ओली-नेपाल दोस्रो दिनको छलफल सकियो

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको दोस्रो दिनको छलफल पनि सकिएको छ ।

करीब डेढ घण्टा लामो छलफलपछि प्रधानमन्त्री ओली होटल मेरियटबाट बाहिरिएका छन् । ओली र नेपालबीच वार्ता भएको बिहीवार लगातार दोस्रो दिन हो ।


Advertisement

बिहीवार होटल पुगेपछि प्रधानमन्त्री ओली र नेता नेपालले झ्यालबाट धरहराको दृश्यावलोकन पनि गरेका थिए ।

भेटमा के कस्तो कुराकानी भयो भन्ने सार्वजनिक हुन सकेको छैन ।

यसअघि बुधवारको भेटमा दुवै जनाले आ-आफ्नो पुरानै अडान दोहोर्‍याएका थिए ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्