×

NMB BANK
NIC ASIA

काण्ड रचनामै भुलेका युट्युबर

जब युट्युबरले मलाई कुटाएर भिडियो भाइरल बनाउने 'प्लान' गरे ...

चैत १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना महामारीको समयमा स्यानिटाइजर र मास्कभन्दा युट्युबको माग झन् धेरै बढिरहेको छ। मानिसहरू तरकारी पकाउँदै छन्, तर हातमा मोबाइल उचालेर कान्ड हेरिरहेका छन् । यत्तिको व्यस्त त ९ हजार फिटको उचाइमा जहाज उडाइरहेको पाइलट पनि हुँदैन होला।

Muktinath Bank

प्रधानमन्त्री केपी ओलीले आज के बोले भन्ने कुराको खासै महत्त्व छैन। तर भाइरल गायक सचिन परियारको बुवाले के बोलिरहेका छन् भन्ने कुरा सुन्न धेरैको कान मृगको जस्तै ठाडो भएको छ । एक जना मित्रले 'कलौटेको घमण्डले सीमा नाघ्यो' भनेर फेसबूकमा लेखेका रहेछन्। को कलौटे रहेछ भनेर युट्युबमा हेरेको त तिनै सचिन परियारको बाउ पो रहेछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सचिन परिवार र उनका बुवा


Advertisment
Nabil box
Kumari

जनताले आफ्नो स्तर अनुसारको नेता जन्माउँछ । कलाकार, पत्रकार, लेखक, युट्युबर पनि हामीले आफ्नै स्तर अनुसारको जन्माएका छौं । हामीले सी चिन फिङ, भ्लादिमिर पुटिन, विलियम शेक्सपियर र लेरी लिङ जन्माउन सक्दैनौं, हामीले जन्माउने भनेको सचिन परियारको बाउजस्तो अदभूत वाक कला भएको, देशका लागि आवश्यक एउटा सपुत हो। यस्तो अद्भूत प्रतिभाको संरक्षण गर्नु हामी सबैको कर्तव्य पनि हो ।

Vianet communication
Laxmi Bank

यतिबेला हामी युट्युबमा मन्दिरमा अलपत्र परेकी दुलहीको आँसु देखेर रोइरहेका छौं । लाहुरे कान्डले संसार नै आँसुको समुन्द्रमा डुबाई छाड्यो । राजेन्द्र खड्गीले आफ्नो जेठी बूढी नै राम्री हो कि क्या हो भनेर सबैको दिमाग हल्लाइदिएका छन्। दर्शकहरूको रुचि अनुसार एउटा युट्युबर थरिथरिका काण्ड खोज्न बाध्य छ्न् । एकदिन त्यो काण्ड तपाईंको घर भित्रैसम्म आउन सक्छ । त्यसो भयो भने नेपालमा भाइरल हुन बाँकी कोही रहँदैनन् ।

तर यहाँ जे हुन्छ, सबै मिलेमतोमै हुन्छ। चलचित्रमा हिरो र गुण्डा मिलेमतोमा नै लडेका हुन्छन्, किनकी तिनीहरूले पैसा पाउँछन् । व्यापारीहरूले मिलेमतो गरेर नै कालोबजारी गरिरहेका हुन्छन्, किनकी तिनीहरूले नाफा धेरै कमाउँछन् । युट्युबरहरूले पनि यहाँ जे गरिरहेका छन् त्यो सबै मिलेमतोमा नै गरिरहेका छन्, किनकी तिनीहरूले पनि भ्युज बढाउँछन्, पैसा कमाउँछन् ।

भोलि कहाँ जाने, के गर्ने, कसो गर्ने, एक्सन कट हाटहुट कसरी गर्ने भन्नेबारे पुण्य गौतम नाम गरेका फकीर मनुष्यलाई अग्रिम जानकारी हुन्छ । काण्डअनुसार आफ्नो भूमिका निभाउन उनी सिपालु छन् । कुनै जमानमा हेमा नाम गरेकी चेलीको नानी बोकेर, टाउकोमा चामल उचालेर हिँडेका यिनी युट्युबरसँग मिलेमतोमै बारम्बार बेहोश हुने, भुइँमा लड्ने नाटक समेत गर्दै आएका छन् ।

यहाँ जे हुन्छ, सबै मिलेमतोमै हुन्छ। चलचित्रमा हिरो र गुण्डा मिलेमतोमा नै लडेका हुन्छन्, किनकी तिनीहरूले पैसा पाउँछन् । व्यापारीहरूले मिलेमतो गरेर नै कालोबजारी गरिरहेका हुन्छन्, किनकी तिनीहरूले नाफा धेरै कमाउँछन् । युट्युबरहरूले पनि यहाँ जे गरिरहेका छन् त्यो सबै मिलेमतोमा नै गरिरहेका छन्, किनकी तिनीहरूले पनि भ्युज बढाउँछन्, पैसा कमाउँछन् ।

