२३ लाख ४१ हजार कित्ता आईपीओ जारी गर्दै सीईडीबी हाइड्रोपावर

सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ।

कम्पनीले वैशाख १७ देखि २१ गतेसम्म शेयर जारी गर्न लागेको हो।


Advertisement

कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका २५ लाख १८ हजार २३० कित्ता शेयर जारी गर्न लागेको हो। 

कम्पनीले कुल जारी पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको  ३० प्रतिशत शेयर जारी गर्न लागेको हो। 

कम्पनीले ५० हजार ३६५ कित्ता शेयर कर्मचारीलाई, एक लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई र बाँकी रहेको २३ लाख ४१ हजार ९५४ कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागेको हो।

कम्पनीको शेयरमा कम्तिमा १० कित्ताका लागि आवेदन दिन सकिन्छ। बढीमा सबै कित्ताका लागि आवेदन दिन सकिन्छ। 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्