२६ जेठ २०८३, मंगलबार

एमाले प्रवेश गरेका चन्द्रबहादुर खड्कालाई पनि सांसद पदबाट हटाउने माओवादीको निर्णय

बैशाख १०, २०७८
एमाले प्रवेश गरेका चन्द्रबहादुर खड्कालाई पनि सांसद पदबाट हटाउने माओवादीको निर्णय

नेकपा (माओवादी केन्द्र) छाडेर एमालेमा लागेका राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्कालाई पनि माओवादी केन्द्रले कारवाही गरेको छ ।

उनलाई सांसद पदबाट पदमुक्त गर्ने पत्र राष्ट्रिय सभा सचिवालयमा बुझाउन माओवादीले राष्ट्रिय सभा संसदीय दलका नेता दिनानाथ शर्मालाई जिम्मेवारी दिएको छ ।

राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का दल त्याग गरी अन्य दलमा प्रवेश गरेकाले निज चन्द्रबहादुर खड्कालाई दल त्यागसम्बन्धी कारवाही गर्ने भनी दलले दिएको अख्तियारी बमोजिम पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बाट २०७८/०१/१० मा निर्णय भएको छ,' शर्मालाई माओवादी केन्द्रले दिएको पत्रमा भनिएको छ ।

खड्काले दल त्याग गरेको सूचना माओवादीले राष्ट्रिय सभा सचिवालयमा दिएपछि उनी पदमुक्त हुने प्रक्रिया शुरू हुनेछ ।

दलले दिएको सूचना, सूचना पत्रमा प्रकाशित भएमा वा बैठकमा पेश गरेमा पदमुक्त हुने व्यवस्था छ ।

salt training

कमेन्ट गर्नुहोस्