यो स्तम्भकारलाई पनि एकपटक यस्तै एउटा काण्डमा झण्डै फसाइयो । एकजना गहुँगोरी अनुहारकी चेलीलाई उनको बुढाले धोका दिएको रहेछ । युट्युबरहरूले ती चेलीलाई ट्याक्सीमा हालेर अनामनगर ल्याएका रहेछन् । मलाई बोलावट भयो, र भनियो- 'यी मगर्नी नानी रहेछिन्, यिनको बुढालाई फोन गरेर क्यामेराको अगाडि लाइभमा तपाईंले सम्झाइदिनुपर्‍यो ।' त्यसप्रकारको आत्मघाती काण्ड बुझ्नेबित्तिकै म पिसाब फेर्ने बहना बनाएर त्यहाँबाट फरार भएको थिएँ ।

पाटन दरबारनजिकैको एउटा रेष्टुरेन्टमा युट्युबरहरू भेला भएका रहेछन्। मलाई तपाईं जसरी पनि आउनुपर्‍यो दाइ, सानो कार्यक्रम छ भनेर तारन्तार कल आयो । के रहेछ भनी हेर्न गएँ । त्यहाँ त बडी बिल्डर केटीहरू पनि आएका रहेछन् । म बोल्दै गर्दा उनीहरूले मलाई कुटपिट गर्ने र भिडियो भाइरल गराउने नवीनतम काण्डको रचना भएको रहेछ । राष्ट्रिय अन्तर्राष्ट्रिय बदनामी कमाइने डरले त्यहाँबाट पनि म पिसाब फेर्ने बहाना पारेर फरार हुनुपर्‍यो ।

तपाईंहरूले चलचित्रमा भएपनि सैनिकहरू कमिलाको ताँतीजस्तै हिँडिरहेको त देख्नुभएकै होला । काठमाडौंमा युट्युबरहरूको पनि ठीक त्यस्तै ताँती हुन्छ। सैनिकहरू हतियार बोक्छन्, युट्युबरहरू पनि हतियार बराबरको क्यामेरा बोक्छन्। सैनिकहरू दुश्मनको खोजीमा आफ्नो मिसन पूरा गर्न हिँड्छन्, युट्युबरहरू नयाँ- नयाँ काण्डको खोजीमा हिँड्छन् ।

कोही कसैको श्रीमती घरबाट सम्पर्कविहीन भयो र कुनै युट्युबरले थाहा पायो भने उसले सारा युट्युबरलाई खबर गर्छ र निकै गर्वका साथ भगुवा काण्डको बेलिबिस्तार लगाउँछ। कुन गाउँको ससुरा कुन बुहारीसँग लस्किएर काण्ड घटाएको छ, त्यो युट्युबरको कानमा मात्रै पर्नुपर्छ, युट्युबरको पल्टन त्यो गाउँतर्फ लागिहाल्छ।

पक्कै पनि युट्युब मल्टीमिडियाको निकै राम्रो प्लेटफर्म हो । नयाँ-नयाँ प्रतिभाहरू पनि जन्मिएका छन्, र मूलधार भनिएको टेलिभिजनलाई नै च्यालेञ्ज गरिरहेका छन् । प्रतिभावान युट्युबर पनि छन् । तर पछिल्लो समय नेपालमा कोरोनाभइरस मात्र हैन युट्युब भाइरलको पनि महामारी चलेको छ। भ्युज बढाउने र पैसा कमाउने चक्करमा हामीले बालबालिका, युवा पुस्ता र समाजमा कस्तो सन्देश प्रवाह गर्न खोजिरहेका छौं भन्ने पाटोमा कसैको ध्यान गएको छैन । यस्तो लाग्छ, नेपाल मन्दिर नै मन्दिरको मात्रै देश हैन काण्डैकाण्डको पनि देश हो।

चाउचाउको बक्सामा फालिएको नवजात बच्चाको मनै रूवाउने भिडियो होस् वा चार वर्ष लगातार पढेर पनि लोकसेवा आयोगको परीक्षामा फेल भएकाहरूलाई पारो तताउने विषय शाही नाम गरेका केटाको 'फर्जी अद्भूत क्षमता'को रहस्योद्घाटन किन नहोस्, ती सबै मिलेमतोमा गरिएका प्रपञ्चहरू थिए । युट्युबरहरूले मात्र हैन टेलिभिजनहरूले पनि कैयौं कुरा मिलेमतोमा गर्छन् । अघिल्लो जन्मको सबै कुरा कापीमा लेख्ने, सबै प्रसंगको स्मरण गर्न सक्ने गुगल ब्वाइको पनि मिलेमतोमै प्रचार गरिएको हो भन्ने लाग्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x