नेपालमा मोटोरोलाको पुनरागमन

 आफ्नो ‘जि’ र ‘इ’ वर्गबाट दुईवटा नयाँ विश्वव्यापी उत्पादनहरूका साथ मोटोरोलाले नेपालमा पुनरागमनको घोषणा गरेको छ । 

कलमोबिलिटी प्रा.लिले मोटोरोलालाई नेपालमा ल्याएको हो । 


Advertisement

सन् २००७ मा, कलमोबिलिटीले नेपाली बजारमा रकआर, रेजआर र सि सिरिज जस्ता यसका परम्परागत मोडलहरू ल्याएको थियो । नेपालमा यी मोडलहरू अत्यन्त लोकप्रिय थिए र बजारबाट बहिर्गमन नहुन्जेल मोटोरोला मोबाइलका ब«याण्डहरूमा नेपालमा अग्रणी ब्राण्डका रुपमा रहि रह्यो । मोटोरोलाले कलमोबिलिटीको समूहसँग सहकार्य गरेर यो आकर्षण पुनःसिर्जना गर्ने लक्ष्य राखेको जनाएको छ ।

विश्वव्यापी रुपमा नै मोटोरोलाका इ सेभेन पावर अतिलोकप्रिय उत्पादन हो, जसमा सन् २०१९ सम्ममा जि वर्गको विक्रीमात्र नै १० करोडभन्दा धेरै भएको छ । इ वर्गले ती ग्राहकलाई केन्द्रित गर्दछ जो आफ्नो वर्गमा विशेषतामा उत्तम भएको अझ नयाँ जीवन शैलीमा स्तरोन्नति गर्न खोज्दैछन् भने, जिका उप्तादनहरू ‘सबैकालागि अधिकतम लाभ’को वाचा सहित आउछ जसले उपभोक्ताहरूको ठूलो जमातलाई बढेको अनुभव प्राप्त होस् भनेर प्रिमियम विशेषताहरूको प्रजातन्त्रीकरणको तात्पर्य राख्दछ। यस वाचाका लागि सत्य बन्दै मोटो इ सेभेन पावर, आफ्नो वर्गमा उत्कृष्ट विशेषताहरू सहित असाधारण मूल्यमा उपलब्ध छ जसले नेपाली बजारमा तहल्का मचाउने निश्चित छ । 

मोटो इ सेभेन पावर कार्यप्रदर्शन, क्यामरा, ब्याट्री र अन्य धेरै थोकमा एउटा शक्तिशाली फड्को हो। सबैका माझ सामथर््य प्रवाह गर्ने गरि डिजाइन गरिएको नया ँमोटो इ सेभेन पावर उपकरणले आफूलाई चाहिने सबैथोक एउटा उत्पादनमा राखेर प्रयोगकर्ताको अनुभवलाई अर्को उचाईमा पुर्‍याउने कम्पनीको दावी छ । 

पूर्ण रुपमा नयाँ मोटो इ सेभेन पावरको आफ्नो वर्गमा उत्कृष्ट समग्र अनुभव छ, एउटा अत्यन्त चाडो  काम गर्ने र २ जिबी र्याम र ३२ जिबी स्टोरेजमा, ५००० एमएएचको ब्याट्री, ६। ५ इन्च एचडी ं अल्ट्रा(वाइड डिस्प्ले,  १३ एम पी  ड्यूल क्यामेरा । बजारमा यसको मूल्य १२ हजार ९ सय ९९ रुपैयाँ पर्ने बताइएको छ ।   

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्