२०७८ वैशाख १० गतेको दैनिक राशिफल हेर्नुहोस्

मेष

धार्मिक, आध्यात्मिक प्रवृत्तिका मानिसहरूसंग केहि समय बिताउदा मन खुशी हुनेछ । आर्थिक स्थितिमा  सुधार रहनेछ । भूमि -जग्गा लिने सोचलाई स्थगित गर्दानै उचित रहनेछ ।


Advertisement

वृष

नियम, अनुशासनमा बसेर काम गर्दा फाइदा मिल्नेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । आज विबादमा नपर्नुहोला । आफ्नो राम्रो छवि पनि बिग्रनसक्ने सम्भावना छ ।

मिथुन

आफ्नो वोलीको प्रभाव कम रहला, आफ्नो पैसामा अरुले गलत प्रयोग गर्लान, आर्थिक कारोवार नगर्दा नै उत्तम रहनेछ, आफ्नो घरेलु बाद- विवाद गोप्य  राख्नुहोला अरुहरु केवल रमिते मात्रै हुनेछन ।

कर्कट

वायु प्रदूषणले आँखामा समस्या ल्याउन सक्नेछ । आर्थिक कारोबारमा सफलता पाइएला ।  प्रेमसम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कुनै तर्कमा परेर कठोर टिप्पणीबाट बच्नुहोस ।

सिंह

अगाडी राम्रो समय आउँदैछ भनेर खुसि हुनुहोस, तपाईलाई अतिरिक्त उर्जा प्राप्त हुनेछ । आज आफ्नो जोडीले हजुरलाई स्वर्ग पृथ्वीमा नै छ भन्ने महसुस गराउन सक्ने छन् ।

कन्या

धन प्राप्तीको योग छ, आफन्तजनहरुले मायाममता दर्शाउन सक्नेछन  । जीवन-साथीसँग वार्तालापमा ध्यान  दिनुहोला, दाम्पत्य जीवनमा तकरार हुनसक्नेछ । ठुलामान्यजनको मार्गनिर्देशनले जीवनमा सफलता मिल्नेछ । 

तुला

शरीरमा उत्पन्न रोगले दुःख दिँदा  मन  पिडाले दुखित हुनेछ । स्वास्थमा गिरावट हुदा मनलाई समाल्न आफन्तजनसँग फोनमा वार्तालाप गर्न उचित रहनेछ ।

वृश्चिक

जिबनलाई एक महत्वपूर्ण  परिभाषा दिनुहोला,  अनावश्यक समयलाई बर्बाद  बनाएर उर्जाशिल समय ब्यर्थमा नफाल्नु होला  ।  रचनात्मक काममा लाग्नु होला । दिन राम्रै बित्ला ।

धनु

आजको दिन सामान्य नै रहेको छ । अध्ययन- अध्यापन क्षेत्रमा रोकावट हुनेछ ।  पठन-पाठनमा विद्यार्थीवर्गहरुले बिशेष ध्यान दिनुहोला । दिन निराशाजनक रहने छ  । 

मकर

सवारीसाधनमा नयाँठाउँ घुम्न जान पाइने छ ।  यात्रागर्दा आफ्नो सामानको रक्षा गर्नुहोला,  हराउनसक्ने योग छ ।  धार्मिक, सामाजिक कर्ममा मनअग्रसर भइनेछ । 

कुम्भ

साझेदारी ब्यापारमा लाभ देखिन्छ । व्यक्तिगत सम्बन्धमा अप्ठ्यारो महसूस हुन सक्छ ।  सतर्क रहेर सम्बन्धको गहिराहीलाई बुझ्नुहोला । तपाईंको जोडी आज तपाईंको स्वास्थ्यलाई लिएर असंवेदनशील हुन सक्नुहुन्छ।

मीन

विवाद चर्किन सक्ला । बोलीलाई संयमित राखेर कार्य बढ्दा बुद्दिमत रहला । झगडा हुनाले आफ्नो छवि ओरालो लागेको महसूस हुन सक्छ ।

ज्यो. पं.  घनश्याम पोख्रेल  (९८४१४७९७०७)

[email protected]

 

 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्