मंसिर १६, २०८०
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
अमेरिकाको आणविक हतियारको रेखदेख गर्ने संस्था यूएस स्ट्राटेजिक कमान्डका प्रमुख एड्मिरल चार्ल्स रिचर्डले चीन र रुसले अमेरिकाभन्दा छिटो आणविक हतियार र क्षमतालाई आधुनिकीकरण गरिरहेको चेतावनी दिएका छन् ।
मंगलवार संसद्को एक सुनुवाइमा उनले आणविक रक्षा तथा संरचनामा अमेरिकाले थप लगानी नगरेमा शत्रुहरूलाई अमेरिकाको डर नलाग्ने बताए ।
रुस परम्परागत आणविक क्षमता विकास तथा आधुनिकीकरणमा आक्रामक रूपमा संलग्न रहेको र लगभग ८० प्रतिशत काम सकेको भने अमेरिका शून्यको स्थितिमा रहेको उनले बताए ।
अनि चीनले आफ्नो आणविक क्षमता तीव्र गतिमा आधुनिकीकरण गरिरहेकाले एक हप्तामा केही न केही नौलो परिवर्तन गरेको उनको भनाइ छ ।
त्यसो त चीनको आणविक हतियार अमेरिका र रुसको आणविक हतियारभन्दा निकै कम छ तर उसले त्यसलाई व्यापक मात्रामा विस्तार गरिरहेको छ ।
रुस र अमेरिकाले लगभग १५ सय ५० आणविक वारहेडहरू अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रमा, पनडुब्बीबाट प्रक्षेपण गर्ने ब्यालिस्टिक क्षेप्यास्त्रमा र भारी बमवर्षक विमानमा जडान गरेका छन् भनी पछिल्लो एसटीएआरटी सन्धिमा उल्लेख छ ।
चीनसँग जम्मा ३२० वारहेडहरू रहेको स्टकहोम इन्टरनेसनल पीस रिसर्च इन्स्टिच्युटले अनुमान गरेको छ ।
अमेरिकाको आणविक हतियार कार्यक्रमको सञ्चालन, अन्तरिम अप्ग्रेड र पूर्ण आधुनिकीकरणका लागि १.२ खर्ब डलर लाग्ने भनी सन् २०१७ मा संसद्को बजेट अफिसको प्रतिवेदनमा उल्लेख गरेको थियो ।
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...