शान्तिदूतको छवि निर्माण गर्दै यूएई, के हो स्वार्थ ?

संयुक्त अरब अमिरात (यूएई) ले आफू शान्तिको पक्षमा रहेको भनी संसारसामु देखाउन खोजिरहेको छ । 
 

त्यसैक्रममा उसले भारत र पाकिस्तानका शीर्ष अधिकारीहरूबीचको भेटवार्तामा पनि मध्यस्थता गरेको छ । 


Advertisement

यो मध्यस्थता उसको अहिलेसम्मको सबभन्दा ठूलो शान्ति योजना हो । 

लन्डनको थिंकट्यांक इन्टरनेसनल इन्टरेस्टमा राजनीतिक जोखिम विभागका अध्यक्ष तथा पश्चिम एसियाका राजनीतिक विश्लेषक समी हामिदी भन्छन्, ‘यूएई अहिले कतार जस्तै गरी संसारमा शान्तिदूतको छवि स्थापना गर्न चाहन्छ ।’

उनी थप्छन्, ‘आफू आधुनिक, शक्तिशाली र उदार राज्य भएको यूएई देखाउन चाहन्छ । संसारमा शान्ति स्थापना गर्ने उसको कोशिशको प्रभाव र स्वीकार्यताका कारण भारत र पाकिस्तान जस्ता आणविक क्षमता सम्पन्न मुलुकहरूबीचको विवाद सुल्झाउने भूमिका पनि निर्वाह गर्न सक्ने भएको छ ।’

तर पाकिस्तान र भारतबीचको शत्रुता घटाउनमा यूएईको भूराजनीतिक हित पनि जोडिएको छ । 
 

हमिदी भन्छन्, ‘अफगानिस्तानबाट अमेरिकी सैनिकहरू फर्केपछि टर्कीको प्रभाव बढ्न सक्ने चिन्ता यूएईले लिएको छ । अनि पाकिस्तानको आवश्यकता पनि उसले अनुभव गरेको छ । पाकिस्तानको विश्वास हासिल गर्न पनि यूएईले यो कदम चालेको हुनसक्छ ।’

पश्चिम एसियाका राजनीतिक विश्लेषक तथा वाशिङटनमा अरब गल्फ स्टेट्स इन्स्टिट्युटका अनुसन्धाता हुसैन अबीशले ब्लूमबर्ग पत्रिकामा लेखेका छन्, ‘यूएई कश्मीर विवादमा यथार्थवादी हल खोजिरहेको छ ।’

‘उग्रवादी इस्लामी गुट तथा आतंकवादी समूहहरू कश्मीरीहरूको दुर्दशालाई उजागर गर्दै मुसलमानहरूको भावना भड्काउन कोशिश गरिरहेका छन् । यूएई यी समूहहरू आफ्ना लागि खतरा हुन् भन्छ । त्यसैले कश्मीर समस्याको स्वीकार्य समाधान खोज्दा आफूलाई पनि फाइदा हुने उसको आकलन छ ।’

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्