रोतको संकेत (सोर्स कोड)लाई यथावत राख्ने गरी तत्काल व्यवस्था गरेको अवस्थामा कुनै व्यक्तिले कुनै कम्प्युटर, कम्प्युटर कार्यक्रम, कम्प्युटर प्रणाली वा कम्प्युटर नेटवर्कका लागि प्रयोग हुने कम्प्युटर स्रोतको संकेत (सोर्स कोड)लाई जानी–जानी वा बदनियत राखी चोरी गरेमा, नष्ट गरेमा, परिवर्तन गरेमा वा त्यस्तो काम गर्न लगाएमा निजलाई तीन वर्षसम्म कैद वा दुई लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ,’ भन्ने व्यवस्था छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x