कालो बादलमा चाँदीको घेरा भेटिएझैं आशा पलायो : नेता विष्ट

नेकपा एमालेका नेता गोकर्ण विष्टले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच छलफल हुँदा कालो बादलमा चाँदीको घेरा भेटिएझैं आशा पलाएको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको ७२ औं स्थापना दिवसको अवसरमा सामाजिक सञ्जाल फेसबूकमा लेख्दै नेता विष्टले पार्टी एकता जोगाउन संकल्प गर्न र आन्दोलनको रक्षार्थ निरन्तर प्रयत्न गर्न आग्रह गरेका छन् ।


Advertisement

पार्टी विभाजनको अवस्थामा पुगेका बेला बुधवार साँझ ओली र नेपालबीच भेटवार्ता भएपछि कार्यकर्तामा खुशी छाएको छ ।

नेता विष्टले फेसबूकमा लेखेका छन्, ‘हिजो साँझ पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली र वरिष्ठ नेता कमरेड माधव नेपालबीच छलफल भएको छ । कालो बादलमा चाँदीको घेरा भेटिएझैं कार्यकर्ताहरूमा आशा पलाएको छ । विलियम शेक्सपियरले भनेजस्तै – ‘जहाँ नदी गहिरो हुन्छ, त्यहाँको जलप्रवाह शान्त र संयम हुन्छ ।’ जस्तोसुकै कठिन परिस्थितिमा पनि संयम, धैर्य र इमान्दार प्रयत्नले समस्याको समाधान सम्भव छ । हेक्का राखौं, समय र समुद्रको छालले कसैलाई पर्खंदैन । आज नेपाल कम्युनिस्ट पार्टीको ७२ औं स्थापना दिवस । हजारौं योद्धाको रगत पसिनाबाट निर्मित पार्टीको एकतालाई जोगाउन संकल्प गरौं । आन्दोलनको रक्षार्थ निरन्तर प्रयत्न गरौं ।’

हिजो साँझ पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली र वरिष्ठ नेता कमरेड माधव नेपालबिच छलफल भएको छ । कालो बादलमा चाँदीको घेरा...

Posted by Gokarna Bista on Wednesday, April 21, 2021
लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्