नेप्से परिसूचकमा सामान्य वृद्धि

धितोपत्र बजारमा मंगलवार शेयर कारोबार मापक नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २.६८ अंकले बढेर २ हजार ६६४.६१ मा पुुगेको छ । 


Advertisement

सेन्सेटिभ परिसूचक ०.५० अंकले बढेर ४७९.६० मा पुुगेको छ । मंगलवार कूल २१६ कम्पनीको १ लाख २३ हजार ६९ हजार ६४० कित्ता शेयर ५ अर्ब ५३ करोड ८७ लाख १७ हजार ६४० मा खरिद बिक्री भयो ।

मंगलवारको कारोबारपछि बजार पूँजीकरण ३६ खर्ब ८९ अर्ब ६९ करोड पुुग्यो । मंगलवार कारोबार भएका कूल १३ उपसमूहमध्ये ४ उपसमूहको शेयर ओरालो लाग्यो । बैंकिङ १.३७, निर्जीवन बीमा २४.३९, सामूहिक लगानी कोष ०.०४ र लगानी उपसमूहको शेयर १.०५ अंकले घट्यो ।

व्यापार ३४.३२, होटल तथा पर्यटन १.५६, विकास बैंक ४८.४२, जलविद्युत् ३१.७७, वित्त ४.८८, उत्पादन ५.८७, अन्य ४.५, लघुुवित्त ६.१९ र जीवन बीमा उपसमूह ५३.९८ अंकले बढे । कारोबार रकमका आधारमा मंगलवार नागरिक लगानी कोष शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर २१ करोड ४२ लाख ८९ हजार २६८ मा खरिदबिक्री भयो । 

नेपाल पूर्वाधार बैंकको १९ करोड ८६ लाख ७२ हजार ६६५, नबिल बैंकको १५ करोड ६४ लाख ५१ हजार ७४, एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको १५ करोड ६४ लाख ५१ हजार ७४, अरुण काबेली पावरको १४ करोड ३३ लाख ४७ हजार २४, सिटिजन बैंक इन्टरनेसनलको १४ करोड १७ हजार १४० र एनआईसी एसिया बैंकको शेयर ११ करोड ३८ लाख ३४ हजार ३७९ मा खरिदबिक्री भयो । 

महिला लघुवित्त वित्तीय संस्था र युनाइटेड मोदी हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लाग्यो । ज्योति लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ९.९५, हिमालयन ऊर्जा विकास कम्पनी ९.८५, लिबर्टी इनर्जी ८.०७, हिमालयन पावर पार्टनर ७.७७, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था ७.५३ र युनिभर्सल पावर लिमिटेडका शेयरधनीले ७.३ प्रतिशतले कमाए । 

समृद्धि फाइनान्सका शेयरधनीले आज सर्वाधिक २.४७ प्रतिशतले गुमाए । ओरियन्टल होटल २.२२, एनआरएन इन्फ्रास्टक्चर २.०४, छयाङ्दी हाइड्रोपावर २.०३, एचआइडिसिएल १.८८, राष्ट्रिय बीमा कम्पनी लिमिटेड १.८१ र एनआइसी एसिया लघुवित्तका लगानीकर्ताले १.६८ प्रतिशतले गुमाए ।

कमेन्ट गर्नुहोस्