फूटबल प्रशंसकको मुखमा थुके धनी क्लबहरूले : यूईएफए प्रमुख

युरोपेली फूटबलको सर्वोच्च संस्था यूईएफएका प्रमुखले धनी क्लबहरूलाई सर्प र झूटो भएको भन्दै आलोचना गरेका छन् ।

युरोपका १२ धनी क्लबहरूले छुट्टै युरोपीयन सुपर लीग बनाएर खेल्ने योजना सार्वजनिक गरेपछि उनको प्रतिक्रिया आएको हो । धनी क्लबहरूले फूटबल प्रशंसकको मुखमा थुकेको उनको आरोप छ । 


Advertisement

यी क्लबका प्रशंसकहरू पनि यस घोषणाबाट आक्रोशित बनेका छन् र उनीहरूले क्लबका विदेशी अर्बपति मालिकहरूलाई हटाउने धम्की दिएका छन् । अन्य क्लबका समर्थकहरूले धनी क्लबका किटहरू जलाएका छन् । 

बेलायतका ठूला ६ क्लबहरूका बाहिर ब्यानर फहराएर उनीहरूले फूटबलको हत्या गरेको आरोप लगाइएको छ । यस सुन्दर खेललाई गरीबहरूले सिर्जना गरेको र धनीले चोरेको आरोप लगाइएको छ । 

नयाँ लीग बनाउने क्लबहरूले २३ वर्षको सम्झौता गरेको र कम्तीमा सन् २०४६ सम्म कायम राख्ने बताइएको छ । 
 

यूईएफएका अध्यक्ष अलेक्सान्दर सेफेरिनले धनी क्लबका प्रमुखहरूलाई झूटा मान्छे भने किनकि तिनीहरूले च्याम्पियन्स लीगमै बस्ने भनेर पछि धोका दिएको उनको भनाइ छ । 
 

सेफेरिनले भने, ‘तिनीहरूलाई एक्यबद्धता कुन चरीको नाम हो, थाहा छैन । तिनीहरूले फूटबलप्रेमीको मुखमा थुकेका छन् । हामी सर्पहरूसँग काम गरिरहेका रहेछौं, बल्ल थाहा पाइयो ।’

रियाल मड्रिड, म्यानचेस्टर सिटी र चेल्सीलाई यस सीजनको च्याम्पियन्स लीगको सेमीफाइनलबाट प्रतिबन्ध लगाउन सकिन्छ भनी विचार गरिरहेको यूईएफएका कार्यकारी समितिका सदस्य जेस्पर मोलरले बताए । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्