कोरोना खोप लगाएर घुम्न जानेहरूलाई चन्द्रागिरी केवलकारमा २५ प्रतिशत छुटको घोषणा

चन्द्रागिरि हिल्स लिमिटेडले कोरोना खोप लगाएर चन्द्रागिरी घुम्न जानेहरूलाई चन्द्रागिरि केवलकार यात्रामा २५ प्रतिशत छुटको घोषणा गरेको छ । उक्त सुविधाका लागि खोप कार्ड टिकट काउन्टरमा पेश गर्नुपर्ने समेत चन्द्रागिरीले जनाएको  छ ।

विश्वव्यापी रूपमा फैलिएको कोभिड– १९ विरुद्ध दोस्रो चरणको खोप लगाउने कार्य पनि सुरु भइसकेको अवस्थालाई ध्यानमा राखेर खोप यस्तो व्यवस्था गरिएको लिमिटेडको भनाइ छ ।


Advertisement

यो योजना यहीँ मिति वैशाख ०९ गतेबाट शुरू भई जेठ १७ सम्मको लागि मान्य हुनेछ । 

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको समेत लिमिटेडले जनाएको छ ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्