चैत २१, २०८०
काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले वैकल्पिक कक्षा बन्द नगर्न आग्रह गरेका छन् ।
उनले नयाँ कोर्स पूरा नहुञ्जेलसम्म नियमित कक्षा सञ्चालन गर्न आग्रह गरे ।
मन्त्री श्रेष्ठले ललितपुरमा आयोजित एक कार्यक्रमपछि पत्रकारसँग कुरा गर्दै स्वाथ्य मन्त्रालयले तोकेको जिल्ला र शहरका विद्यालयमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन नभए पनि अनिवार्य रूपमा वैकल्पिक माध्यम प्रयोग गरी कक्षा सञ्चालन गर्न आह्वान गरे ।
मन्त्री श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड पालना गरी परीक्षाको सञ्चालन गर्न कुनै समस्या नहुने जानकारी गराए । उनले स्वास्थ्य प्राटोकललाई कडाइका साथ पालना गरी परीक्षा सञ्चालन गर्दा कुनै समस्या नहुने स्पष्ट पार्दै भने, ‘सरकारले परीक्षा सञ्चालन भएका विद्यालयको अनुगमन गर्दा गलत देखिए कारबाही गर्नेछ ।’
उनले परीक्षा भएका विद्यालयमा नियमित अनुगमनलाई निरन्तरता दिने समेत जानकारी दिए । जेठमा सञ्चालन हुने एसईई र १२ कक्षाको परीक्षाको विषयमा सरकारले कुनै निर्णय नगरेको बताउँदै त्यस विषयमा अवस्था हेरेर विश्लेषण गरिने जानकारी दिए ।
मन्त्री श्रेष्ठले कोभिडको कारण १४ जिल्ला र केही शहरका शिक्षण संस्था बन्द गर्ने निर्णय भएको बताउँदै सरकारले वैशाख मसान्तपछि बन्द गर्ने वा नगर्ने भन्ने विषयमा अवस्था हेरेर थप निर्णय हुने जानकारी दिए ।
सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालयमा भर्चुअल कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।
विद्यालय जाने बालबालिकालाई कोरोना भाइरसको संक्रमण धेरै देखिन थालेकाले जोखिम बढेको छ । आइतवारसम्म ५ वर्षमुनिका ३ हजार ५६५ बालबालिकामा कोरोना भाइरस संक्रमण देखिएको र १० जनाको निधन भइसकेको विवरण सार्वजनिक भइसकेको छ ।
राजधानीकै केही सरकारी र निजी विद्यालयका दर्जनौं विद्यार्थी र केही शिक्षकलाई कोरोना संक्रमण भइसकेको अवस्थामा विद्यालय बन्द गर्न दबाब परेपछि मन्त्रिपरिषद्को बैठकले सोमवारबाट वैशाख मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना संक्रमण बढ्दै गएपछि राजधानीसँगै जोडिएको ललितपुरको महालक्ष्मी नगरपालिकाले १ हप्ता विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । नेपालगञ्ज, कैलाली लगायत केही जिल्लाका स्थानीय तह आफैंले निजी र सामुदायिक विद्यालय बन्द गरिसकेका थिए ।
सोमवार बसेको मन्त्रिपरिषद् बैठकले संक्रमणको जोखिम बढेको भन्दै काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, भरतपुर, काँकडभिट्टा, बिर्तामोड, दमक, विराटनगर, इटहरी, धरान, वीरगञ्ज, जनकपुर, राजविराज, हेटौंडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुुर, नेपालगञ्ज, धनगढी, भीमदत्त नगरमा विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले पारित गरेको कोभिड–१९ सम्बन्धी नयाँ आदेशमा शहरी क्षेत्रका विद्यालय भौतिक कक्षा सञ्चालन बन्द गर्न भनिएको छ । शनिवारको सीसीएमसी बैठकले वैशाख मसान्तसम्म शहरी क्षेत्रका विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।
विद्यालय बन्द नगरेको भन्दै विभिन्न बाल सरोकारवाला निकाय, चिकित्सक लगायतले विद्यालय बन्द गर्न आग्रह गरिसकेका थिए । आइतवार झण्डै १२१ विद्यार्थी संक्रमित भएका थिए । मुलुकभर कोरोना संक्रमितको संख्या बढ्न थालेपछि विद्यालय बन्द गर्नुपर्ने दबाब बढ्दै गएको छ ।
मन्त्री श्रेष्ठले शिक्षण संस्था बढी संवेदनशील क्षेत्र भएको र विद्यालय उमेरका वालबालिकामा कोरोना संक्रमणको संख्या बढ्न थालेपछि वैशाख मसान्तसम्म स्वास्थ्य मन्त्रालयले तोकेका जिल्ला र शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय भएको बताए ।
काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...
सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...
‘म त रित्ता हातमा हतियार बनाइदिन्छु तिमी होली भन म दिवाली बनाइदिन्छु शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...
पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ । गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...
सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...
खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् । दिक्तेल रु...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...