×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा सातौं अधिवेशन अन्त्य, नयाँ विधेयक खै ?

बैशाख ६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

सर्वोच्च अदालतबाट ब्युँतिएको संघीय संसद् प्रतिनिधि सभाको सातौं अधिवेशनमा चुलिएको राजनीतिक तिक्तता मत्थर हुने र खास विधेयकमाथि बहस हुने अपेक्षा भए पनि ४४ दिनसम्म चल्दासम्म सम्झनयोग्य कुनै काम हुन सकेन ।

Sagarmatha Cement
Muktinath Bank

जनताको सार्वभौमसम्पन्न सदनले महत्त्वपूर्ण विषयलाई सहजै छिनोफानो गर्ने अपेक्षा गरिए तापनि संसदीय इतिहासमै विधेयक अधिवेशन अवधिमा कार्यपालिका र व्यवस्थापिकाबीचको सम्बन्ध हार्दिकतापूर्ण हुन नसकेको देखिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले संसद्लाई ‘बिजनेश’ नदिएको र संसद्ले सरकारले ल्याएको ‘बिल’ प्रस्तुत नगरेको भनी आरोपप्रत्यारोप पनि यसबीच राम्रैसँग चल्यो ।  सातौं अधिवेशनमा १२ घण्टा २५ मिनेट मात्र संसदीय काम कारवाहीमा व्यतीत रह्यो ।


Advertisment
Nabil box
Kumari

सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापित प्रतिनिधि सभाको सातौंं अधिवेशन गत फागुन २३ गते प्रारम्भ भई सोमवार अन्त्य भइसकेको छ ।

Vianet communication
Laxmi Bank

संवैधानिक व्यवस्थानुसार सरकारको सिफारिशमा राष्ट्रपतिबाट चालू अधिवेशन सोमवार अपराह्न १ बजेदेखि अन्त्य भएको हो । हिउँदे अधिवेशन भए पनि चालू अधिवेशनमा एउटा पनि नयाँ विधेयक दर्ता भएनन् । 

हिउँदे अधिवेशनमा अघिल्ला अधिवेशनबाट विभिन्न चरणमा रहेका ३६ विधेयक प्राप्त भएका थिए । त्यो ‘नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘संघीय निजामती सेवा विधेयक २०७’का सम्बन्धमा सम्बन्धित समितिबाट प्रतिवेदन सभामा पेश भए । सो अवधिमा ९ दिनमा ९ पटक बैठक बसेकामा ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन) अध्यादेश, २०७७’  मात्र सभामा पेश भयो ।

‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय पहिलो संशोधन) अध्यादेश, २०७७’, ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७’, ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७’, ‘औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७’, ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७७’, ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७’ र ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७’ गरी ८ अध्यादेश सभामा प्राप्त भई कार्यसूचीमा समावेश भए पनि छलफलका लागि सदनमा प्रवेश हुन सकेन ।

प्रतिनिधि सभाको गत चैत २६ गतेको बैठकमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभू साह र गौरीशंकर चौधरीको प्रतिनिधिसभा सदस्य पद रिक्त भएको विषय जानकारी गराइयो । बैठकले प्रतिनिधिसभा अन्तर्गतका विभिन्न समितिमा रहने सदस्यको नाम थप तथा हेरफेर गरेको थियो । कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यको नाम समेत मनोनयन भएको थियो ।

अधिवेशनका क्रममा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताले दलीय आधारमा वर्तमान राजनीतिक गतिरोध लगायत समसामयिक विषयमा आआफ्नो धारणा राखेका थिए । अधिवेशनका क्रममा बैठकमा ८३ सदस्यले शून्य समयमा र ४३ सदस्यले विशेष समयमा समसामयिक विषयमा धारणा राखेका थिए ।

अधिवेशनमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, विकास तथा प्रविधि समिति र  सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन, २०७७ सदनसमक्ष पेश गरियो । सो अवधिमा सदनमा ‘लोकसेवा आयोगको एकसठ्ठिऔं, राष्ट्रिय मानवअधिकार आयोग, न्याय परिषद् तथा न्याय सेवा आयोग, महान्यायाधिवक्ता कार्यालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मधेशी आयोग, थारू आयोग र राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७६/२०७७ पेश भएका थिए । 

अधिवेशनका क्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको बंगलादेश भ्रमण, दार्चुलास्थित महाकाली नदीमा सुरक्षा पर्खालको निर्माणमा भारतीय पक्षले २ देशको सीमा मिचेर निर्माण गरेको सम्बन्धमा अध्ययन टोली गठन भएको, म्यान्मामा विकसित घटनाक्रमका सन्दर्भमा सरकारले सोही दिन प्रेस नोट जारी गरेको, लोकतन्त्र र परिवर्तनका लागि योगदान गर्ने योद्धाको विवरण अद्यावधिक गरिने, सरकारले विश्वासको मत लिनुपर्ने अवस्था नरहेको लगायत विषय सदनलाई जानकारी गराए ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड –१९ को रोकथामका लागि सरकारले गरेका कार्य र खोप कार्यक्रम सञ्चालन गर्ने विषयमा सार्वजनिक महत्वको वक्तव्य दिएका थिए । चालू अधिवेशनमा प्रतिनिधिसभा सदस्य सानु शिवा र सूर्यबहादुर केसी, संविधानसभा सदस्य मानपुर चौधरी, भीमप्रसाद गौतम, दिनेशचन्द्र यादव, अशोक कोइराला, नवीन्द्रराज जोशी र लक्ष्मीदेवी भण्डारी एवं पूर्व सदस्य दीपकबहादुर गुरुङ, डा. राममान श्रेष्ठ, वीरबहादुर लामा, ओमकारप्रसाद गौचन, इन्द्रहाङ लिम्बू, कमानसिंह लामा, गंगादत्त जोशी, एकनाथ रानाभाट, कुबेरप्रसाद शर्मा, डा. शंकरप्रसाद उप्रेती र ऐश्वर्यलाल प्रधानाङ्गको निधनप्रति शोक प्रस्ताव पारित भएका थिए । – नारायण न्यौपाने/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x